सुमात्रा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सुमात्रा
स्थानीय नाम:
सुमातेरा
سومترا
सुमात्रा
LocationSumatra.svg
भूगोल
अवस्थितिइन्डोनेसिया
निर्देशाङ्क००° उत्तर १०२° पूर्व / ०° उत्तर १०२° पूर्व / 0; 102निर्देशाङ्क: ००° उत्तर १०२° पूर्व / ०° उत्तर १०२° पूर्व / 0; 102
द्वीप समूहसुन्दा टापुसमूह
उच्च स्थानकेरिन्ची
राष्ट्र(हरू)
इन्डोनेसिया
प्रदेशअाचे, बेङ्कुलु, जम्बी, लाम्पुङ, रियाउ, पश्चिम सुमात्रा, दक्षिण सुमात्रा, उत्तर सुमात्रा
ठूलो सहरमेदान (pop. 2,097,610)
जनसंख्या
जनसङ्ख्या50,180,000 (as of 2014)
जनघनत्व१०५ /km (२७२ /sq mi)
जातीय समूहहरूअाचेली, बाताक, मिनाङ्कबाउ, मले, चिनिया

सुमात्रा (इन्डोनेसियाली: सुमातेरा) पश्चिम इन्डोनेसियामा रहेको सुन्दा टापुसमूह अन्तर्गतको एउटा ठूलो टापु हो। सुमात्रा पूर्ण रूपमा इन्डोनेसियाको एकलौटी अधिनमा रहेका टापुहरू मध्ये (बोर्नियो तथा न्युगिनीभन्दा सानो भए पनि ती टापुहरू अन्य देशहरूसँग बाँडिएका छन्) सबैभन्दा ठूलो र विश्वभरमा छैटौँ ठूलो टापु हो। यसको क्षेत्रफल ४,७३,४८१ वर्ग किलोमिटर (सँगैका रियाउ र बाङ्का बेलितुङ टापु बाहेक) छ। सुमात्रा अण्डाकार छ र यो उत्तरपश्चिमदेखि दक्षिणपूर्वतिर छड्के परेर बसेको छ। यसको पश्चिम, उत्तरपश्चिम र दक्षिणपश्चिममा हिन्द महासागर रहेको छ भने महासागर पारि सिमेउलु, निआस र मेन्तावाई टापूहरू रहेका छन्। उत्तरपूर्वमा मलाक्का स्ट्रेट नामको साँघुरो पानीको भागले यो टापुलाई युरेसियाली भूखण्डमा रहेको माले प्रायद्विपसँग छुट्याएको छ। त्यस्तै दक्षिणपूर्वमा सुन्दा स्ट्रेट नामको अर्को साँघुरो पानीको भागले यसलाई जाभासँग छुट्याएको छ। सुमात्राको उत्तरी किनारा अन्डामान टापुसँग जोडिएको छ भने दक्षिणी किनारामा करिमाता स्ट्रेट नामको साँघुरो पानीको भाग तथा जाभा समुद्र र यसको को पारीपट्टि बाङ्का र बेलितुङ टापु रहेका छन्। ठुलो सङ्ख्यामा सकृय ज्वालामुखीहरू रहेको बुकित बरिसान पहाडलाई यस टापुको मेरुदण्डको रूपमा लिइन्छ। सुमात्राको उत्तरपूर्वमा ठूला समथर भूभागहरू, सिमसारयुक्त होचो जमिन, घना जङ्गल तथा जटिल नदीनालाहरूले भरिएको छ। यो टापुको बिचबाट पश्चिम सुमात्रा र रिआउ प्रदेश हुँदै भूमध्य रेखा जाने हुनाले यहाँको मौसम उष्ण, गर्मी र आर्द्र छ। सुमात्रामा धेरै प्रकारका वनस्पति तथा जीवजनावरहरू पाइन्छन्। कुनैबेला यहाँको भूभाग घना उष्ण प्रदेशीय वर्षा वनले (ट्रपिकल रेन फरेस्ट) ढाकेको थियो। तर बिगत ३५ वर्षमा यहाँको लगभग ५०% वन विनाश भैसकेको छ। स्थानीय रूपमा पाइने धेरै प्रजातिहरू अत्यन्तै जोखिममा परेका छन्। सुमात्रेली भुइँ कोइली, सुमात्रेली बाघ, सुमात्रेली हात्ती, सुमात्रेली गैंडा, सुमात्रेली ओराङ्उटान जस्ता जीव जनावरहरू लोपोन्मुख अवस्थामा पुगेका छन्। मानिसले जङ्गल मास्नका लागि लगाएको आगोबाट निस्केको धुवाँका कारण यसका छिमेकी देशमा समेत नकारात्मक असर पर्ने गरेको छ। सन् २०१३ भएको आगजनीका कारण निस्किएको धुवाँले मलेसिया तथा सिङ्गापुरमा समेत असर परेपछि यी दुई देशसँग इन्डोनेसियाको सम्बन्धमा तिक्तता आएको थियो।[१]

नामाकरण[सम्पादन गर्ने]

प्राचिनकालमा सुमात्राको पहाडी भूभागमा सुनको खानी भेटिने हुनाले यसलाई संस्कृत भाषामा स्वर्णद्वीप तथा स्वर्णभूमि नामले चिनिन्थ्यो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]