सुपर मुन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०११ मार्च २० (बायाँ) र २०११ डिसेम्बर १९ (दायाँ) को सुपर मुन

सुपर मुन (अङ्ग्रेजी: Super Moon, शाब्दिक अर्थ: ठूलो चन्द्रमा वा महाचन्द्र) चन्द्रमा पृथ्वीको सबै भन्दा नजिक हुँदाको अवस्था हो । चन्द्रमाले पृथ्वीलाई घुम्ले कक्ष गोलो नभई अण्डाकार भएकाले चन्द्रमा पृथ्वीबाट कहिले नजिक त कहिले टाढा हुनेगर्छ ।

कारण[सम्पादन गर्नुहोस्]

चन्द्रमाले पृथ्वीलाई घुम्ले कक्ष गोलो नभई अण्डाकार भएकाले चन्द्रमा पृथ्वीबाट कहिले नजिक त कहिले टाढा हुनेगर्छ । चन्द्रमा जब पृथ्वीको सबैभन्दा नजिक पुग्छ त्यसैलाई महाचन्द्र अर्थात ‘सुपरमुन’ भनिन्छ । चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक पुग्ने विन्दूलाई ‘पेरिग्री’ भनिन्छ भने सबैभन्दा टाढा पुग्ने बिन्दूलाई ‘आपोजी’ भनिन्छ । चन्द्रमा पेरिग्रीभन्दा १४ प्रतिशत बढीले पृथ्वीको नजिक रहन्छ । यसै कारणले सुपरमुनको बेलामा चन्द्रमा सामान्यभन्दा १४ प्रतिशतले ठूलो र ३० प्रतिशतले उज्यालो रहन्छ ।

२०१६ को सुपर मुन[सम्पादन गर्नुहोस्]

यो सन् २०१६ नोभेम्बर १४ मा देखिएको सुपर मुन हो ।यो सुपर मुन पृथ्वीको केन्द्र भन्दा ३,५६,५११ किलोमिटर (२,२१,५२६ माइल) [१] टाढा रहेको थियो ।यो सन् १९४८ पछि सबैभन्दा ठूलो सुपर मुन हो भने अब यस्तै सुपर मुन २०३४ मा देखिनेछ। [२]

२०१६ नोभेम्बर १३ मा चन्द्रमा ७० वर्षकै सबैभन्दा नजिक आएको थियो ।चन्द्रमा सन् १९४८ पछि पृथ्वीको सबैभन्दा नजिक देखिएको थियो । त्यतिबेला बेलुका देखिनए जस्तै चन्द्रमा अब सन् २०३४ मा मात्र देखिने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ।

१४ नोभेम्बर बेलुका सााझ ५ बजेर ७ मिनेट जाँदा चन्द्रमा पृथ्वीबाट सबैभन्दा नजिक थियो, अर्थात चन्द्रमा पेरिग्री बिन्दूमा भएको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]