एके फजलुल हक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(शेरेबाङ्ला बाट पठाईएको)
Jump to navigation Jump to search
शेरेबाङ्ला
आबुल काशेम फजलुल हक
A k fazlul hoque.jpg
लाहोर प्रस्तावका घोषक शेरेबाङ्ला आबुल काशेम फलजुल हक
पूर्व पाकिस्तानका गभर्नर
कार्यकाल
सन् १९५६ – सन् १९५६
राष्ट्रपतिइस्कान्दार मीर्जा
उतराधिकारीसुलतानउद्दिन आहमेद
पूर्व पाकिस्तानका मुख्यमन्त्री
कार्यकाल
सन् १९५४ – सन् १९५५
Governor-Generalमालिक गोलाम मुहाम्मद
इस्कान्दार मीर्जा
उतराधिकारीआबु होसेन सरकार
बाङ्लाका मुख्यमन्त्री
कार्यकाल
१ अप्रिल १९३७ – २९ मार्च १९४३
Governor-Generalलर्ड लिन्लिथ्गो
गभर्नरजोन आर्थार हार्वार्ट
पूर्वाधिकारीनयाँ पदको स्थापना
उतराधिकारीखाजा नाजिमुद्दिन
व्यक्तिगत विवरण
जन्मआबुल काशेम फजलुल हक
(१८७३-१०-२६)२६ अक्टोबर १८७३
बाकेरगञ्ज, बेलायती भारत
(वर्तमान झालकाठी, बङ्गलादेश)
मृत्यु२७ अप्रिल १९६२(१९६२-०४-२७) (८८ वर्ष)
ढाका, पूर्व पाकिस्तान, पाकिस्तान
(वर्तमान ढाका, बङ्गलादेश)
ठेगानातीन नेताको चिहान
नागरिकताबेलायती भारत (सन् १९४७ सम्म)
पाकिस्तान (सन् १९५६–१९८२)
(वर्तमान बङ्गलादेश)
राजनीतिक पार्टीभारतीय राष्ट्रिय काङ्ग्रेस
निखिल भारत मुस्लिम लीग
कृषक प्रजा पार्टि
कृषक श्रमिक पार्टी
जीवन साथी(हरू)खसर्शिद बेगम
जान्नातुन्निसा बेगम
खादिजा
सन्तान(हरू)आबुल काशेम फयजुल हक
मातृ शिक्षाप्रतिष्ठानबोरिशाल जिल्ला विद्यालय
कलकत्ता विश्वविद्यालय

आबुल काशेम फजलुल हक (बङ्गाली: আবুল কাশেম ফজলুল হক, जन्म: सन् १८७३ अक्टोबर २६, मृत्यु: सन् १९६२ अप्रिल २७) एक बङ्गलादेशी राजनितीज्ञ तथा वकिल थिए। उनी बीसौँ शताब्दीको सुरुवातमा एक बङ्गाली कूटनीतिज्ञ हिसाबले परिचित थिए। उनी त्यससमय जनमानस बीच शेरेबाङ्ला (बाङ्लाको बाघ) तथा हक साहेबको नामबाट परिचित थिए।[१] उनले आफ्नो राजनैतिक कार्यकालमा विभिन्न पदहरूमा आसित थिए भने उनी कलकत्ताका नगर प्रमुख (सन् १९३५), अविभाजित बाङ्लाका प्रधानमन्त्री (सन् १९३७-१९४३), पूर्वी पाकिस्तानका मुख्यमन्त्री (सन् १९५४), पाकिस्तानका स्वराष्ट्रमन्त्री (सन् १९५५) र पूर्वी पाकिस्तानका गभर्नरको (सन् १९५६-१९५८) रूपमा काम गरेका थिए भने उनी संयुक्त मोर्चा (जुक्तफ्रन्ट) गठन गर्न नेताहरू मध्ये हक एक थिए। हक बेलायती भारतमा र त्यसपछि पाकिस्तान पूर्वी पाकिस्तानमा (हाल बङ्गलादेश) एक प्रमुख राजनीतिक व्यक्ति थिए।[२] उनी कलकत्ता सर्वोच्च अदालत तथा ढाका सर्वोच्च अदालतमा काम गर्ने एक प्रतिष्ठित वकिल मध्ये एक थिए। हकले क्षेत्रीय नागरिक सेवामा काम गर्दै सन् १९०६ मा पूर्वी बङ्गाल र आसामबाट आफ्नै राजनैतिक कार्यकालको सुरुवात गरेका थिए।

