शोभा गुर्टू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
शोभा गुर्टू
Shobha gurtu.jpg
व्यक्तिगत विवरण
वास्तविक नामभानुमति शिरोडकर
जन्म(१९२५-०२-०८)८ फेब्रुअरी १९२५
बेलगाँव, कर्नाटक, भारत
मृत्यु२७ सेप्टेम्बर २००४(२००४-०९-२७) (७९ वर्ष)
मुम्बई, भारत
किसिमभारतीय शास्त्रीय सङ्गीत
पेशागायिका
सक्रिय वर्षसन् १९४० को दशक–सन् २००४

शोभा गुर्टू वास्तविक नाम भानुमति शिरोडकर (जन्म: ८ फेब्रुअरी २०२५, बेलगाँव, भारत, मृत्यु; २७ सेप्टेम्बर २००४ मुम्बई) एक प्रख्यात भारतीय शास्त्रीय सङ्गीत गायिका थिइन्।[१] उनी आफ्नो उत्कृष्ट शास्त्रीय आवाज विशिष्ट स्वर, शैली र विभिन्न गीत विधामा पोख्त भएका कारण परिचित थिइन्। उनलाई ठुमरी रानीको उपाधि पनि दिइएको थियो।[२][३]

बाल्यकाल र पृष्ठभूमि[सम्पादन गर्ने]

भानुमति शिरोडकरको जन्म सन् १९२५ मा भारतको बेलगाँवमा (वर्तमान कर्नाटक) भएको थियो। उनकी आमा मेनकाबाई शिरोडकर जो एक व्यवसायीक नर्तक र परम्परागत रूपमा प्रशिक्षित गायक थिइन् जसले गुर्टूलाई सङ्गीतमा शुरुवाती शिक्षा दिइन्। उनले सितार बादक र विद्वान नारायणनाथ गुर्टू (जो उनको गायन शैलीलाई प्रभाव पार्न आएका थिए) को छोरा विश्वनाथ गुर्टूसँग विवाह गरे पछि उनले शोभा गुर्टूको नाम लिएकी थिइन्। ठुमरीको बाहेक उनले दादरा, गजल र अन्य प्रकारका सङ्गीतहरूमा पनि उत्कृष्ट प्रदर्शन गर्छिन्।[४]

कार्यकाल[सम्पादन गर्ने]

उनकी आमा मेनकाबाई शिरोडकर जो एक व्यवसायीक नर्तक र परम्परागत रूपमा प्रशिक्षित गायक थिइन् जसले गुर्टूलाई सङ्गीतमा शुरुवाती शिक्षा दिइन् यद्यपि उनको औपचारिक सङ्गीत प्रशिक्षक उस्ताद भुरजी खान थिए जसले उनलाई सङ्गीत सिकाए जो उस्ताद अल्लादिया खानको कान्छा छोरा, कोल्हापुरको जयपुर-अत्रौली घरानाका संस्थापक थिए जसबाट उनकी आमाले तात्कालिक समयमा सङ्गीतमा प्रशिक्षण लिएकी थिइन्।[४] गुर्टू सानो छँदा उनको सङ्गीत प्रतिभा देखेर उस्ताद भुर्जी खानको परिवारले उनलाई मन पराए र उनीहरूसँग धेरै सयम बिताउन थाले।[५][६] जयपुर-अत्रौली घरानासँग उनको सम्बन्ध अझै सुदृढ भएको थियो जब उस्ताद अल्लादिया खानका भतिजा उस्ताद नाथन खानसँग सङ्गीत प्रशिक्षण लिन शुरू गरेकी थिइन्। यद्यपि उनी वास्तवमै उस्दाद घम्मन खान र उनको परिवारको साथ मुम्बईमा बस्न आएकी थिइन् भने घम्मन खानले उनकी आमालाई ठुमरी-दाद्रा र शास्त्रीय सङ्गीत सिकाएका थिए।[७]

शोभा गुर्टु ठुमरी, दादरा, कजरी, होरी आदि जस्ता उत्कृष्ट शास्त्रीय रूपहरूमा विशेष विशेषज्ञ थिइन्, उनको गायनमा सहज शास्त्रीय अंशहरू थप्न, यसरी नयाँरूप सिर्जना गरियो जसले ठुमरी जस्ता रूपहरूको जादूलाई पुनर्जीवित गर्‍यो जसले गर्दा उनी एक महान व्यक्तित्व बनिन्। उनी विशेष गरी गायिका बेगम अख्तर र उस्ताद बडे गुलाम अली खानबाट प्रभावित थिइन्।[८]

गुर्टूले मराठी र हिन्दी चलचित्रका सङ्गीतहरूमा पनि प्रस्तुति दिने गरेकी थिइन्।पार्श्व गायिकको रूपमा उनले कमल अमरोहीको चलचित्र पाकीजा (सन् १९७२), त्यसपछि फागुन (सन् १९७३), जहाँ उनले 'बेदर्दी बन गए कोइ जाओ मनो मोओ सौयाँ' नामक सङ्गीतमा आवाज दिएकी थिइन्। [९]उनले सैयाँ रुठ गया गीत में तुलसी तेरे आँगन की (सन् १९७८) नामक एक सफल चलचित्रमा गीत गाएकी थिइन् भने त्यही चलचित्रमा गीत गाएका कारण उनी सर्वश्रेष्ठ महिला पार्श्व गायकको रूपमा फिल्मफेयर पुरस्कारका लागि नामाङ्कीत भएकी थिइन्। मराठी चलचित्र क्षेत्रमा उनले सामना र लाल माती जस्ता चलचित्रहरूका लागि गीत गाएकी थिइन्।

धेरै बर्ष सम्म उनी साङ्गीतिक कार्यक्रमका लागि विश्वभर भ्रमण गरेकी थिइन्। उनको एक साङ्गीतिक कार्यक्रम न्युयोर्क सहर स्थित कार्नेगी हलमा भएको थियो जहाँ उनले प्रख्यात सङ्गीतकार पिटी बिर्जु महाराजसँग प्रस्तुति दिएकी थिइन्। मेहदी हासानसँग उनको गजल एल्बम "टार्ज" एकदमै लोकप्रिय थियो। उनी प्रायः आफ्नो आवाज त्रिलोक गुर्टूको सहयोगमा कैद गराउँथिइन्। भारत स्वतन्त्र भएको ५० वर्षको उपलक्ष्यमा उनले भारतीय राष्ट्रिय गान, जना गण मन, अन्य प्रमुख शास्त्रीय गायकहरूको साथमा गाएकी थिइन्। सन् १९८७ मा उनले सङ्गीत नाटक एकेडेमी पुरस्कार प्राप्त गरिन् र पछि लता मङ्गेसकर पुरस्कार, शाहू महाराज पुरस्कार र महाराष्ट्र गौरव पुरस्कार र सन् २००२ मा उनलाई पद्मभूषण पुरस्कारबाट सम्मानित गरियो।

ठुमरीको रानीको रूपमा हिन्दुस्तानी शास्त्रीय सङ्गीत विधामा ५ दशकसम्म उपाधि कब्जा गरेपछि शोभा गुर्टुको २७ सेप्टेम्बर २००४ का दिन मृत्यु भएको थियो।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्रहरू[सम्पादन गर्ने]