सँगिनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सँगिनी नेपालका पूर्वी जिल्लाहरूमा प्रचलित लोक कथात्मक गीत हो । यसलाई गीतका रूपा प्रस्तुत गरिएको पाइएतापनि यसमा प्राप्त हुने मर्मस्पर्षी आख्यानात्मकताले यो लोक काव्य र समाजिक गाथाका रूपमा देखिन्छ । सामान्यतया सँगिनीको अर्थ स्त्रकी साथी भन्ने हुन्छ । महिला सगिनीहरू मिलेर गाउने हुँदा यसलाई सँगिनी भनेको हुन सक्छ । सँगिनीहरू मिलेर आआफ्ना मनका कारुणिक भावलाई पोख्दै सरल भाका र भाषामा गाइने सँगिनी बाह्रमासे रूपमा गाइनुका साथै विशेष गरी तीज, पुराण, उत्सव एवं पवित्र कार्यका अवसरमा गाइन्छ । घर जान लागेकी कुनै विवस चेलीले सँगिनी मार्फत यसरी मनका मर्म व्यक्त गरेको पाइन्छ ः

दुदेरु ज्यानमा नि एेजेरु लाग्यो,
ठेकैमा तर लाग्यो है बाबा ठेबैमा तर लाग्यो ।
एेलेको वर्ष त बसौंला भन्थे,
सिन्दुरको कर लाग्यो है बाबा सिन्दुरको कर लाग्यो ।।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. नेपाली साहित्यकोश (२०५५), नेपाली लोकसंस्कृति र साहित्य, काठमाडौँ : ने.रा.प्र.प्र.