बाल्यकाल शिक्षा तथा पारिवारिक पृष्ठभूमि[सम्पादन गर्ने]

आबुल काशेम फजलुल हकको जन्म सन् १८७३ अक्टोबर २६ का दिन बरिशाल जिल्लाको राजापुर थानाको सातुरिया नामक गाउँमा मामाको घरमा भएको थियो। फजलुल हकको पैतृक निवास पटुवाखाली जिल्लाको बाउल उपजिल्लामा रहेको छ। उनी काजी मुहम्मद वाजेद र साइदुन्नेसम खातुनको एकमात्र सन्तान थिए। फजलुल हकको प्राथमिक शिक्षा घरबाट सुरु भएको थियो भने उनीलाई त्यसपछि गाउँमा रहेको एक पाठशालामा भर्ना गराइएको थियो। उनले केही शिक्षकहरूको सहायतामा अरबी, फारसी र बङ्गला भाषाको शिक्षा आर्जन गरेका थिए। सन् १८८१ मा उनी बरिशाल जिल्ला विद्यालयमा तीन कक्षामा भर्ना भएका थिए। सन् १८८६ मा उनले आठ कक्षासम्मको अध्ययन पूर्ण गरेका थिए भने सन् १८८९ मा उनले तत्कालीन ढाका विभागमा मुसलमानहरू मध्ये प्रथम स्थान प्राप्त गर्दै प्रवेशिका परीक्षा उतिर्ण गर्न सफल भएका थिए। फजलुल हक उनको स्मृतिशक्ति तथा शिक्षामा उत्कृष्ट प्रदर्शनीका कारण शिक्षाहरूद्वारा रुचाइएको विद्यार्थी बनेका थिए।[३] प्रवेशिका परीक्षा उतिर्ण गरेपछि उच्च शिक्षा हासिल गर्नका लागि उनी कलकत्ता गएका थिए।

सन् १८९१ मा उनले कलकत्ता विभाग क्याम्पस मार्फत एफए परीक्षामा प्रथम हुँदै परीक्षा उतिर्ण गरेका थिए भने त्यस समय कलकत्ता विभाग क्याम्पसका रसायन शस्त्रका अध्यापक प्रफुल्लचन्द्र राय थिए। उनले आफ्नो योग्यताले प्रफुल्लचन्द्र रायको ध्यानाकर्षण गराउन सफल भएका थिए। एफए उत्तीर्ण गरेपछि उनले सोही क्याम्पसमा गणित, रसायन विज्ञान र भौतिक विज्ञानमा शिक्षा हासिल गर्नका लागि बिए श्रेणीमा भर्ना भएका थिए।[४] सन् १८९३ मा उनले तीनै विषयमा प्रथम श्रेणीमा उतिर्ण हुँदै बिएसम्मको शिक्षा हासिल गरेका थिए। फजलुल हकले बिए उतिर्ण गरेपछि अङ्ग्रेजी भाषा ज्ञान हासिल गर्नका लागि लागि एमए कक्षामा भर्ना भएका थिए। परीक्षा आउनु भन्दा छ महिना पहिला एक साथीले मुसलमानहरूले गणित पढ्न सक्दैनन् र उनीहरू प्रतिभाशाली हुँदैनन् भनेर उनको खिल्ली उडाएका थिए जसकारण उनलाई गणितमा लगाव बढेको थियो। उनले जसरी भएपनि गणितको परीक्षामा सहभागिता जनाउने बचन दिँदै मात्र ६ महिनाको अध्ययनका साथ उनले प्रथम श्रेणी प्राप्त गर्न सफल भएका थिए। फजलुल हकले खेलकुदमा निकै रुचि राख्दथे भने उनले आफ्नो प्रारम्भिक जीवनमानै विभिन्न खेलहरूमा संलग्न हुँदै पछि विभिन्न खेलहरूका संरक्षकको रूपमा परिचित हुन पुगेकम थिए। उनी मोहामेडान फुटबल क्लबको स्थापना कालदेखिनै यस क्लबसँग जोडिएका थिए। उनको बुद्धिचाल र पौडी खेलमा पनि रुचि रहेको थियो। [५]

