सेतो प्यागोडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फरविडन सिटी अर्थात दरबार सङ्ग्रहालय दरबार सङ्ग्रहालयको उत्तरपश्चिममा रहेको सेतो प्यागोडा नेपाल-चीन सम्बन्धको ऐतिहासिक प्रतीक बनेर उभिएको छ । सेतो प्यागोडालाई चीन सरकारले अत्यन्तै महत्त्व दिएर संरक्षण गरेर राखेको छ । यान वंशका सम्राट कुब्ला खाँको समयमा नेपाली कलाकार अरनिकोले सन् १२७९मा बनाएको भन्ने विश्वास गरिएको सो प्यागोडाले नेपाली कला संस्कृति चीनमा विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । इँटा र चुनढुङ्गा प्रयोग गरी बनाइएको सो प्यागोडा पटकपटक जीर्णोद्धार गरिँदै आएको छ । सन् १७२९मा आगलागी भएर सो प्यागोडाको महìवपूर्ण भाग नष्ट भएपछि पुनः नेपाली कलाकार लगेर जीर्णोद्धार गरिएको थियो । सास्कृतिक क्रान्ति ताका कैयौ संपदा एवं निधि भत्काउने क्रममा यो संपदा भने तत्कालिन प्रधानमन्त्रि चाउ एनलाईको प्रयासमा बचेको थियो|