सिद्धनाथ/भगभाट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जिल्ला बैतडी पाटन नगरपालीका वार्ड नं.१२ उपल्लो सोराढ क्षेत्रमा अवस्थित डडेल्धुरा-वैतडी दशरथ चन्द राजमार्ग नजिक रहेको भगभाट/सिद्धनाथ देवताको प्रसिद्ध मन्दिर रहेको छ ।

श्री गणेशाय नमः श्री सिद्धनाथ, भगभाट व्रह्मराज देवताको ऐतिहासिक परम्पराको मूल बहिपाटो एवम् माङ्गलिक प्रससत्तिः कहाँन उबजी गया चन्द्र सुरिज ? पुरब उबजी गया चन्द्र सुरिज । कहाँन उबजी शिद्धनाथ देउ ? कैलाश उबजी गया शिद्धनाथ देउ । कहाँन उबजी गया व्रह्मराज देउ ? भूकोट उबजी गया भगभाट देउ । तल छ भाटनी सेरो माथि मुसे पानी । जलदल पानी आयो आँसु धारी वामरानी ।। पंच गातडीको गौदान दिइलो । आस गुसाई भगभाट मेरी साग भाग ।। श्री सिद्धनाथ देवताभ्यो नमः, श्री भुमिराज देवताभ्यो नमः, श्री भगभाट व्रह्मराज देवताभ्यो नमो नम्, वामनी आमादेवताभ्यो नम्, श्री डाँडावाघ लोट्ने चुणे देवताभ्यो नमः, बारागढ देवताभ्यो नमः परापूर्वकालमा नेपाल राज्यको सुदूरपश्चिम क्षेत्रको उत्तराखण्ड भूमीको वैतडी पाटन उपल्लो सोराड गड पन्त्यौडा भुकोट प्रचलित भकुडा भन्ने ठाउँ कालिझाडि बुङाछडी दहभुम्क भन्ने ठाउँमा सिद्धबाबा देवताको गुफामा देवस्थान एक मात्र थियो भन्ने किम्बदन्ति रहेको छ । त्यसै वखतमा सोहि स्थानमा भुमिराज देवता र सिद्धनाथ देवता थिए । सो स्थानमा उक्त क्षेत्र भित्रको सिमा पूर्वमा सुनकेसर महादेव, पश्विम सोर्नाया तिरमा हंशराज देवता, उत्तरमा मैनाकोट र दक्षिणमा हल्यामहादेव चार किल्लाको बीचमा हाल वैतडी जिल्ला पा. न. पा.-१२ भकुडा भूकोट भन्ने व्रह्मनगरी भकुडामा भगभाट भन्ने व्राह्मण राज्य गर्दथे । व्रामण भगभाट सिद्धनाथ, भुमिराज, सुनकेश्वर महादेव, मानकेश्वर महादेव, सिमोडा शशिलिङ्ग, मैनाकोट भगवती, नियास दह शिगास, शिगास धुरी, डुणै भौनेली, छडिशिद्धनाथ, कतिउर भगवती(हाल भारत) का साथै त्यति वेला अजैमेरु कोट(हाल डडेल्धुरा जिल्ला) क्षेत्रमा रहेका देवीदेवता एवम् विभिन्न शक्तिपीठका पुजारी रहनुका साथै त्यो समयका महान ज्योतिषी समेत रहेको जनश्रुति छ । त्यस बखतमा यस उपल्लो सोराड क्षेत्रमा हाल बसोवास गरिरहेका व्राह्मण, क्षेत्री, दलित, जनजाति कोहि पनि वसोवास गर्दैनथे । त्यो समयमा नौलद्याल जोशी हाल पनि रहेको र अरु जातजातिहरू चाँड, आङ्क, धुन, पराल, आडो, केटो, धुनपरालि, सौन, बोरा, कपरे, खिउरे, खुसमुसे, औजि, भाँण, लाटो पन्त, भगभाट, डोखलजोशी, अनिभाट, पानुभाट, दाँसिभाट