सार्वजनिक वित्त
सार्वजनिक वित्त भनेको सरकारको आम्दानी र खर्चको अध्ययन गर्ने अर्थशास्त्रको महत्वपुर्ण अङ्ग हो। यसले सरकारको आय व्ययको अध्ययन गर्दछ। अर्थतन्त्रमा सरकारको भूमिकाको अध्ययन हो। यो अर्थशास्त्रको शाखा हो जसले सार्वजनिक प्राधिकरणहरूको सरकारी राजस्व र सरकारी खर्चको मूल्याङ्कन गर्दछ। सार्वजनिक वित्तले अर्थतन्त्रमा सरकारको भुमिकालाई विश्लेषण गर्दछ। सार्वजनिक वित्तले कुनै पनि देशको सरकारले विभिन्न स्रोतबट कसरी आम्दानी प्राप्त गर्छ भन्ने कुराको अध्ययन गर्छ र बिभिन्न क्षेत्र तथा कार्यक्रममा कसरी खर्च गर्छ भन्ने कुराको अध्ययन गर्दछ। शाब्दिक रुपमा जनताको हितमा सरकारी क्षेत्रबाट गरिने वित्तिय साधनको परिचालनलाइ सार्वजनिक वित्त भनिन्छ।
सरकारले जनताको हितको लागि कुन क्षेत्रमा कति खर्च गर्ने ? त्यसको परिपुर्तिका लागि कुन कुन क्षेत्रबाट आम्दानी प्राप्त गर्ने ? आदि विषयवस्तुको लागि छुट्याइएको रकम तथा हिसाबकिताब सार्वजनिक वित्त हो।
विशेषताहरू
[सम्पादन गर्नुहोस्]- सार्वजनिक वित्तको सम्बन्ध आय व्ययसँग हुन्छ।
- जनता र सरकारसँग प्रत्यक्ष सम्बन्ध हुन्छ।
- यसले विभिन्न आर्थिक चरणहरुको कारण र असर सम्बन्धको व्याख्याबिश्लेषण गर्दछ।
- कर र त्यसको आर्थिक,सामाजिक प्रभावको विश्लेषण गर्छ।
- यो वास्तविक र आदर्श विज्ञान हो।
- यसले सार्वजनिक वित्त कस्तो थियो ? कस्तो छ ? र कस्तो हुनु पर्छ भन्ने कुराको विश्लेषण गर्दछ।
कार्य एवम् भुमिकाहरू
[सम्पादन गर्नुहोस्]- बाडँफाडँ
- वितरण
- स्थिरता
- साधन परिचालन
- पुँजी निर्माण र आर्थिक वृद्धि
- साधनको पुनःबाडफाड
- सन्तुलित क्षेत्रिय विकास
- सामाजिक न्याय
- रोजगारीमा वृद्धि
- मानव संसाधनको व्यावस्थापन आदि।