सरगम
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
संगीतको सुरहरूको नाम सरगम दिइएको छ। सरगम शब्द प्रथम चार सुरको नामहरूको प्रथम अक्षरको संयोजनले बनाइएको हो । एक प्रकारले यसलाई संक्षिप्तीकरण (abbreviation) पनि भन्न सकिन्छ।
संगीतको मुख्य सात सुर हुन्छन् जसको नाम षडज्, ऋषभ, गांधार, मध्यम, पंचम, धैवत र निषाद छन्। साधारण बोलचालमा यिनलाई सा, रे, ग, म, प, ध तथा नि भनिन्छ। स्पष्ट छ कि प्रथम चार सुरहरूको बिना मात्रा वाला अक्षरहरूलाई लिएर सरगम नाम बनाइएको हो।
उपर्युक्त सात मुख्य सुरहरूको अतिरिक्त पाँच सहायक सुर पनि हुन्छन् जसलाई कोमल रे, कोमल ग, तीव्र म, कोमल ध र कोमल नि भनिन्छ। यही सुरहरूको सहायताले संगीतको रचना गरिन्छ।
उदाहरण
[सम्पादन गर्नुहोस्]स रे ग म प ध नि स