सार्गेम्बा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विधि[सम्पादन गर्नुहोस्]

पहाडी वनको झ्याउ (याङगबेन) मिसाएर पकाइने यो परिकार बनाउन सबैभन्दा पहिले बंगुरको आन्द्रालाई सफा गरी उल्ट्याएर नून राखेर राम्रोसँग मोल्नुपर्छ । फेरि पानीले सफासँग पखालेर उपयुक्त साइजमा काट्नुपर्छ । त्यसपछि याङ्गबेनलाई थोरै नून सहित रक्तीमा राखेर भिजाउनुपर्छ । नून, धूलो खुर्सानी, मरिचको धूलो, मीट मसला, लसुन अदुवाको पेस्ट मिलाईएको बंगुरको किमामा भिजेको याङ्गबेन र थोरै चामल मिसाउनुपर्छ । यसरी मोलेको किमालाई आन्द्रामा हालेर दुवै टुप्पामा धागोले बाँध्ने । भाँडामा उम्लेको पानीमा एक एक गर्दै हालेर सानो आँचमा नछोपी डेढदेखि दुई घण्टा उसिनेपछि इच्छा अनुसार स्लाईस गरेर तावामा सेकेर खान सकिन्छ ।

आवश्यक सामग्री[सम्पादन गर्नुहोस्]

मासु बंगुरको आन्द्रा (ठूलो) १ सेट

बंगुरको किमा २ केजी

याङगबेन २५० ग्राम

रक्ती २०० ग्राम

चामल अलिकति

मीट मसला एक चम्चा

लसुन अदुवाको पेस्ट डेढ चम्चा

धूलो खुर्सानी स्वाद अनुसार

नून स्वाद अनुसार

अजिनोमोतो स्वाद अनुसार

मरिचको धूलो स्वाद अनुसार

मोटो धागो आवश्यकता अनुसार

परिकार[dead link]