स्वाइन फ्लू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परिचय[सम्पादन गर्नुहोस्]

स्वाइन फ्लू एक खतरनाक भाइरस हो जुन सुँगुरको कारण फैलिने गर्दछ। सबैभन्दा यसको संक्रमण मेक्सिकोको वेराक्रूज ईलाकाको सुगुँर फार्ममा सबैभन्दा पहिले देखिएको थियो। यस लाई कतै-कतै सुँगुर ज्वरो पनि भन्ने गरीन्छ र यो रोग फैलाउन मुख्यतया ४ प्रकारका भाइरसहरु जिम्मेबार हुन्छन।

  • H1N1
  • H1N2
  • H3N2 र
  • H3N1

जस मध्ये अहिले H1N1 जुन सबैभन्दा खतरनाक भाइरस हो त्यसैको संक्रमण संसारका करिब दुई सय देशहरूमा देखिईसकेको छ। प्रयोगशालामा गरिएको परीक्षणहरूबाट यो रोगको भाइरसको जीन उत्तरी अमेरिकाका सुंगुरमा पाइने जीनजस्तो भएको पत्ता लागेको थियो। जसका कारण यसलाई स्वाइन फ्लू भन्न थालिएको हो।

बच्ने उपाय[सम्पादन गर्नुहोस्]

यदी शुरुवाती दिनहरूमा नै यस रोगको पहिचान हुन सकेमा यस रोगको उपचार केही हद सम्म सम्भव छ। यदी नेपालमा यसको संक्रमण भेटिएमा नेपाल सरकारले काठमाडौमा यसको उपचारका लागि विशेष प्रबन्ध गरेको छ। यसबाट बच्ने सर्वोत्तम उपाय भनेको संक्रमितहरूको सम्पर्कबाट बच्नु र सफा-सुग्गर रहनु नै हो। सार्वजनिक स्थानहरूमा जाँदा रोग प्रतिरोधक स्तरिय मास्क प्रयोग गर्नु खोक्दा, हाच्छिउँ गर्दा रुमालले मुख छोप्नु र साबुन पानीले हातमुख धुनु नै प्रमुख केही उपायहरु हुन किनकी फोहोरबाट भाईरस छिटै फैलिन सक्छ ।

लक्षणहरु[सम्पादन गर्नुहोस्]

नाकको समस्या
रुघा खोकी
भोक नलाग्ने
इच्छाशक्ती नभएको बानी
शिथिल
सामान्य ज्वरो(१०० F वा सो भन्दा माथि)
टाउकोको दुखाई
केही रोगीहरूमा त घाटी दुख्ने,जिउ चिलाउनु,टाउको दुख्नु,वाकवाक लाग्नु अनि झाडापखाला जस्ता लक्षणहरु देखिन्छ यसको लक्षण सामान्य रुघा खोकी सँग मिल्दो जुल्दो हुन्छ तर रगतको परीक्षण बाटमात्र यो पत्ता लगाउन सकिन्छ। स्वाइन फ्लु भए ज्वरो आउने, घाँटी दुख्ने, जीउ दुख्ने, थकाइ लाग्नेजस्ता लक्षण देखिन्छ । सास लिन कठिनाइ, वान्ता, झाडापखाला समेत हुन सक्छ

कसरी फैलन्छ स्वाइन फ्लू[सम्पादन गर्नुहोस्]

सर्वप्रथम त सुँगुर को सम्पर्कमा नियमित रहिरहने मानिसहरूमा सुँगुरबाट यो भाईरस सर्ने गर्दछ। त्यस पछि स्वाइन फ्लू प्रभावित व्यक्तीहरूको सम्पर्कमा आउँदा हावाबाट सर्ने गर्दछ । स्वाइनफ्लुको विषाणु सामान्य रुघाखोकीजस्तै फैलिन्छ । रोगीले कुरा गर्दा, खोक्दा वा हाँच्छिउ गर्दा विषाणु युक्त स-साना पानीको नदेखिने कण वातावरणमा फैलिन्छ । यस बाहेक घर वा सार्वजनिक स्थानमा दिनहुँ उपयोगमा आउने वस्तुमा समेत विषाणु हुन सक्छन् । ढोकाको हेन्डिल, टी.भी.को रिमोट कन्ट्रोल, हात राखेर हिँडने रेलिङ, बसको गेटमा भएको हेन्डिल, कम्प्युटरको कि-बोर्ड, आदि सतहमा विषाणु घन्टौं जीवित रहन सक्छन् ।

सावधानी[सम्पादन गर्नुहोस्]

धेरै मानिसको भिँडभाड नबस्ने । रुघाखोकीलागेको मान्छेसँग टाढै बस्ने ।हात नमिलाउने अंगालो नमार्ने । संक्रमित क्षेत्र नजाने जानुपर्दा उच्च सतर्कता अपनाउने । मुखमा मास्क लगाएर हिंड्ने । साबुन पानीले हात धुने । स्वाईन फ्लुको सम्भाबित संक्रमण भएको ब्याक्ती लाई छिटो भन्दा छिटो नजिकैको अस्पताल वा स्वास्थ्य चौकिमा पुर्याउने ।

उपचार[सम्पादन गर्नुहोस्]

उपचारलाइ स्वास्थ्य केन्द्र जाने ा