सातौँ राष्ट्रिय खेलकुद २०७३ मा खो-खो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सातौँ राष्ट्रिय खेलकुद २०७३ प्रतियोगित अन्तर्गत सुनसरीको सदरमुकाम इनरुवामा सम्पन्न खो खोतर्फको फाइनल खेलमा विभागीय टोली नेपाली सेनाले स्वर्ण पदक जितेको थियो ।

सदरमुकाम इनरुवामा रहेको खेल मैदानमा २०७३ पुस ११ गते सम्पन्न भएको खो खो खेलमा सेनाले महिला तथा पुरुष दुवै प्रतिस्पर्धामा प्रथम हुँदै स्वर्ण पदक हात पारेको थियो । पुरुषतर्फको फाइनलमा नेपाली सेनाले मध्यमाञ्चललाई पराजित गरेको थियो ।

सेनाले एक पाली बाँकी छँदै मध्यमाञ्चललाई ६ का विरुद्ध १० को स्कोरमा पराजित गरी स्वर्ण जितेको हो । मध्यमाञ्चलले रजतमा चित्त बुझाउँदा काश्य पदक भने सुदूरपश्चिमाञ्चलले हात पारेको थियो । त्यसैगरी उक्त दिननै सम्पन्न महिलातर्फको खो खो खेलको फाइनलमा आर्मीसँग पराजित हुँदै मध्यपश्चिमाञ्चलले रजत पदक प्राप्त गरेको थियो ।

सहभागी टिम[सम्पादन गर्नुहोस्]

पुरूष[सम्पादन गर्नुहोस्]

पदक तालिका
नेपाली सेना मध्यमाञ्चल सुदूर-पश्चिमाञ्चल

महिला[सम्पादन गर्नुहोस्]

पदक तालिका
नेपाली सेना मध्य-पश्चिमाञ्चल सुदूर-पश्चिमाञ्चल

अन्तिम पदक तालिका[सम्पादन गर्नुहोस्]

स्थान टिम स्वर्ण रजत कांस्य कुल
१. नेपाली सेना
२. मध्यमाञ्चल
३. मध्य-पश्चिमाञ्चल
४. सुदूर-पश्चिमाञ्चल
जम्मा

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]