जस्ता जातजातिको वंश निरन्तरता नरहेको देखिन्छ । त्यस बखतमा भूकोट क्षेत्र(हाल भकुडा) मा भगभाट व्राह्मण, सुङौडाकोटमा डोखल जोशी व्राह्मण, दुबिकोट/दुबसल्ला(हाल धनसैनी) मा लाटो पन्त व्राह्मण, मैनाकोट दह निगास क्षेत्रमा दाँसिभाट व्राह्मण, पानाकोट कोटखोलामा पानु भाट(चोते) व्राह्मण र अन्नाडी क्षेत्रमा अनिभाट व्राह्मणको अधिनमा सामाजिक राज्यव्यबस्था रहेको किम्बदन्ति एवम् जनश्रुति रहेको पाइन्छ । हाल वर्तमान समयमा यस वैतडी पाटन सोराड क्षेत्रमा वसोवास गर्दैआएका व्राह्मण, क्षेत्री, वैश्य एवम् दलित वर्ग भित्र पर्ने जातजातिहरू मूलरूपमा दुवानगरी(हाल टिहरिगढवाल भारत) वाट पलाइन भएर आएका हुन । मुगल सामराज्यवादको अतिवाद सहन गर्न नसके पछि आफ्नो सनातन धर्म, सस्कृति र रितिरिवाजको संरक्षणको लागि आफू वसोवास गर्दै आएको स्थान छोडेर यस ठाउँमा बस्न आएको किम्बदन्ति रहेको छ । यसरी दुबानगरी क्षेत्रवाट यस सोराड भूमिमा वसोवास गर्न आएका जातजातिहरू मध्ये हाल श्री भगभाट व्राह्मणको भूमिमा वसोवास गर्दै आएका उपमन्यु गोत्र भएका पन्त व्राह्मण र अन्य सोराड क्षेत्रको लोर्खा, भकुडा, डैसिली बस्ने मध्ये माधवाचार्यका सन्तान हुन । जो लाटा पन्तको खायलमा त्यस बेलाका बोट्य राजा खिपचनको पालामा बसेका हुनाले पन्त उपाधि पाएका हुन । लोर्खावाट यस क्षेत्रमा आइ बसोबास गर्ने मुख्य कारण यो छ कि परापूर्व कालमा भकुडा भन्ने भूकोट क्षेत्रका व्राह्मण श्री भगभाट व्रह्माको राज्यहरण गर्न तत्कालिन राजा रजौटा र तिनका काँजि(मन्त्री)हरू विभिन्न षडयन्त्रमा लागि परेका थिए । यसैक्रममा भगभाटको राज्य हरण गर्न महान ज्योतिषी भगभाट व्राह्मण तत्कालिन अजैमेरुकोटका राजासंग भेटघाट गरी भारतको कतिउर तर्फ गएको मौका पारि सुङौडाकोटका तत्कालिन बोट्ये राजा खिपचनका काँजिहरूले षडयन्त्र रचि आफ्ना गुरू श्री भगवाट व्राह्मणको कोट (दरवार) मा गई गुरू भगभाटको परदेश गएको बेला स्वर्गवास भयो भनि मनगण्ते झुट्टा खवरको स्वाँग रचि छेउरमण्डन गरी खबर ल्याइ सुनाए । यस्तो खबर सुनेपछि भगभाट व्राह्मणको कोट(दरवार) मा शोक व्यक्त भयो र शोकाकुल परिवारजन क्रियामा बसे । त्यति बेला भगभाट व्राह्मणको बाईस कोठे घर र बाईस जना सदस्य घरमा रहेको साथै भगभाट व्राह्मण सँग वेद अध्ययन गर्न आएका २७ जना शिष्य रहेको किम्वदन्ति रहेको छ । भगभाट मरिसके को खवर पुर्यागएको सात दिन पछि भगभाट व्राह्मण कतिउरवाट आफ्ना भरिया सहित आफ्नो घरमा आई