सिलाजित

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिलाजित (सिलाजु) पहाडी तथा भित्री मधेहरूका भीरहरूमा पाइने एक प्रकारको पदार्थ हो। यसको उपयोग विभिन्न आयुर्वेदी तथा अंग्रजी औषधी निर्मणको लागि गरिन्छ। एक दम जटिल ठाउँमा पाइने भएकाले यसलाई सजिलै प्राप्त गर्न कठिन हुन्छ। ज्यानको बाजी लगाएर सिलाजित सङ्कलन गरेमा यसको मुल्य अन्तराष्ट्रीय बजारमा पनि धेरै छ। सिलाजित सामान्यतया २ प्रकारको पाइन्छ एक सेतो खेरो रंगको हुन्छ जसलाई सेतो सिलाजित भनिन्छ। अर्को रातो खैरो रंगको हुन्छ जसलाई रातो सिलाजित भनिन्छ। भिरको पहरामा बगेको बेला यो तरल अवस्थामा भए पनि पछि जमेर ठोस हुन्छ। सिलाजित प्राय सबै रोगहरूको औषधी हुन्छ तर यसको उपयो फरक फरक रोग अनुसार फरक फरक तरिकाले गर्नु पर्ने हुन्छ।