समाधि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

समाधी(मनको आत्मामा विलय र आत्माको परमात्मा संग मिलन) महर्षि पतञ्जली लेख्नुहुन्छ ः– तदेवार्थमात्रनिर्भासं स्वरुप शून्यमिव समाधिः । अर्थात ध्यानगर्दा गर्दै जव केवल ध्येयको मात्रै अस्तित्व बाँकी रहन्छ तव त्यो ध्यान स्वतः समाधिमा रुपान्तरित हुन्छ । गोरक्ष संहितामा गुरु गोरखनाथले समाधिको व्याख्या यसरी गरेका छन् ःन गन्धं न रसं रुपं न च स्पर्शन निःस्वनम् । नात्मानं न परस्वं च योगी युक्तः समाधिना ।। अर्थात ः समाधिमा लीन योगी लाई गंध, स्वाद, रुप ,स्पर्श र शब्द श्रवण यी पाँच विषयको तथा आफ्नो परायाको ज्ञान हुदैन । समष्टिमा ः ऊ कोमा वा निश्चेत भए जस्तै हुन्छ । उसको श्वास–प्रश्वास रोकिएको हुन्छ । डाक्टरहरु उसलाई मृत सम्झिन्छन् । तर उ जीवितै हुन्छ । आजभन्दा ३/४ महिना अगाडि हाम्रो देश नेपालको कास्की पोखरामा पनि एक जना श्रीवैष्णव सन्त स्वामी हरिदासजीले भौतिक विज्ञान लाई लत्याउदै हजारौ मानिसहरुको वीचमा ९ दिन सम्म १० फुट गहिरो खाल्टोमा समाधिस्थ हुनु भएको थियो । उहाँ समाधिस्थ हुनुभएको खाल्टो माथिबाट माटोले पुरी जमरा समेत लगाइएको थियो । तर उहाँ ९ दिन पछि सकुसल बाहिर आउनुभयो । समाधिको विषयमा गुरु गोरखनाथ अभैm थप स्पष्ट पार्नु हुन्छ ःअम्बूसैन्धवयो रैक्यं यथा भवति योगतः । यदात्मन सोरैक्यं समाधिः सोऽभिधीयते ।। अर्थात् पानीमा जसरी सीधा नून हालेर घोले पछि पानी र नून एकै हुन्छ, छुटयाउन सकिदैन त्यसै गरेर मन , आत्मा र इन्द्रियको एकीकरण गर्नु नै समाधि हो । गुरु गोरखनाथ फेरी स्पष्ट पार्नु हुन्छ ः धारणा पञ्चनाड्ीभिध्र्यानं च षष्टनाडिभिः। दिनद्वादशकेन स्यात्माधिः प्राण संयमात् ।। अर्थात् २ घण्टा सम्म मन र प्राणवायु रोकिराख्नु लाई धारणा ,२४ घंटा सम्म रोकिराख्नु लाई ध्यान, १२ दिन सम्म रोकि राख्नु लाई समाधि भनिन्छ । अव प्रश्न यो उठ्छ कि मानव शरीर यत्रो दिन सम्म भोक, प्यास ,निन्द्रा, मल–मूत्र त्याग, इत्यादि बाट कसरी अलग्गिएर बस्न सक्दछ ? यसको उत्तर योछ कि जसरी धु्रवीय भालुहरु ८/८ महिना सम्म शीतनिन्द्रामा जान सक्छन् , त्यसैगरी यौगिक क्रियामा यो अद्भुत क्षमता हुन्छ की ऊ समाधिस्थ भएपछि साधकको भोग, प्यास, ,मल, मूत्र, निन्द्रा ,रोग, मृत्यु ,उमेर र समय उसको समाधि नखुल्दा सम्म रोकिएको हुन्छ । जुन अज्ञात शक्तीले भालुहरुलाई महिनौसम्म विना आहार विहार निन्द्रीत गराउने ब्यवस्था मिलाउछ , त्यसैशक्तीले समाधिस्थ योगीहरुको सम्पूर्ण सुरक्षाको प्रवन्ध मिलाउछ । उ समाधि बाट व्युँझिए पछि म यति समय देखी समाधिस्थ थिए भन्ने उसलाइ लाग्दै लाग्दैन । उसलाइ भर्खर निन्द्रा बाट व्यँुझिए जस्तै आभास हुन्छ । तर निन्द्रा र समाधी मा आकास–पाताल को अन्तर छ । निन्द्रीत अवस्थामा हामी लाई स्व को बोध हुदैन, अर्थात म सपना देखिरहेको छु भन्ने ज्ञान हुदैन । समाधिस्थ अवस्थामा स्व को बोधहुन्छ । समाधि लाइ योगनिन्द्रा पनि भन्दछन् ।