फजलुक हकका पुर्खाहरू अठारौँ शताब्दीमा भारतको भागलपुरबाट पाटुवाखली जिल्लाको बाउफल थाना क्षेत्रको बिलबिलास गाउँमा बसाइँसराइ गरेका थिए। यस वंशका काजी मुर्तजा निकै धनी एवम् प्रतिष्ठित व्यक्ति थिए। उनको छोरो काजी मुहम्मद आमिन, काजी मुहम्मद आमिनका छोरा मुहम्मद अकरम आलीले बरिशाल अदालतमा कानुनको सल्लाहकारको रूपमा काम गरेका थिए। उनका दुई छोरा, काजी मुहम्मद वाजेद, काजी आबदुल कादेर र ५ छोरीहरू छन्। जसमध्ये काजी मुहम्मद वाजेदका एकमात्र सन्तान आबुल काशेम फजलुल हक थिए।[६] काजी मुहम्मद वाजेदको जन्म सन् १८४३ मा भएको थियो। उनले पछि कलकत्ताको विभाग कलेजमा अध्ययन गरेका थिए भने उनी बङ्गालका मुसलमान मध्ये स्नातकप्राप्त छैटौँ विद्यार्थी थिए। सन् १८७१ मा उनले कलकत्ता विभाग क्याम्पसबाट विएल उतिर्ण गरेपछि ऐन व्यवसाय सुरु गरेका थिए। मुहम्मद वाजेद राजापुर थानाको सातुरिया मियामा घर भएका आमहद आली मियाकी छोरी बेगम सैयदुन्नेछासँग (शेरेबाङ्लाकी आमा) विवहा गरेका थिए। मुहम्मद वाजेदको मृत्यु सन् १९०१ फेब्रुअरी ९ का दिन बरिशालमा भएको थियो।

आबुल काशेम फजलुल हलले एमए उतिर्ण गरेपछि विवहा बन्धनमा बाँधिएका थिए। उनको नबाब आबदुल लतिफकी छोरी खुरशिद तालात बेगमसँग विवहा भएको थियो। विवहा पश्चात् तालात बेगमले दुई छोरीलाई जन्म दिएकी थिइन्। खुरशिद तालात बेगमको अकालमै।मृत्यु भएपछि फलजुल हकले हुगली जिल्लाका आदिवासी तथा कलकत्ता निवासी इबने आमहदकी छोरी जिनातुन्नेछा बुगमसँग दोस्रो विवहा गरेका थिए। फजलुल हकको र जिन्नातुन्नेछाको पहिलो सन्तानको जन्म हुनु भन्दा अगाडिनै उनकी श्रीमतीको मृत भएका कारण हकले सन् १९४३ मा एक महिलासँग तेस्रो विवहा गरेका थिए। हकका छोरा आबुल काशेम फयजुल हक सन् १९९६ मा आवामी लिग सरकारका राज्यमन्त्री थिए। फयजुल हकको सन् २००७ मा मृत्यु भएको थियो। [७]

कार्यकाल[सम्पादन गर्ने]

साहित्य, कला तथा संस्कृति[सम्पादन गर्ने]

बेलायती शासनका[सम्पादन गर्ने]

पाकिस्तानमा राजनीति[सम्पादन गर्ने]

मृत्यु[सम्पादन गर्ने]

सोहरावार्दी उद्यानमा अवस्थित तीन नेताको चिहान

सन् १९६२ अप्रिल २७ का दिन शुक्रबार बिहान १० बजेर २० मिनेटमा फजलुल हकको ८८ वर्षको उमेरमा मृत्यु भएको थियो। २८ अप्रिलको बिहान साढे दश बजेसम्म उनको मृत शरीरलाई ढाकाको टिकाटुली क्षेत्रको २७ केएम दास लेनको घरमा राखिएको थियो। त्यसैदिन १० बजेर ३० मिनेटमा ढाका अवस्थित पल्टन मैदानमा उनको जानाजा आयोजना गरिएको थियो। अन्ततः उनको मृत शरीरलाई ढाका विश्वविद्यालय अन्तर्गतको क्षेत्रमा गाडिएको थियो। शेरेबाङ्लालाई गाडिएकोको स्थान नजिक सहिद सोहरावार्दी र खाजा नाजिमुद्दीनको चिहान रहेको छ भने उनीहरूको चिहानलाई ऐतिहासिक रूपमा नेताहरूको चिहानहरू भनेर चिनिन्छ। रेडियो पाकिस्तानले त्यस दिन सबै कार्यक्रमहरू बन्द गरि पूरै दिन कुरान पाठ गराएको थियो। शेरेबाङ्लाको चिहानमा राष्ट्रिय झण्डा राखि उनलाई सम्पन्न गरिएको थियो। ३० अप्रिलका दिन सोमबार पाकिस्तानमा सबै शैक्षिक संस्था, विद्यालय तथा क्याम्पसहरूमा उनको नाममा छुट्टि दिने घोषणा गरिएको थियो।

