सार्वजनिक यातायात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुनै पनि देशमा आमनागरिकले कुनै एक स्थान बाट अर्को स्थानमा आवतजावत गर्न यातायातका साधनहरूको रुपमा सार्वजनिक रुपमा प्रयोग गरिने यातातात प्रणालीलाई सार्वजनिक यातायात भन्ने वुझिन्छ। कुने पनि देशको सार्वजनिक यातायात प्रणालीबाट त्यस देशको अर्थतन्त्रमा समेत परिणाममूलक प्रभाव पारेको हुन्छ।

यातायातका साधनहरू‍[सम्पादन गर्नुहोस्]

यातायात प्रणालीमा प्रयोग गरिने सवारी साधनहरूमा साईकल,मोटर साईकल, कार, बस, ट्राम, रेल, पानीजहाज, हेलिकप्टर, हवाईजहाज, फेरी (Ferry), ट्रली, केवलकार आदि हुन्। यातायातका साधनहरू निजी वा सार्वजनिक स्वामित्वका हुन सक्छन्। नेपालमा निजी र सार्वजनिक दुबै सवारी साधनहरू प्रयोग गरिन्छन्।

नेपालमा यातायातका साधनहरू[सम्पादन गर्नुहोस्]

निजी सवारी साधनहरु[सम्पादन गर्नुहोस्]

नेपालमा निजी सवारी साधनका रुपमा साईकल, मोटर साईकल, कार अन्य साधन भन्दा बढी संख्यामा रहेका छन्। धनी देशहरूमा पानीजहाज, हेलिकप्टर र हवाईजहाज समेत निजी सवारी साधनका रुपमा रहेका छन् तर नेपालमा भने पाईएको छैन। नेपालमा निजी मोटरसाइकलको प्रयोग सर्वाधिक हुन्छ र यो यातायात व्यवस्थालाई चुस्त बनाउने विषयमा ठूलो चुनाैतीको रूपमा रहेको छ जबकी यातायात प्रणाली सुव्यवस्थित भएका देशहरूमा यसको प्रयोगलाई वढावा दिइएको पाईदैन। त्यस्ते ती देशहरूमा निजी कारको प्रयोगलाई पनि प्राथमिकता दिएको पाईदैन। ती देशहरूमा सार्वजनिक यातायातका ठूला सवारी साधनहरुको प्रयोगलाई नै विशेष महत्व दिइएको पाईन्छ।

‍सार्वजनिक सवारी साधनहरू‍[सम्पादन गर्नुहोस्]

नेपालमा सार्वजिनक सवारी साधनका रूपमा भाडाको कार (ट्याक्सी), बस, रेल, हेलिकप्हटर, हवाईजहाज र छिटपुट रुपमा स्टिमर रहेका छन्। यातायात क्षेत्रमा नेपालमा सार्वजनिक सवारी साधन संचालनमा सरकारी लगानीले त्यति प्राथमिकता पाएको देखिंदैन। यस क्षेत्रमा निजी क्षेत्रले गरेको लगानी मात्रले सार्वजनिक यातायातमा सुधार हुने देखिंदैन, यसको लागि सरकारी लगानीमा प्राथमिकताका साथ वृद्धि हुनपर्ने देखिन्छ।

जलमार्ग[सम्पादन गर्नुहोस्]

डुंगा, स्टिमर, पानीजहाज जस्ता सवारी साधनहरूले जलमार्गको प्रयोग गर्दछन्। यो मार्गको प्रयोग आर्थिक रूपले सस्तो मानिन्छ।

स्थलमार्ग[सम्पादन गर्नुहोस्]

साइकल, मोटरसाइकल, कार, बस, ट्रक, रेल, ट्राम, मोनोरेल जस्ता यातायातका सवारी साधनहरूले स्थलमार्गको प्रयोग गर्दछन्। यो मार्गको प्रयोग गर्नु आर्थिक रूपले हवाईमार्गको प्रयोग गर्नुभन्दा सस्तो मानिन्छ।

हवाईमार्ग[सम्पादन गर्नुहोस्]

हेलिकप्टर, हवाईजहाज यातायातका सवारी साधनहरूले हवाईमार्गको प्रयोग गर्दछन्। यो मार्गको प्रयोग गर्नु आर्थिक रुपले जलमार्ग र स्थलमार्गको प्रयोग गर्नु भन्दा महंगो मानिन्छ।

सार्वजनिक यातायातका प्रभाव क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

जसरी मानिसको शरीरमा रक्तसंचारले उसको दैनिक कार्य गर्न महत्व राख्छ, त्यस्तै महत्व देशको दैनिक कार्य जस्तै सार्वजनिक सेवा, सार्वजनिक प्रशासन, नागरिकको आवतजावत, मालसामान ढुवानी लगायत अन्य विविध क्षेत्रमा सार्वजनिक यातायात प्रणालीले सामाजिक आर्थिक प्रभाव पार्दछ। मानिसको शरीरमा रक्त संचार प्रणाली चुस्त दुरुस्त नभए अन्तत्वगत्वा मानिसको जीवन नै समाप्त हुन सक्छ भने सार्वजनिक यातायात पनि देशको रक्त संचार प्रणाली सरह हो, यो प्रणालीको असफलताले देशको अर्थतन्त्र नै विग्रिन्छ। यसैले हरेक देशले सार्वजनिक यातायात प्रणाली चुस्त राख्न ठुलो लगानी गर्छ र यसमा आर्थिक नाफा घाटा हेर्दैन। हामी युरोप अमेरिका लगायत देशहरूमा देख्छौ कि त्यहाँ यात्रु संख्या कम छ, सरकारी लगानीले घाटा खान्छ भन्ने कुरालाई प्राथमिकता दिईंदैन, बस, रेल, ट्राम जस्ता सवारी साधनहरू जति जना यात्रु भएपनि नियमित समय तालिका र आवश्यक स्थानमा सार्वजनिक सवारीका साधनहरू सरकारी लगानीमा पनि संचालन गरिन्छ।

नागरिकको कार्य क्षमता‍मा प्रभाव[सम्पादन गर्नुहोस्]

सार्वजनिक यातायातको राम्रो व्यस्थापन भएमा सबै पेशाका नागरिक जस्तै स्वास्थ्यकर्मी, प्रशासनिक कर्मचारी, शिक्षक आदि सबै नागरिकको समयको राम्रो व्यवस्थापन भई सबै क्षेत्रमा राम्रो उपलब्धि देशले प्राप्त गर्दछ।

देशको अर्थतन्त‌मा प्रभाव[सम्पादन गर्नुहोस्]

आज देशमा निजी सवारी साधनको प्रयोग अधिक मात्रामा हुनाले देशको पैसा ठूलो मात्रामा विदेशमा गएको छ, यदि सार्वजनिक सवारी साधनहरू पर्याप्त मात्रामा र सही व्यवस्थापन गरी प्रयोग गर्न सकिएमा अर्थतन्त्र मात्र होइन, शिक्षा, स्वास्थ्य, रोजगार लगायत क्षेत्रमा नै धेरै नै राम्रो उपलब्धि हासिल हुन्छ।