पुग्दा घरमा शोकाकुल अवस्था रहेको र व्राह्मणी र त्यहाँ पढन आएका शिष्यहरु मृतक सुतक बारिरहेको अवस्था देखेपछि मनमा निकै दुखित हुन पुगे र आफुसँग भएको श्रीसम्पति, नौकरचाकर ब्राह्रमणी सवै सुतिसकेपछि आफू स्वयमं एक हातमा वेद लिई, घरको झ्याल ढोका बन्दगरी घरको घूरीमा गई अग्नी जलाई घरका सम्पूर्ण सदस्य, पाहुना, शिष्य सहित स्वयमंको हवन गरी लख्यहोम गरेको भन्ने किम्बदन्ती रहेको छ । यसरी भगभाट वेद ब्राह्रमणले स- परिवार अतिर्थि र आफ्ना शिष्य सहित लख्यहोम गरी प्राण त्याग गरेपछि सो भूमीमा ठूलो आपत विपत र संकट पर्न थाल्यो । जताजतै नाग, बाघ, अग्नी जाव्ला एवं भूकम्पनको भय हुन थाल्यो । १२ वर्ष सम्म यस सिद्ध भूमीमा कसैले पनि बसोबास त के हेर्न समेत सकेन्न । त्यसपछि सुङौडाकोटका तत्कालिन बोट्या राजा खिपचनले यस कोट भकुडालाई आफ्नो अधिनमा लिई आफ्नो कब्जा गरी शान्ति होला कि भनेर वेद ब्राह्मणबाट वेदपाठ गराउन त्यस बेला पाटन लोर्खा बाँसी उपमन्यू गोत्रका ब्राह्मण हाल त्यस ठाउँमा बसोबास गर्ने पन्त जातिका पुर्खा लाई आग्रह गरी पूजापाठ गर्न लगाएको किम्वदन्ती पाईन्छ । त्यस बेला उक्त हाल भगभाटको मन्दिर रहेको ठाउँमा लोर्खाबाट पूजापाठ गर्न आएका अनिरुद्र पन्त नामका पण्डितले जाग्रम लगाई ११ दिन सम्म सतसंघ माहायज्ञ को जाग्रम गरे र भगभाट देवतालाई पण्ठ गरी त्यसै ठाउँमा पुजारी भै बसे । हाल तिनै पुजारीका शाखा सन्तान यस ठाउँमा बसेका छन् । चार पहरमा गरिने पूजाः १) विहानी पखः जाग जाग रे ब्रह्म राज देव ।। आस आस रे भक्त जन देव ।। २) मध्यान पखः आस गुसाँई ब्रह्म राजौ हमरी साग भाग । बस गुसाँई ब्रह्म राजौ हमरी साग भाग ।। ३) आधारात्रीः पँञ्च गौ को गोदान दिउलो गुसाई ब्रह्मराजौ । पंच व्राह्मण हता वेद पढाउलो गुसाई व्रह्मराजौ ।। ४) सूर्योदयको पहरः पञ्च कन्या हता कलस थपौलो ।। पञ्च गातडिको दूध न्योऔलो, भागरथी गङ्गा जल चडौलो ।। भागरथी गङ्गा जल चढौलो ।। देवल पत्थर मणिया रोकौलो ।। जोलो असरुपि अखण्ड कटौलो ।। बस गुसाई भगभाट हमरि सागभाग ।। रोज गुसाई भगभाट तमरि सागभाग ।। रैण्या जौ तिल हवन गरौलो ।। तामा पात्थर मणिया रोकौलो ।। सुवर्ण प्रतिमा गाथ चढौलो ।। श्रीखण्ड चन्दन गाथ चढौलो ।। जोला भोकर विणा वझौलो ।। पंच धातुको घण्ट चढौलो ।। ........................................ यस पुण्य भुमी भकोट र आसपासको क्षत्रमा निम्नलिखित देवी देवताको पुजाआजा निम्न तिथिमा विधिपूर्वक गर्ने गरिन्छः-  श्री सिद्धनाथ देवताको पुजा पर्वः- १) चैत्र नवरात्री पर्व पुर्णिमा २) आश्विन शुक्ल पुर्णिमा ३) मंसिर शुक्ल पुर्णिमा ४) माघ शुक्ल पुर्णिमा ५) जेष्ठ शुल्क पुर्णिमा (न्वागि पर्व) ।  श्री भुमिराज, भगभाट देवताको पुजाः- १) विसु पर्व – वैसाख १ गते २) आश्विन बडा दशै ३) जेष्ठ शुल्क दशमी (न्वागि पर्व)  श्री बामनी आमा (रक्सनी माता) को पुजाः- १) चैत्र नवरात्री पर्व नवमीमा २) आश्विन शुक्ल नवमीमा ३) जेष्ठ शुल्क नवमी (न्वागि पर्व)  श्री डाडाँबाघ देवताको पुजा पर्वः- १) चैत्र नवरात्री पर्व सप्तमीमा २) आश्विन शुक्ल सप्तमी फूलपातीमा ३) आश्विन शुक्ल चर्तुदशी तथा पुर्णिमा विशेष मेला लाग्दछ ।  श्री महारुद्र देवताको पुजा पर्वः- १) चैत्र शुक्ल अष्टमि २) आश्विन शुक्ल महाअष्टमि ३) माघ शुक्लअष्टमि ४) दिपवली पर्वको अष्टमिको रात्री र नवमिको विहान भव्य मेला लाग्ने । बारगढ क्षेत्र भित्र रहेका देवताहरुः Q श्री महारुद्र देवता Q श्री सिद्धनाथ देवता Q श्री भुमिराज देवता Q श्री डाडाँबाघ देवता Q श्री कैलपाल देवता Q श्री वेताल देवता Q श्री भगभाट देवता Q श्री लाटोपन्त देवता Q श्री ऐडादेउ देवता Q श्री डोखलजोशी देवता Q श्री मसानी देवता Q श्री हंसराज देवता Q श्री बामनी आमा देवता Q श्री बनारसी देवता Q श्री दिपचन देवता


श्री सिद्धनाथ र भगभाट देवताका पुजारी एवं धामीको नामावलीः- क) पुजारीः यस देवताका अनादि काल देखि हाल सम्मका पुजारीको नामावली निम्नानुसार रहेको पाइन्छः-

१) श्री अनिरुद्र पन्त २) श्री शिवा पन्त ३) श्री गङ्गादत्त पन्त ४) श्री हिरा पन्त ५) श्री वासु पन्त ६) श्री दाँसि पन्त ७) श्री काँसि पन्त ८) श्री फागु पन्त ९) श्री कालु पन्त १०) श्री घुइरु पन्त ११) श्री मनि पन्त १२) काँसि अवस्थी १३) श्री उजलु अवस्थी १४) श्री मल्टु अवस्थी १५) श्री जगन्नाथ अवस्थी १६) श्री वासुदेव अवस्थी १७) श्री मनदेव पन्त (हाल)

ख) धामीः-  ..............  ..............  ...............  ....................  .....................  श्री बालकृष्ण पन्त  श्री कल्यान पन्त  श्री मनिराम पन्त  श्री तर्कराज पन्त ( हाल) अनिरुद्र पन्त देखि घुईरु पन्त सम्म स्वंय पुजारीमा नै देवता प्रकट भै काम्ने गरेको भन्ने किम्वदन्ती रहेको छ । साथै जव देखि पन्त ब्राह्मण यस भकुडा क्षेत्रमा बसोबास गरी सकेपछि उक्त सिद्धनाथ, भगभाट देवतालाई पुजारी तथा धामी को रूपमा एउटै जनाबाट कार्य गरियो भन्ने जनश्रुति रहेको छ ।