सन् २०२१ को बर्मेली जनआन्दोलन
सन् २०२१ को बर्मेली जनआन्दोलन | |||
---|---|---|---|
म्यानमारको आन्तरिक द्वन्द्व तथा सैन्य विद्रोहको प्रतिक्रियाको भाग | |||
मिति | २ फेब्रुअरी २०२१ - हाल | ||
स्थान | |||
कारण | सन् २०२१ को बर्मेली सैन्य विद्रोह | ||
लक्ष्य |
| ||
विधि | नागरिक अनाज्ञाकारिता राजनैतिक आन्दोलन, विद्रोह, विरोध प्रदर्शन | ||
Status | चालु | ||
नागरिक द्वन्द्वका पक्षहरू | |||
नेतृत्व आंकडा | |||
| |||
Casualties | |||
मृत्यु(हरू) | २११ (संयुक्त राष्ट्र सङ्घका अनुसार)[१] [२] | ||
पक्राउ | २,१७५ |
सन् २०२१ को बर्मेली जनआन्दोलन (बर्मी: ၂၀၂၁ မြန်မာနိုင်ငံဆန္ဒပြမှုများ) सन् २०२१ फेब्रुअरी १ का दिन बर्मेली सेनाद्वारा सरकारी अधिकारीहरूलाई पदच्युत गराई सत्ता आफ्नो हातमा लिए पश्चात् सुरु भएको थियो।[३] नागरिक सरकार र सेनाबीच हालैको निर्वाचनलाई लिएर उत्पन्न विवादका बीच बर्मेली सेनाले सत्ता कब्जा गरेको थियो।[४] यो जनआन्दोलन सैन्य विद्रोहको विरोधमा बर्माको घरेलू नागरिक प्रतिरोधको प्रयास हो जसलाई देशका सशस्त्र बलका सेनापति तातमाडोओ मिन आङ ह्लाङद्वारा गरिएको थियो।[५][६] सन् २०२१ मार्च ४ सम्म सैन्य शासनको विरुद्धमा लगभग १,७०० मानिसहरूलाई हिरासतमा लिइएको थियो भने यस समयसम्म १ नेपाली भाषी बर्मेली लगायत ५० भन्दा बढी सर्वसाधारणहरूको मृत्यु भएको थियो।[७] प्रदर्शनकारीहरूले विरोधलाई शान्तिपूर्ण र अहिंसक रूपबाट नियोजित गर्दै नागरिक अनज्ञाकारिता आन्दोलन, श्रम हड्ताल, एक सैन्य बहिष्कार अभियान, रातो रिबन अभियान, सार्वजनिक विरोध प्रदर्शन र निर्वाचित प्रतिनिधिहरूद्वारा चुनाव परिणामको औपचारिक मान्यता सामेल छ।[८]
बर्मेली लोकतान्त्रिक सङ्घ नामक एक राजनैतिक दल रातो रङ्गसँग जोडिएको छ जसलाई हाल विद्रोहको विरुद्धमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूले रातो रिबन आन्दोलनक नामबाट सञ्चालन गरिरहेका छन्। [९]"काबर मा क्य बु" एक गीत जो सन् १९८८ को विद्रोहको गीतको रूपमा लोकप्रिय बनेको थियो भने हाल यस गीतलाई एक विरोध गीतको रूपमा नागरिक अनाज्ञाकारिता आन्दोलनद्वारा पुनर्जीवित गरिएको छ। तीन औँले सलामीलाई प्रदर्शनकारीहरूले विरोध प्रतीकको रूपमा व्यापक रूपबाट अपनाएका छन्।[१०] बढिरहेको विरोध आन्दोलनको जवाफमा सैन्य विद्रोह सञ्चालन गरेका सैन्य अधिकारीहरूले कयौँ कार्वाहीहरू गरेका छन् जसमा इन्टरनेट तथा समाजिक सञ्जालमा प्रतिबन्ध, एक सञ्चार माध्यम प्रतिबन्ध, प्रदर्शनकारीहरू विरुद्ध फौजदारी सजाय आदि सामेल छन्।[११][१२] हाल समर्थक सैन्य अधिकारीले प्रदर्शनकारीहरूलाई दबाउनका लागि बलको हिंसक प्रयोग गरिरहेका छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ UN official: Myanmar people want UN sanctions, peacekeepers
- ↑ Funeral Services Refuse to Help Dead Myanmar Police Officer Involved in Crackdown
- ↑ "म्यानमारमा नौ वर्षपछि सेना सक्रिय, राष्ट्रपति र नेतृ सूचीसहितका शीर्ष नेता सैनिक हिरासतमा"। हिमाल खबर। १ फेब्रुअरी २०२१।
- ↑ "बर्मामा सेनाले कब्जामा लियो सत्ता : संकटकालको घोषणा"। अन्नपूर्ण पोस्ट। सङ्ग्रह मिति २७ जनवरी २०२१।
- ↑ "म्यान्मार: नेत्री आङ सान सू ची सेनाद्वारा 'गिरफ्तार"। बीबीसी नेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ जनवरी २०२१।
- ↑ "म्यानमारको राजनीतिमा सेना: कू पछि अब के हुन्छ ?"। सङ्ग्रह मिति १ फेब्रुअरी २०२१।
- ↑ "म्यानमारमा गोली चलाउँदा एकै दिन ३८ जना मारिए"। महोत्तरी पोस्ट। ४ मार्च २०२१।
- ↑ "म्यानमार भएको सैनिक 'कू' को सर्वत्र विरोध"। हाम्रो पात्रो। ४ मार्च २०२१।
- ↑ कार्ली वेल्स र आकांक्षा शर्मा, "म्यानमारमा सैन्य विद्रोहको विरोधमा विरोध प्रदर्शन", cnn.com, मूलबाट २१ फेब्रुअरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ फेब्रुअरी २०२१।
- ↑ "म्यानमार नरसंहारको विरोधमा तीनवटा औंला देखाएर प्रदर्शन"। न्युज अफ नेपाल। ५ मार्च २०२१।
- ↑ "म्यानमारमा सामाजिक सञ्जाल फेसबुकमाथि प्रतिबन्ध", एबिसी न्युज, ५ फेब्रुअरी २०२१, मूलबाट ८ फेब्रुअरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ फेब्रुअरी २०२१।
- ↑ "म्यानमारमा सेनाले लगायो फेसबुक प्रयोगमा प्रतिबन्ध"। नयाँ पेज। ४ फेब्रुअरी २०२१।