सेप ब्लाटर
सेप ब्लाटर | |
|---|---|
सन् २०१५ मा ब्लाटर | |
| आठौँ [[फिफाको अध्यक्ष]] | |
| पदमा ८ जुन १९९८ – २१ डिसेम्बर २०१५ | |
| पूर्वाधिकारी | जोआँओ आभेलान |
| उतराधिकारी | इसा हायातु (कार्यवाहक) जान्नी इन्फान्तिनो |
| फिफाको महासचिव | |
| पदमा जुन १९८१ – ८ जुन १९९८ | |
| पूर्वाधिकारी | हेल्मुट केजर |
| उतराधिकारी | मिसेल जेन-रुफिनेन |
| व्यक्तिगत विवरण | |
| जन्म | जोसेफ ब्लाटर १० मार्च १९३६ विस्प, भालेस, स्विट्जरल्यान्ड |
| दम्पती(हरू) | लिलियन बिनर (सम्बन्ध विच्छेद) बारबरा केजर
( वि १९८१; मृत्यु १९९१)ग्राजिएला बियान्का
( वि २००२; सवि २००४) |
जीवनसङ्गी(हरू) | इलोना बोगुस्का (सन् १९९५–२००२) लिन्डा ब्यारास (२०१४–वर्तमान) |
| सन्तान | १ |
| मातृ शिक्षाप्रतिष्ठान | लोजान विश्वविद्यालय |
| हस्ताक्षर | |
जोसेफ सेप ब्लाटर (जन्म जोसेफ ब्लाटर, १० मार्च १९३६) एक स्विस पूर्व फुटबल प्रशासक हुन्, जसले सन् १९९८ देखि २०१५ सम्म फिफाको आठौँ अध्यक्षको रूपमा सेवा गरेका थिए। सन् २०१५ मा सार्वजनिक भएको फिफा भ्रष्टाचार काण्डका कारण उनीमाथि फिफाका गतिविधिहरूमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ, जुन सन् २०२७ सम्म कायम रहनेछ।
व्यवसाय, जनसम्पर्क र खेलकुद प्रशासनको पृष्ठभूमिबाट आएका ब्लाटर सन् १९८१ मा फिफाको महासचिव बनेका थिए। त्यसपछि सन् १९७४ देखि संस्थाको नेतृत्व गरिरहेका जोआँओ आभेलानलाई विस्थापित गर्दै उनी ८ जुन १९९८ मा भएको ५१औँ फिफा काङ्ग्रेसमा अध्यक्ष निर्वाचित भएका थिए। ब्लाटर सन् २००२, सन् २००७, सन् २०११ र सन् २०१५ मा पुनः निर्वाचित भएका थिए। आफ्ना पूर्ववर्ती आभेलान जस्तै, ब्लाटरले विभिन्न फिफा प्रतियोगिताहरूमा सहभागी टोलीहरूको सङ्ख्या बढाएर विश्व फुटबलमा धेरै अफ्रिकी र एसियाली देशहरूको प्रभाव विस्तार गर्दै फिफामा आफ्नो शक्ति बलियो बनाएका थिए, जसको चरमोत्कर्ष अत्यन्तै विवादास्पद रूपमा कतारलाई २०२२ को विश्वकप आयोजनाको अधिकार सुम्पिनु थियो। भ्रष्टाचार र वित्तीय कुप्रबन्धनका दाबीहरूले उनलाई निरन्तर पछ्याए तापनि, ब्लाटरको कार्यकालमा फिफा विश्वकपद्वारा सिर्जित राजस्वमा ठुलो वृद्धि भएको थियो।
२७ मे २०१५ मा संयुक्त राज्य अमेरिकाको सरकारले घुसखोरी र सम्पत्ति शुद्धीकरणको अभियोगमा फिफाका कयौँ वर्तमान र पूर्व अधिकारीहरू तथा खेलकुद मार्केटिङ कम्पनीहरू विरुद्ध मुद्दा दायर गरेको छ दिनपछि,[१] २ जुन २०१५ मा ब्लाटरले फिफाको नयाँ अध्यक्ष चयनका लागि निर्वाचन आह्वान गर्ने र आफू सो निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए। तर आफ्नो उत्तराधिकारी निर्वाचित नभएसम्म फिफाको विशेष काङ्ग्रेस आयोजना नहुन्जेल उनी आफ्नो पदमा कायम रहने कुरा पनि उनले बताएका थिए।[२] २५ सेप्टेम्बर २०१५ मा स्विट्जरल्यान्डको महान्यायाधिवक्ताको कार्यालयले ब्लाटर विरुद्ध "आपराधिक कुप्रबन्धन... र दुरुपयोग" को आरोपमा आपराधिक कारबाही सुरु गरिएको घोषणा गरेको थियो।[३][४]