   महर्षि पतञ्जलीले आफ्नो योग दर्शनको विभूतिपादमा योगाभ्यासबाट प्राप्तहुने धैरै अद्भूत सिद्घिहरुको वर्णन गरेका गर्नुभएको छ । यद्यपि आजको युगमा ती सिद्घिहरु अप्राप्प्य छन् ; तापनि योग मार्ग का साधकहरुले केही न केही अतिमानवीय शक्ति आर्जन गरेकै हुन्छ । जस्तै स्वामी विवेकानन्द कितावका पाना लाई एक पटक सर्सर्ती हेर्दथे ; त्यसपछि त्यो पुरै किताव उनलाइ कण्ठस्थ हुन्थ्यो । यसको प्रदर्शन उनले अमेरिकामा गरेका थिए । खप्तड बाबा महिनौ सम्म निराहार भइ गुफामा बस्दथे । बाालागुरु षडानन नदीको पानी माथि रुमाल बिछयाएर त्यसमा बसी नदी पार गर्ने गर्दर्थे ।  महाप्रभू योगानन्द परमहंसले आफू महा समाधिमा जानुपूर्व सन् १९५२ मा .अमेरिकाको लस एन्जलस स्थित आफ्नो आश्रममा अमेरिका स्थित भारतीय राजदूत विनयरञ्जन सेन लाई बोलाई उहाँको सम्मानमा रात्रिभोज दिई सवैबाट अन्तिम विदा लिइ ध्यानस्थ अवस्थामा आप्mनो ब्रह्माण्ड भेदन गरी (तालु फुटाई) महासमाधिमा गएका थिए । यसको तात्पर्य उहाँले मृत्यु जित्नु भएको थियो । उहाँले जव चाहनु भयो आफै मृत्युमा जानु भयो । महर्षी रमण र स्वामी अरविन्द पनि ६/६ महिना सम्म अन्न जल विना नै अविछिन्न समाधिस्थ हुन्थे । हाम्रो देश नेपालमा पनी करिव १० बर्ष अगाडि रामबहादुर वम्जन नाम गरेका एकजना बौद्घ लामा निर्जन जंगलमा महिनौ अन्न–जल विना समाधिस्थ भएका थिए । योगी नरहरीनाथ कैयौं दिन लागेर पुगिने ठाउँमा केही घण्टामै पुग्न सक्दथे । महेशयोगी, कृपालुजी महाराज, आनन्दमयी माता, स्वामी रामदेव जस्ता थुप्रै महापुरुषहरु यस युगका योग सिद्घ योगीहरु हुन् । योगसाधनाको लागी सन्यासिनै हुनुपर्ने प्रवधान छैन । कैयौ गृहस्थव्यक्तिले पनि योगमार्गमा उल्लेख्य सफलता प्राप्त गरेका छन् । जस्तै श्यामाचरण लाहिडी, महर्षि रमण, ओशो रजनीश, डा. विकाशानन्द इत्यादी । यस्ता सिद्घ योगीहरु कुनै व्यक्तिको विषयमा त्यसको अनुहार हेरेर मात्रै त्यसको विषयमा सवैकुरा थाहा पाउन सक्दछन् । कसैको मनो विचार पढ्न सक्छन् । संसारको कुनै भागमा घट्ने घटना र घटिरहेको घटना स्वतः थाहा पाउन सक्छन् । कसैलाई आशिर्वाद दिई उसको कल्याण गर्न सक्दछन् । समाधि सिद्घ योगी हरुले केहिनकेही अतिमानवीय शक्तीप्राप्त गरेकै हुन्छन् । यो प्राचिन गुह्यविज्ञान महान आर्य सभ्यताको उत्कृष्ट धरोहर र पहिचान हो । तर आज योे योग विज्ञान संकटमा छ । योग आफ्नोमुल स्वरुप बाट परिवर्तन हुदैछ । वर्तमानमा योग भनेर शरीर लाई निरोग बनाई राख्ने प्रविधीमा आधारित शारीरिक आसनहरु एवं श्वास प्रश्वासको अभ्यास भनेर मात्रै अधिकांश मानिसहरुले बुझ्ने गर्दछन् । तर यसको क्षेत्र यो भन्दा पनि व्यापक र विस्तृत छ । यहि व्यापकता र महानता सवैले बुझीदिउन् भन्ने योलेखको उदेस्य हो । योगमार्ग  सबै जात–जातिको लागि हो । यसमा ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र भन्ने भेदभाव हँुदै–हँुदैन । किनकि यो कर्मकाण्ड होइन । यो विशुद्घ वैज्ञानिक हो । यसको अभ्यास सवैले गर्न सक्दछन् । ( द्वितीय अन्तराष्ट्रिय योगदिवस २०७३/०३/७ गते