संकट व्यवस्थापन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सङ्गठनको नियमिततामा अवरोध उत्पन्न गर्ने त्यस्ता घटनाहरु जुन नियमितभन्दा फरक, व्यापक र भयङ्कर क्षति गर्ने गरी उपस्थित हुन्छन्, आफ्नै नियन्त्रण र काबु भन्दा बाहिर हुन्छन त्यस्ता घटनालाई संकट भन्ने गरिन्छ । संकटले नियमित कार्यमा अवरोध पुर्याउँछ। संकटले व्यापार संचालनमा बाधा पुर्‍याउँछ, मानिसहरूलाई हानी पुर्‍याउने धम्की दिन्छ, मानिसको प्रतिष्ठालाई हानी गर्दछ र सङ्गठनको आर्थिक अवस्थालाई पनि नकारात्मक प्रभाव पार्छ।[१] संकट व्यवस्थापन (अङ्ग्रेजी: Crisis Management) एक प्रणालीगत दृष्टिकोण हो जसले सङ्गठनलाई असर गर्न सक्ने संकटहरू रोक्नको लागि र भएका घटनाहरूलाई प्रभावकारी रूपमा व्यवस्थित गर्न सम्पूर्ण संस्थालाई संलग्न गर्दछ।[२] संकट व्यवस्थापन एउटा प्रक्रिया हो जसले सङ्गठन र यसका सरोकारवालाहरूलाई पुग्न सक्ने नोक्सान रोक्न वा कम गर्न तयार गरिएको हुन्छ। यो सङ्गठनमा पर्न जाने असर र प्रभावको रोकथाम गरी सङ्गठनलाई पूर्ववत् रूपमा संचालन गर्न अवलम्बन गरिने व्यवस्थापकीय कार्य हो। संकट आएसके पश्चात यसको व्यवस्थापन गर्नु निकै गाह्रो विषय हुन्छ तर संकटलाई सिर्जना नहुँदै रोक्नु वा न्यूनीकरण गर्नु नै खासमा संकट व्यवस्थापन हो।[३]

संकटका कारणहरु[सम्पादन गर्ने]

कुनै संस्था वा सङ्गठनमा संकटा आउनुमा दुइ प्रकारका कारणहरु हुन सक्छन्:

  • बाह्य कारण- वातावरणीय उपज्, अन्य सङ्गठन, राष्ट्र वा प्राकृतिक विपत्तिका कारण ।
  • आन्तरिक कारण- कमजोर योजना प्रणाली, गल्तिलापर्वाहि, खराब, कार्य प्रकृया आदिका कारण ।

संकट व्यवस्थापनका चरणहरु[सम्पादन गर्ने]

निम्न चरणहरूले संकटमा सम्भावित क्षति सीमित गर्न मद्दत गर्दछ[४]:

  • पूर्वानुमान:पहिलो चरण भनेको तयारी गर्नु हो। सक्रिय र एक गहन मंथन सत्र व्यवस्था गरेर सङ्गठनमा हुन सक्ने सबै सम्भावित संकटहरूबाट बच्नु पर्दछ।
  • योजना तयारी र यसको परिक्षण: संकट प्रतिक्रिया योजना सङ्गठनका लागी अनुकूलित हुनुपर्दछ र यसले दुबै परिचालन र संचार तत्वहरु समावेश गर्नुपर्दछ। संकट प्रतिक्रिया योजनामा ​​समावेश सन्देशहरू प्रभावकारी रूपमा सुनिश्चित गर्न यसलाई परीक्षण गर्नु आवश्यक छ।
  • संकट संचार टोलीको पहिचान: वरिष्ठ अधिकारीहरूको सानो समूहलाई संस्थाको संकट सञ्चार टोलीको रूपमा सेवा गर्न पहिचान गरिनु पर्दछ। स्पष्ट प्रक्रिया सिर्जना गरिएको हुनुपर्दछ र कर्मचारीलाई सूचित गर्नुपर्दछ।
  • सूचना र अनुगमन प्रणालीको स्थापना: संकट अवस्थामा सरोकारवालाहरुबाट सुझाव अनुगमनले रणनीति र कार्यनीति को रूपान्तरण गर्न मद्दत पुर्याउँछ। यसका साथै सङ्गठनसँग आन्तरिक र बाह्य सरोकारवालाहरूसँग चाँडो भन्दा चाँडो पुग्ने साधनहरू हुनुपर्दछ।
  • कुराकानी:संकट व्यवस्थापनको पहिलो नियम कुराकानी गर्नु हो। प्रारम्भिक समय निकै महत्वपूर्ण हुन्छ र यसले संकट अवधिको लागी अवस्था निर्धारण गर्दछ। आफूलाई थाहा भएको कुराले अरुलाई सचेत गराउनुपर्दछ।
  • संकटपश्चातको विश्लेषण:संकट पश्चातको विश्लेषण जरुरी छ। के राम्रो तरिकाले गरिएको थियो, अर्को पटक के गर्न सकिन्छ र संकट प्रतिक्रिया योजना को विभिन्न तत्वहरु कसरी सुधार गर्न सकिन्छ आदी जस्ता कुराहरूको औपचारिक विश्लेषण गर्नुपर्दछ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Crisis Management – How to Manage a Crisis (and Recover)" 
  2. "A BLUEPRINT FOR CRISIS MANAGEMENT" [संकट व्यवस्थापनको खाका] 
  3. "संकट व्यवस्थापन", कारोबार, अप्रिल २, २०१९, अन्तिम पहुँच नोभेम्बर ५,२०१९ 
  4. "7 STEPS TO CRISIS MANAGEMENT" [संकट व्यवस्थापनका लागी सात चरणहरू:], जुलाई ३,२०१७, अन्तिम पहुँच नोभेम्बर ५,२०१९