अक्टोबर २०१५ मा, अनुसन्धानको क्रममा ब्लाटर र अन्य शीर्ष फिफा अधिकारीहरूलाई निलम्बन गरिएको थियो,[५] र डिसेम्बरमा स्वतन्त्र फिफा नैतिक समितिले ब्लाटरलाई पदबाट बर्खास्त गर्दै आगामी आठ वर्षका लागि कुनै पनि फिफा गतिविधिमा भाग लिन प्रतिबन्ध लगाएको थियो।[६] २४ फेब्रुअरी २०१६ मा, फिफाको एक अपिल समितिले निलम्बनलाई सदर गरे तापनि प्रतिबन्धको अवधि आठ वर्षबाट घटाएर छ वर्ष बनाएको थियो।[७] २४ मार्च २०२१ मा, ठुलो मात्रामा बोनस भुक्तानीको अनुसन्धान पछि नैतिक समितिले उनीमाथि थप छ वर्षको प्रतिबन्ध र १०,००,००० स्विस फ्र्याङ्क जरिवाना तोकेको थियो।[८] फेब्रुअरी २०१६ को अन्त्यमा विशेष फिफा काङ्ग्रेस आयोजना भई फिफाको ९औँ अध्यक्षको रूपमा जान्नी इन्फान्तिनो निर्वाचित नहुन्जेलसम्म इसा हायातुले फिफाको कार्यवाहक अध्यक्षको रूपमा सेवा गरेका थिए।[९]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ Clifford, Stephanie; Apuzzo, Matt (२७ मे २०१५), "After Indicting 14 Soccer Officials, U.S. Vows to End Graft in FIFA", The New York Times, मूलबाट २७ मे २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २०१५।
- ↑ "FIFA President to lay down his mandate at extraordinary elective Congress", FIFA, २ जुन २०१५, मूलबाट २ जुन २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २०१५। अभिलेखिकरण २ जुन २०१५ वेब्याक मेसिन
- ↑ "Criminal proceedings against the President of FIFA", Office of the Attorney General of Switzerland, २५ सेप्टेम्बर २०१५, मूलबाट २८ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ सेप्टेम्बर २०१५।
- ↑ "Fifa: Sepp Blatter faces criminal investigation", BBC News Online, २५ सेप्टेम्बर २०१५, मूलबाट २५ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ सेप्टेम्बर २०१५।
- ↑ "FIFA President Sepp Blatter and Other Top Officials Suspended", The New York Times, ८ अक्टोबर २०१५, मूलबाट ११ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अक्टोबर २०१५।
- ↑ Evans, Simon (२१ डिसेम्बर २०१५), "Blatter and Platini banned by FIFA for eight years", Reuters, मूलबाट २१ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २०१५।
- ↑ "Sepp Blatter & Michel Platini lose Fifa appeals but bans reduced", BBC Sport, २४ फेब्रुअरी २०१६, मूलबाट ९ मे २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ फेब्रुअरी २०१६।
- ↑ "Adjudicatory chamber of the independent Ethics Committee sanctions Mr Joseph S. Blatter and Mr Jérôme Valcke", FIFA, २४ मार्च २०२१, मूलबाट ३१ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अप्रिल २०२१।
- ↑ "Gianni Infantino elected FIFA President" (प्रेस विज्ञप्ति), FIFA, २६ फेब्रुअरी २०१६, मूलबाट २७ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ फेब्रुअरी २०१६। अभिलेखिकरण २७ फेब्रुअरी २०१६ वेब्याक मेसिन
बाह्य कडीहरू
[सम्पादन]- फिफाको आधिकारिक वेबसाइटमा फिफा अध्यक्षको पृष्ठ (अभिलेख गरिएको)