सामग्रीमा जानुहोस्

सिन्डलर्स लिस्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिन्डलर्स लिस्ट
Schindler's List
निर्देशकस्टिभन स्पिलबर्ग
पटकथास्टिभन जेलियन
आधारितसिन्डलर्स आर्क
लेखक: थोमस केनेली
निर्माता
  • स्टिभन स्पिलबर्ग
  • जेराल्ड मोलेन
  • ब्रेन्को लस्टिग
मुख्य कलाकार
छायाङ्कनजानुस कमिन्स्की
सम्पादनमाइकल कान
सङ्गीतजोन विलियम्स
वितरक
कम्पनीहरू
वितरकयुनिभर्सल पिक्चर्स
प्रदर्शन मिति
  • ३० नोभेम्बर १९९३ (1993-11-30) (वासिङ्टन, डी.सी.)
  • १५ डिसेम्बर १९९३ (1993-12-15) (संयुक्त राज्य अमेरिका)
अवधि
१९५ मिनेट
देशसंयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी
बजेट$२२ मिलियन[१]
बक्स अफिस$३२२.२ मिलियन[२]

सिन्डलर्स लिस्ट स्टिभन स्पिलबर्गद्वारा निर्देशित र निर्मित तथा स्टिभन जेलियनद्वारा लिखित सन् १९९३ को अमेरिकी ऐतिहासिक चलचित्र हो। यो अस्ट्रेलियाली उपन्यासकार थोमस केनेलीको सन् १९८२ को उपन्यास सिन्डलर्स आर्क मा आधारित छ।

कथावस्तु[सम्पादन गर्नुहोस्]

द्वितिय विश्वयुद्धका दौरान क्राकोमा जर्मनेलीहरूले स्थानीय पोल्यान्डेली यहुदीहरूलाई क्राको घेट्टो लैजान्छन्। ओस्कर सिन्डलर त्यही सहरमा आफ्नो भाग्य बनाउन आइपुग्छन्। नाजी पार्टीका सदस्य रहेका सिन्डलरले सोही सहरका जर्मन प्रहरी र एस.एस. अधिकारीहरूलाई घुस खुवाएर धातुको कारखाना खोल्छन्। यो कारखाना सञ्चालन गर्नका लागि सिन्डलरले कालोबजारीहरूसँग राम्रो चिनजान भएको 'इट्झक स्टर्न' नामका यहुदीलाई आफ्नो लेखापाल बनाउँछन्। सिन्डलरले नाजीसँगको सम्बन्ध नबिगारी कारखाना सञ्चालन गर्छन र "हेड डाइरेक्टर" को नामले यहुदी कामदारहरूबीचमा परिचित हुन्छन्। सिन्डलरले यहुदीहरूलाई काममा लगाउँछन् किनकी उनीहरूले थोरै पैसामा पनि काम गर्थे भने अर्कातिर स्टर्न भने जतिसक्दो धेरै यहुदीहरूलाई सिन्डलरको कारखानामा काम दिएर उनीहरूलाई मृत्युको मुखबाट बचाउन चाहान्थे। एमन गोथ नाम गरेका एस.एस अधिकारी क्राकोमा प्लास्जो क्याम्प निर्माणको पर्यवेक्षकका रूपमा आइपुग्छ। जब क्याम्पको निर्माण कार्य सम्पन्न हुन्छ, उसले घेट्टोका यहुदीहरू नष्ट गर्न आदेश दिन्छ। यहुदीहरूलाई गोली हानेर मार्दै गरेको दृश्य सिन्डलरले देख्छ र यसले उसको मनमा एउटा अमिट छाप छोड्छ, उ एकदमै गम्भीर बन्छ। उसले मुख्य:त रातो कोट लगाएकी एउटी सानी केटीलाई देख्छ। समय बित्दै जाँदा सिन्डलर पनि पैसा कमाउनेभन्दा मान्छे बचाउन पट्टी लाग्छ। कामदारहरूलाई राम्रो सुरक्षा दिन सिन्डलरले गोथलाई घुस खुवाउँछ र एउटा सब-क्याम्प बनाउने अनुमति लिन्छ। जर्मनहरूले युद्ध हार्दै गर्दा गोथलाई बचेका यहुदीहरूलाई प्लास्जोबाट अस्चविच पुर्याउनु भन्ने आदेश आउँछ। सिन्डलरले गोथलाई आफ्नो कारखानाका कामदारहरूलाई आफ्नै गाउँमा खोलेको नयाँ कारखानामा लान मन लागेको कुरा सुनाउँछ। गोथले मान्छ तर त्यसको बदलामा ठूलो धनराशी पनि माग्छ। त्यसपछी सिन्डलर र स्टर्न मिलेर "सिन्डलर्स लिस्ट" तयार गर्छन् जहाँ अस्चविच पुर्याउनुपर्ने ८५० जना यहुदीहरूको नाम हुन्छ। प्राविधिक कारणले गर्दा ती कामदारहरू सिन्डलरको गाउँ नपुगेर अस्चविच नै पुग्छन्। सिन्डलरले पुन तिनीहरूको रिहाइका लागि अस्चविचका कमान्डेण्टलाई घुस स्वरूप हिराले भरिएको झोला दिन्छन्। नयाँ कारखानामा, सिन्डलरले एस.एस गार्डहरूलाई छिर्न निशेध गर्छन् भने यहुदीहरूलाई विश्रामको दिन घोषणा गर्छन्। अरू ७ महिनामा सिन्डलरले आफ्नो सम्पत्ति सबै नाजी अधिकारीहरूलाई घुस खुवाउँदै सक्छ। १९४५ मा सिन्डलरलाई पैसाको अभाव हुन्छ जतिबेला युरोपभरी नै युद्ध सकिन्छ। नाजी पार्टीको सदस्य र युद्धका कारण लाभ लिएकोले सिन्डलरले रेड आर्मीबाट बच्नको लागि भाग्नुपर्ने अवस्था आउँछ। सिन्डलर को कारखानामा पुगेका एस.एस गार्ड हरूलाई त्यहाँ भएका यहुदी कामदारको हत्या गर्ने आदेश आउँछ तर सिन्डलर ले उनीहरूलाई "परिवारमा मान्छे भएर फर्क न कि हत्यारा भएर" भनेर रोक्छ। उसले कामदारहरूको विदाइ गर्छ र अमेरिकनहरू समक्ष आत्मसमर्पण गर्ने सोच बनाउँछ। कामदारहरूले सिन्डलरलाई हस्ताक्षर सहितको कागज दिन्छन् जहाँ सिन्डलरले यहुदीहरूको रक्षार्थ गरेका कामहरू लेखिएको हुन्छ। त्यो सँगै उनीहरूले सिन्डलरलाई एउटा औँठी दिन्छन् जहाँ एउटा उद्गार हुन्छ "जसले कुनै एक जनाको ज्यान बचाउँछ, उसले सम्पुर्ण संसार बचाउँछ"। सिन्डलर भक्कानिन्छ र लज्जित महसुस गर्छ। उसले आफुले अझै धेरै मानिसको ज्यान बचाउन सक्थेँ भन्ने सोच्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. McBride 1997, पृष्ठ 416.
  2. "Schindler's List (1993)", Box Office Mojo, मूलबाट अप्रिल १६, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १६, २०२१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]