सेल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



गोलो रिङ जस्तो नेपाली रोटि

सामग्री

मसिनो गरी पिसेको चामलको

पीठो ः १ किलो

खस्रो चामलको पीठो ः २ पाउ

मैदा ः डेढ पाउ

चिनी ः २ पाउ

पानी ः आवश्यकताअनुशार

अलैंची पिसेको ः २० ग्राम

घिउ आवश्यकताअनुसार

विधि

एउटा गहिरो भाँडामा चामलको पीठो, मैदा, चिनी तथा अलैंचीको धूलो मिसाउने र त्यसमा पानी हाली मुछ्ने। त्यसपछि आधा घन्टा त्यत्तिकै छोड्ने। एउटा ताई - सेल पकाउने भाँडा)मा सेल डुब्ने गरी घिउ तताउने। घिउ तातेपछि एक डाडुजति मुछेको पीठोमा हालेेर चलाउने। त्यसपछि सेलको आकारमा सोली वा कुनै वस्तुको सहायताले घिउमा हाली पकाउने। दुवै साइडमा पल्टाई पकाएर खैरो भएपछि निकाल्ने। वास्तवमा सेल चामलको पीठो मात्र बनाइन्छ ।