सूर्य नमस्कार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सूर्य नमस्कार योगको आसन हो । यसलाई आफैमा पूर्ण व्यायामको रूपमा लिगिन्छ । सूर्य नमस्कारको निरन्तर अभ्यासबाट मानसिक र शारिरीक रूपमा शान्त, पवित्र र स्वच्छ रहन धेरै नै सहयोग पुग्छ । यसलाई मानिसहरूले आफ्नो शारिरीक र मानसिक अवस्थालाई महशुष गरी सहजगताको साथ गर्नुपर्छ । यो त्यस्तो आसन हो । जसलाई बालक, जवान र वृद्ध सबैले गर्न सक्छन् । सूर्य नमस्कारको एक चरण बाह्र वटा आसनहरूबाट पूर्ण हुन्छ । यस क्रममा साधकहरूले बाह्र मंत्र सँगै उच्चारण गरेर पनि गर्न सक्छन् । किन कि सूर्य नमस्कारका बाह्र वटा मंत्र छन् ।