सुँगुरको मासु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सुँगुरको पेटको मासु, मांसपेशी र बोसोका तह छालामुनि देख्न सकिन्छ
नेपाली तरिकाले पकाएको सुँगुरको मासु
बिस्तारै घुमाएर मन्द तापमा पकाएको सुँगुर

सुँगुर वा बङ्गुर (Sus domesticus) को मासुलाइ फाक्सा पनि भनिन्छ। ई.पू. 5000 देखि नै सुँगुर पालन गरिएको प्रमाण भेटिएका छन्।[१] यो विश्वभर सबैभन्दा धेरै खपत हुने मासु हो। सुँगुर दुवै ताजा पकाएको र प्रक्रियागत तरिकाले प्रसोधन गरी खाइन्छ। बिशेष प्रशोधन प्रक्रिया, वा क्योरिङ (Curing) गरिएका उत्पादनहरु लामो समयसम्म बिग्रदैनन। हाम, धुवाँइएको मासु, लगायत बेकन र ससेज संरक्षित पोर्क को उदाहरण हुन्। 

सुँगुरको मासु पूर्व र दक्षिण पूर्व एशिया मा सबैभन्दा लोकप्रिय छ, र पश्चिमी संसारमा पनि धेरै खाइन्छ। अत्यधिक बोसो र नरम बनावटका लागि एशियाली व्याञ्जनहरू यसलाई धेरै महत्व दीइन्छ। यहूदी धर्म, इस्लाम को धर्म साथै केही मसीही संप्रदायले सुँगुरको मासु निषेध गर्छन; सुँगुरको मासुको बिक्री विशेष मुसलमान देशहरुमा संविधानमै व्यवस्था गरी अवैध छ भने एक मात्र यहूदी बहुमत भएको देश इस्राएलमा प्राय प्रतिबन्धित छ।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. Pigs Force Rethink on Human History University of Oxford Press Office. 11 March 2005.