सेल्भादोर दाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सेल्भादोर दाली (११ मे १९०४ – २३ जनवरी १९८९) एक स्पेनी चित्रकार थिए जो आफ्ना चित्रहरूमा प्रयोग गर्ने असामान्य छविहरूका कारण विश्वप्रसिद्ध बने। उनको जन्म फिगुरेस, क्याटालोनिया, स्पेनमा भएको थियो। उनी अतियथार्थवादी कला (सर्रियालिज्म)को प्रमुख व्यक्तित्व थिए। उनका चर्चित चित्रकलाहरूको कुरा गर्दा "द पर्सिस्टेन्स अफ मेमोरी" (१९३१) पहिलो स्थानमा आउँछ जसलाई न्युयोर्कको एउटा सङ्ग्रहालयमा राखिएको छ।

दालीको निधन मुटुको रोगका कारण भएको थियो।