सामग्रीमा जानुहोस्

सिन्डिकेट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिन्डिकेट भनेको कुनै खास व्यवसाय सञ्चालन गर्न, साझा हितलाई प्रवर्द्धन गर्न गठन गरिएको व्यक्ति, कम्पनी, निगम वा संस्थाहरूको स्व-संगठित समूह हो। मेरियम वेब्सटर्स शब्दकोषले "एउटै टिमका रूपमा सँगै काम गर्ने मानिस वा व्यवसायीको समूह' भनी सिन्डिकेटलाई परिभाषित गरेको छ । सिन्डिकेट परिषद वा मानिसको सङ्घ वा कम्पनीको संघसमेत हुन सक्छ, जसले आफ्ना सदस्यको सामूहिक हितका लागि काम गर्छ । संसारमा धेरै कानुनी सिन्डिकेट पनि छन्, तर सिन्डिकेट शब्द सुन्नेबित्तिकै अधिकांशले त्यसलाई गैरकानुनी क्रियाकलापका रूपमा बुझ्ने गरेका छन् ।

श्रम सिन्डिकेट

[सम्पादन गर्नुहोस्]

श्रमको सिन्डिकेट भन्नाले ट्रेड युनियन बुझिन्छ।

अपराध सिन्डिकेट

[सम्पादन गर्नुहोस्]

अपराध सिन्डिकेट संगठित अपराधको समन्वय, प्रवर्द्धन र संलग्न हुन, राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा सामान्य अवैध व्यवसायहरू सञ्चालन गर्न गठन गरिन्छ।

मिडिया सिन्डिकेट

[सम्पादन गर्नुहोस्]

व्यापार सिन्डिकेट

[सम्पादन गर्नुहोस्]

व्यापार सिन्डिकेट भनेको धेरै व्यावसायिक संस्थाहरू मिलेर बनेको समूह हो जसले बजारमा साझा स्वार्थहरू साझा गर्छन् तर सामान्यतया प्रत्यक्ष प्रतिस्पर्धी हुँदैनन्।

ठूला कम्पनीहरू वा निगमहरूले बजारमा आफ्नो स्थिति बलियो बनाउन सिन्डिकेटहरू बनाउँछन्।

बिक्री सिन्डिकेट

[सम्पादन गर्नुहोस्]

बिक्री सिन्डिकेट भनेको बिक्री एजेन्सीसँगको कार्टेल हो।[] दोस्रो विश्वयुद्ध अघि यस्ता मिलनहरू व्यापक थिए। कुनै एउटै वस्तु वा सेवा उत्पादकले समूह मूल्य तय गर्ने, आपूर्ति सीमित गर्ने वा अन्य अवरोधकारी गतिविधि गरी अकुत नाफा कमाउने काम गर्छन् । सामान्यतया कार्टेल गर्नेहरूले बिक्रीमूल्यमा नियन्त्रण कायम गर्छन्, कतिपयले खरिद मूल्यमा पनि नियन्त्रण गर्छन् । उदाहरणका लागि बैङ्कर्स संघले ब्याजदर, सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य, चिनी उत्पादकले चिनीको मूल्य तोक्नुसम्म सबै कार्टेल हुन् ।

वित्त सिन्डिकेट

[सम्पादन गर्नुहोस्]

बीमा सिन्डिकेट

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Robert Liefmann: Cartels, Concerns and Trusts, Ontario 2001 [London 1932], p. 65, 194.