सामग्रीमा जानुहोस्

स्वागता छन्द

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्वागता छन्द परिचय

[सम्पादन गर्नुहोस्]

पूर्वीय साहित्यका सन्दर्भमा एक सुमधुर स्वर र भावमय लयात्मक व्यवस्था रहेकाे वर्णमात्रिक छन्दका रुपमा स्वागता छन्दलार्इ लिन सकिन्छ । यसमा क्रमशः रगण नगण भगण र अन्तिममा दुर्इ गुरु रहेका हुन्छन् । हरेक हरफकाे सात अक्षरमा छाेटाे विश्राम र अन्तिम अक्षरमा पूर्ण विश्राम हुन्छ । मुख्यतया याे छन्द वीर र करुण रसमा उपयुत्त देखिन्छ । हरेक छन्दमा अनुसार यसमा पनि ४ पाउकाे १ श्लाेक र १ पाउमा ११ अक्षर हुन्छन् । यसमा S को अभिप्राय दीर्घ अक्षर र । अभिप्राय को ह्रस्व अक्षर हुन्छ यहाँ S र । गरेर ११ वटा अक्षर छन जसमा ह्रस्व र दीर्घको क्रममा तल प्रस्टसँग बुझाउने प्रयास गरिएको छ।

गण गु गु
मात्रा SIS III SII S S

उदाहरणः

जाग जाग अब जाग न जाग

लाग उन्नतिबिषे अब लाग

घाेर नीद अब ता परित्याग

भाे भयाे अति सुत्याै अब जाग । -धरणीधर काेइराला

स्राेतः देवी नेपाल (छन्द पराग)

[]

  1.   |title= रितो (सहायता)