प्राप्ति तथा सम्मान[सम्पादन गर्ने]

ढाका विश्वविद्यालयमा रहेको एक आवासिय भवनलाई फजलुल हकको नाम दिइएको छ। राजशाही विश्वविद्यालयमा रहेको जिन्नाह हललाई पछि नाम परिवर्तन गरी फजलुल हक हल राखिएको थियो। कुवेत देशमा उनको नाममा एक आवासिक हल रहेको छ भने एक आवासिक भवनको नाम शेरेबाङ्ला हल राखिएको थियो।[८] बङ्गलादेश कृषि विश्वविद्यालयमा उनको नाममा एक हल रहेको छ। पटुवाखाली विज्ञान तथा प्राविधिक विश्वविद्यालयमा पनि फजलुल हकको नाममा एक आवासिक हल रहेको छ। बङ्गलादेशको राजधानी ढाकामा आबुल काशेम फजलुल हकको नामक एक विश्वविद्यालय रहेको छ जसको नाम शेरेबाङ्ला कृषि विश्वविद्यालय हो। शेरेबाङ्ला कृषि विश्वविद्यालयको स्थापना सन् १९३८ मा तत्कालीन पाकिस्तान-भारतको प्रथम कृषि विश्वविद्यालयको रूपमा स्थापना गरिएको थियो भने यस विश्वविद्यालयलाई फजलुल हक स्वयमले शिलान्यास गरेका थिए।[९] यसबाहेक यस कृषि विश्वविद्यालयमा उनको नाममा एक हल समेत रहेको छ। बङ्गलादेशको राजधानी ढाकाको उनको नामबाट एक क्षेत्रको नामाकरण गरी शेरेबाङ्ला नगर राखिएको थियो जसको पूर्ववर्ती नाम आइयुबनगर र त्यो भन्दा पहिला मनिपुर थियो। यस स्थानमा बङ्गलादेशको राष्ट्रिय संसद अवस्थित रहेको छ।[१०] आबुल काशेम फजलुल हकको नाममा राजधानी ढाकाको मिरपुरमा शेरेबाङ्ला राष्ट्रिय क्रिकेट रङ्गशाला अवस्थित रहेको छ जुन रङ्गशाला बङ्गलादेशको बङ्गलादेश क्रिकेट टोलीको घरेलुु मैदानको रूपमा प्रसिद्ध छ। बरिशालामा उनको नाममा एक मेडिकल कलेजको नामाकरण गरिएको थियो भने यस कलेजको नाम शेरेबाङ्ला मेडिकल कलेज हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Gandhi, Rajmohan. (1986) Eight Lives, SUNY Press. p. 189. आइएसबिएन ०-८८७०६-१९६-६.
  2. "হক, এ.কে ফজলুল - বাংলাপিডিয়া"বাংলাপিডিয়া। सङ्ग्रह मिति २०१९-१०-२७ 
  3. হক, এ.কে ফজলুল
  4. “ছোটদের জননায়ক শেরে বাংলা” - রুহুল আমিন বাবুল; পৃষ্ঠা- ৪-৬
  5. “ছোটদের জননায়ক শেরে বাংলা” - রুহুল আমিন বাবুল; পৃষ্ঠা- ৭-৮
  6. “ছোটদের জননায়ক শেরে বাংলা” - রুহুল আমিন বাবুল; পৃষ্টা- ৮
  7. ঢাকা নিউজ ২৪ এ প্রকাশিত প্রতিবেদন
  8. "Fazlul Huq Muslim Hall"www.du.ac.bd। सङ्ग्रह मिति २०१९-१०-२६ 
  9. "শের-এ-বাংলা হল"শের-এ-বাংলা হল (बङ्गला भाषा)। सङ्ग्रह मिति २०१९-१०-२७ 
  10. "Sher-e-Bangla Agricultural University| Home"www.sau.edu.bd (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०१८-१०-२७