सुजाक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गोनोकोकस (Gonoccocus) नामक जीवाणुले गराउने धातुको रोगलाई सुजाक भनिन्छ। यो रोगले जननेन्द्रिय, मुत्रनली, मलाशय, पाठेघरको भित्री भाग आदिमा सङ्क्रमण गर्छ। सुजाक यस्तो यौन रोग हो जसका लक्षणहरू स्पष्ट देखिदैनन्। यसमा देखा पर्ने लक्षणहरू यौन अङ्गको संरचनामा निर्भर हुन्छ।

सर्ने तरिका[सम्पादन गर्नुहोस्]

● सुजाक लागेको रोगीसँग यौन सम्पर्क गरेमा,

● सुजाक रोगीको यौनाङ्गबाट निस्कने पीपसँग संसर्गमा आएमा।

लक्षणहरू[सम्पादन गर्नुहोस्]

सुजाकका सामान्य लक्षणहरू निम्नानुसार छन् :

• पिसाब फेर्न कठिन हुने, पिसाब पोल्ने र छिटोछिटो पिसाब लाग्ने, • लिङ्ग वा योनीबाट असामान्य रूपबाट बाक्लो गन्हाउने पीप बग्ने, • जननेन्द्रिय र पिसाब नली सुन्निने, • लिङ्ग र योनीको वरिपरि स-साना फोकाहरू देखा पर्ने, • स्त्रीहरूमा पेटको एकापट्टि वा दुवै छेउ दुख्ने, ज्वरो आउने, वाकवाकी लाग्ने र रजस्वला नियमित नहुने, • पुरुषहरूको प्रोस्टेट ग्रन्थीमा पीप जम्न सक्ने, • नवजात शिशुहरूमा आँखा पाक्ने, कचेरा निस्कने र यौनअङ्गमा खटिरा आउने

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]