हिस्टेरिया
हिस्टेरिया मानसिक क्षेत्रका तन्तुहरूमा अस्थायि रूपले बिकृति उत्पन्न भएर सम्वेदनात्मक क्षेत्रबाट प्रत्यक्ष सम्पर्क टुट्ने वा उल्टो प्रभाव पर्न गई मानिस असन्तुलित हुने वा अत्यधिक समवेदना उत्पन हुने रोगलाई हो ।
हिस्टेरिया मनोवैज्ञानिक अवस्था हो । बिरामीले अभूतपूर्व मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । कुनै इन्फेक्सनमा ज्वरो आउनु जस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो ।
हिस्टेरियाका लक्षणहरु
[सम्पादन गर्नुहोस्]हिस्टेरियाका लक्षणहरू संस्कृति, धर्म, रीतिरिवाज, सामाजिक अवस्था, व्यक्तिगत मनोदशाले प्रभाव पारेको हुन सक्छ । त्यसैले यसका लक्षणहरु विभिन्न जातजाति, समुदाय र धर्मावलम्बीहरू बीच फरक हुन सक्छन् । प्राय गरेर यी लक्षण देखापर्छन ।
- मुर्छा पर्ने,
- बिर्सिर्ने,
- एक्लै बस्न रूचाउने,
- रुने,
- कराउने,
- काम्ने,
- फिँज काढ्ने,
- उत्तेजित हुने,
- बर्बराउने ।
हिस्टेरिया हुनुका कारणहरू
[सम्पादन गर्नुहोस्]समाजमा हिस्टेरिया र यौन असन्तुष्टिलाई चाहिने भन्दा बढी महत्त्व दिएको पाइन्छ । हिस्टेरिया हुनुका विभिन्न कारणहरु हुनसक्छन जस्तै, - कुनै दुर्घटना, - बालबालिकाहरूको यौनशोषण, - हिंसात्मक घटना, यस किसिमको घटना लाई अभिभावक वा अन्य अरू सँग परामर्स गर्न नसक्दा यो रोग लाग्ने सम्भावना बढी हुन्छ । यस्तो मनोअवस्थाबाट गुज्रिरहेका व्यक्तिले आफूमाथि आइपरेका समस्याहरु कसैलाई नभन्ने र लुकाउने गर्छन् । मनोचिकित्सकहरूले पनि एकै पटकमा सबै यथार्थ थाहा नपाउन सक्छन् । मनोविशेषज्ञहरूले विभिन्न प्राविधिक उपायहरु पनि अवलम्बन गरेर व्यक्तिको मनोदशा पत्ता लगाउने प्रयास गर्छन । यसबाट के देखिन्छ भने हिस्टेरिया कुनै एउटा कारणले मात्र नभई विभिन्न मिश्रित मनोवैज्ञानिक कारणले हुन सक्छ ।
समाज
[सम्पादन गर्नुहोस्]हिस्टेरिया शब्द लाई आजकल मनोरोग विशेषज्ञहरूले त्यति प्रयोगमा ल्याउँदैनन् । हाम्रो समाजमा व्याप्त हिस्टेरिया शब्दलाई यौनसमस्या सँग जोड्ने गलत प्रवृत्ति छ । यसकारण यसलाई होसियारीपूर्वक प्रयोग गर्नुपर्छ । अझ यसमा पनि पुरूष भन्दा महिला धेरै पीडामा परेको पाइन्छ । यस रोगका बारेमा पूर्णा ज्ञान नहुनु र अल्पज्ञानको धारमा कसैको मनोदशा ब्याख्या गर्ने प्रवृत्तिले बिरामीलाई रोग लुकाउन बाध्य पारेको छ ।
अन्धविश्वास
[सम्पादन गर्नुहोस्]देउता लागेको, विभिन्न देवदवताको स्राप लागेको अथवा भूतप्रेतहरू माथि को अन्धविश्वासले गर्दा यो रोग लागेको भनेर अन्धविश्वास गर्नाले रोगको उचित उपचार पर्न गाह्रो भएको छ । विरामीले उचित परामर्श पाउँदैन र रोगले अझै विकराल रूप लिन्छ ।
यो रोगको यौन सँग सम्बन्ध देखाएर बिरामीलाई उपेक्षा गर्ने परिपाटी पनि छ । बिरामीले संरक्षण अवाभमा आफै पनि यस्तो रोग लुकाउने गर्छन् ।
कुरीति, अशिक्षा, चेतनाको कमी, उचित परामर्शको पहुँच जस्ता कुराले हाम्रो जस्तो देशमा हिस्टेरियाको उपचारमा ढिलाइ हुने गरेको छ ।
उपचार
[सम्पादन गर्नुहोस्]कुनै व्यक्तिलाई यो रोगको लक्षण देखापर्यो भने उसका नजिकका व्यक्तिहरूको ठूलो भूमिका हुन्छ । अफन्तजनहरूले अत्यन्त संयमित भएर हौसला प्रदान गर्नुपर्छ । समाजले के भन्छ यसको पछि नलागेर, समयमै विशेषज्ञको सल्लाह र सहमतिमा उपचार सुरु गर्नुपर्छ । यसका बारेमा भ्रमको पछि नलागेर बिरामीलाई निकोभइ पुन पहिलेकै सामाजिक स्थान दिनुपर्छ । यी र यस्ता रोगहरूको समाजमा खुलेर सहि सूचना प्रवाह गर्नुपर्छ ।