ह्यारोड र डोमार मोडेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Harrod-Domar Growth Model[सम्पादन गर्नुहोस्]

केन्सले आय र रोजगार सन्तुलनका लागि लगानी र बचत बराबर हुनु पर्छ भन्ने सिद्धान्त प्रतिपािदन गरे । तर निरन्तर सन्तुलनका लागि सिद्धान्तका प्रयास सुरु भए । यस सम्बन्धमा सबभन्दा पहिला योगदान ह्यारोडले गरे । उनले लगानी र बचतको निरन्तर सन्तुलनका लागि आयमा वृद्धि दर कति हुनु पर्छ सो कुरालाई सिद्ध गर्ने प्रयास गरे । त्यसको लगभग दस वर्ष पछि डोमारले मोडेल प्रसतुत गरे । डोमारको सिद्धान्त बढी गणितीय छ । तर दुवै सिद्धान्तको निष्कर्ष एउटै छ । दुवै सिद्धान्त केन्सीयन मोडेलको गतिशील विश्लेषण हो । त्यसैले केन्सको सिद्धान्तका सबै मान्यताहरु लागु हुन्छन् ।

डोमार मोडेल[सम्पादन गर्नुहोस्]

डोमार मोडेलमा प्रयुक्त संकेतहरु राष्ट्रिय आय-Y उपभोग-C लगानी-I पूँजी-K बचत S=sY सीमान्त बचत प्रवृत्ति s = (1-MPC) गुणक = 1/(1-MPC)=1/s उत्पादन पूँजी अनुपात=Y/K राष्ट्रिय आय वृद्धि △Y/Y उत्पादनमा हुने सम्भाव्य वृद्धि शुद्ध लगानी र उत्पादन पूँजी अनुपातको बराबर हुन्छ △Y=I. σ ... (1) उत्पादित वस्तु सबै बिक्री हुनका लागि त्यसको माग पक्ष महत्त्वपूर्ण हुन्छ । वस्तुको माग गुणकको आधारमा निर्धारित हुन्छ । △Y=△I. गुणक =△I.{1/(1-MPC)}= △I.{1/s} … (2) रोजगारमा निरन्तर सन्तुलित वृद्धिका लागि उत्पादनमा सम्भाव्य वृद्धि मागमा वृद्धि बराबर हुनु पर्छ Iσ = △I. 1/s or △I/I= sσ… (3) लगानी वृद्धिको यस सन्तुलन दरमा राष्ट्रिय आय वृद्धिको दर कति हुनु पर्छ ? यसलाई निम्न्लिखित प्रकार प्राप्त गरिन्छ । सन्तुलनमा I=S

त्यसैले S=sY=I …(4)

समीकरण एक बाट △Y= Iσ

△Y= sYσ

अथवा △Y/Y= △I/I= sσ

अथवा dY/dI = sσ

अर्थात् सन्तुलन आर्थिक वृद्धिको दर सीमान्त बचत प्रवृत्ति र उत्पादन पूँजी अनुपातको गुणनफल बराबर हुनु पर्छ ।

यसभन्दा कम वा बढी आर्थिक वृद्धि दर कायम हुनु पर्छ ।

यदि सीमान्त बचत प्रवृत्ति ०.२ र उत्पादन पूँजी अनुपात ०.३ भए सन्तुलित आर्थिक वृद्धिको दर ०.२ ०.३ अर्थात् ०.०६ वा छ प्रतिशत हुनु पर्छ ।

ह्यारोड मोडेल[सम्पादन गर्नुहोस्]

ह्याोडलेतीन प्रकारको वृद्धि दर उल्लेख गरेका छन् ।

१. वास्तविक वृद्धि दर

२. आवश्यक वृद्धि दर

३. प्राकृतिक वृद्धि दर

१. वास्तविक वृद्धि दर[सम्पादन गर्नुहोस्]

देशमा वास्तवमा जे जति आर्थिक वृद्धि छ ,त्यसलाई वास्तविक वृद्धि दर भनिएको छ । यस अनुसार आर्थिक वृद्धि दर र पूँजी उत्पादन अनुपातको गुणनफल बचत आय अनुपात बराबर हुन्छ ।

GC = s… (1)

G आयमा वृद्धि दर △Y/Y,

C पूँजी उत्पादन अनुपात I/△Y,

s भनेको बचत आय अनुपात S/Y

यी मानहरु राख्दा

△Y/Y][ I/△Y] = S/Y

or, I=S यो केन्सीयन सन्तुलन हो ।

२. आवश्यक वृद्धि दर[सम्पादन गर्नुहोस्]

आवश्यक वृद्धि दर भनेको त्यो दर हो जुन आर्थिक वृद्धि दरमा उद्यमीहरु सन्तुष्ट रहन्छन् किनभनेa उनीहरुले पूर्ण क्षमतामा उत्पादन र बिक्री गर्न पाउँछन् ।

यस अनुसार Gw.Cr = s or Gw = s/Cr… (1)

or, Gw = s/Cr

Gw आवश्यक वृद्धि दर,

Cr, Gw लाई आवश्यक पूजीगत आवश्यकता (पूँजी उत्पादन अनुपात),

s सीमान्त बचत प्रवृत्ति पूर्ण रोजगारका लागि वास्तविक वृद्धि दर र आवश्यक वृद्धि दर दुवै बराबर हुनु पर्छ,

G = Gw

३. प्राकृतिक वृद्धि दर[सम्पादन गर्नुहोस्]

वृद्धिको त्यो सामान्य दर हो जसमा पूर्ण रोजगार प्राप्त भइरहन्छ । यसको समीकरण निम्न्लिखित छ

Gn.Cr = s or Gw.Cr ≠ s … (3)

अर्थात् प्राकृतिक वृद्धि दर पूँजी अनुपात बचत दरका बराबर हुन पनि सकछ र नहुन पनि सकछ ।

पूर्ण रोजगार सन्तुलनका लागि G=Gw यस सन्तुलनलाई छुरी धार सन्तुलन भनिएको छ ।

यदि G>Gw दीर्घकालीन मन्दी हुन्छ ।

यदि G<Gw दीर्घकालीन स्फीति हुन्छ ।