स्पटलाइट प्रभाव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्पटलाइट प्रभाव एक यस्तो प्रवृति हो जसमा मानिस आफुलाई अन्य मानिसहरूले वास्तविक रूपमा जति अवलोकन गरिरहेका हुन्छन् त्यो भन्दा बढी अवलोकित भइरहेको छु भन्ने ठान्‍छ। यो प्रभावको कारणले मानिस आफुलाई संसारको केन्द्रमा भएको महसुस गर्छ। यो प्रभावको उत्पत्ति मानिस आफ्नो संसारमा जति महत्वपूर्ण छ त्यति नै महत्वपूर्ण अरूको संसारमा पनि छ भनेर सोच्‍ने प्रवृतिबाट भएको हो भनेर परिकल्पना गरिएको छ। यो प्रभाव अस्वभाविक व्यवहार गर्दा अझ बढी प्रस्तुत हुन्छ।[१]

धेरै जसो सामाजिक मनोविज्ञानविद्हरूले स्पटलाइट प्रभावबारे अवगत भई आफ्नो दिनचर्यामा यो प्रभावको असर घटाउन सल्लाह दिन्छन्।[२]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Denton-Mendoza, R. (२०१२-०६-०५), "The Spotlight Effect", Psychology Today (en-USमा), अन्तिम पहुँच २०२०-०१-१५ 
  2. Gordon, A. M. (२०१३-११-२१), "Have You Fallen Prey to the "Spotlight Effect?"", Psychology Today (en-USमा), अन्तिम पहुँच २०२०-०१-१५