सिन्डिकेट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुनै एउटा व्यक्ति वा कम्पनीले कुनै लगानी गर्न नसक्ने अवस्थामा समूह बनाएर लगानी गर्नु वा कारोबार गर्नुलाई सिन्डिकेट भन्ने गरिन्छ । मेरियम वेब्सटर्स शब्दकोषले "एउटै टिमका रूपमा सँगै काम गर्ने मानिस वा व्यवसायीको समूह' भनी सिन्डिकेटलाई परिभाषित गरेको छ । यो परिषद वा मानिसको सङ्घ वा कम्पनीको संघसमेत हुन सक्छ, जसले आफ्ना सदस्यको सामूहिक हितका लागि काम गर्छ । संसारमा धेरै कानुनी सिन्डिकेट पनि छन्, तर सिन्डिकेट शब्द सुन्नेबित्तिकै अधिकांशले त्यसलाई गैरकानुनी क्रियाकलापका रूपमा बुझ्ने गरेका छन् ।

कार्टेल[सम्पादन गर्नुहोस्]

खासगरी नेपालमा कार्टेल र सिन्डिकेटलाई समानार्थी शब्दका रूपमा लिने गरिएको छ । तर, यी एउटै चाहिँ होइनन् । कुनै एउटै वस्तु वा सेवा उत्पादकले समूह मूल्य तय गर्ने, आपूर्ति सीमित गर्ने वा अन्य अवरोधकारी गतिविधि गरी अकुत नाफा कमाउने काम गर्छन् । सामान्यतया कार्टेल गर्नेहरूले बिक्रीमूल्यमा नियन्त्रण कायम गर्छन्, कतिपयले खरिद मूल्यमा पनि नियन्त्रण गर्छन् । उदाहरणका लागि बैङ्कर्स संघले ब्याजदर, सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य, चिनी उत्पादकले चिनीको मूल्य तोक्नुसम्म सबै कार्टेल हुन् ।

सिन्डिकेट किन खराब ?[सम्पादन गर्नुहोस्]

यातायातको सिन्डिकेट (चक्रीय) प्रणालीले यातायात सेवालाई प्रतिस्पर्धात्मक ढंगबाट सञ्चालन हुन दिँदैन । उदाहरणका लागि मानौँ, काठमाडौँ–चितवन यातायात सेवा सञ्चालनका लागि विभिन्न व्यवसायीका रुट पर्मिट पाएका ४ सय सवारीसाधन छन् । खुला प्रतिस्पर्धाअन्तर्गत हरेक दिन ती ४ सयवटै सवारीसाधन चल्नुपर्ने हो । तर, चक्रीय प्रणालीअन्तर्गत व्यवसायीहरू मिल्छन्, समिति बनाउँछन् र एक दिनमा १ सयवटा मात्रै सवारी चलाउने नियम बनाउँछन् । यसले सवारीसाधनको आपूर्ति घटाउँछ, भाडा अत्यधिक बढ्छ, पर्याप्त सवारीसाधनको अभावमा यात्रुले सास्ती पाउँछन् । यातायात व्यवसायीको भने व्यवसाय सुनिश्चित हुन्छ र अत्यधिक नाफा कमाउने बाटो खुल्छ । अर्कातिर, व्यवसायी समितिको अनुमतिविना कुनै स्वतन्त्र व्यवसायीले गाडी किनेर सञ्चालन गर्न सक्दैन । यदि गरिहाल्यो भने भौतिक रूपमै आक्रमण गर्छन्, सवारीसाधनलाई क्षति पु¥याउँछन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]