सामग्रीमा जानुहोस्

८४औँ एकेडेमी पुरस्कार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सको आयोजनामा सन् २०१२ फेब्रुअरी २६मा अमेरिकाको लस एञल्स स्थित हलिउड हाईल्याण्ड सेन्टरमा भएको समारोहमा फिल्म का २४ विधामा पुरस्कार वितरण गरियो। कार्यक्रमको सञ्चालन विल्ली क्रिस्टल र निर्माता ब्रायन ग्राजरले गरेका थिए। क्रिस्टलले नवौँ पटक समारोह सञ्चालन गरेर इतिहास रचेका छन्। एडि मर्फि द्वारा सञ्चालन गरिने तय भएको सो कार्यक्रम अन्तिम समयमा हेरफेर भएको थियो।

थोमस लेगम्यानको 'दि आर्टिस्ट' चलचित्रमा जर्ज भ्यालेन्टिनको भूमिका निर्वाह गरेका जिन दुजर्दिन उत्कृष्ट अभिनेता घोषित भए। चलचित्र 'दि आइरन लेडी'मा बेलायतकी प्रधानमन्त्री मार्गारेट थ्याचरको भूमिकामा देखिएकी मेरिल स्ट्रीप उत्कृष्ट अभिनेत्री बन्न सफल भइन्। 'दि आर्टिस्ट' का फ्रान्सेली निर्देशक मिचेल हाजानाभिक्सिअस उत्कृष्ट निर्देशक बन्न सफल भए। 'दि आर्टिस्ट' का साथै चलचित्र 'हृयुगो'ले पनि पाँच विधामा अवार्ड जित्यो भने 'आइरन लेडी'ले दुई विधामा आफूलाई सफल प्रमाणित गर्‍यो। २४ विधाका लागि प्रतिस्पर्धामा रहेका चलचित्रको नाम जनवरी २४मा नै घोषणा गरिएको थियो।आवाजविहीन चलचित्र 'दि आर्टिस्ट'ले बोलिने अन्य चलचित्रलाई पछि पार्दै उत्कृष्ठ चलचित्रसहित पाँच विधामा बाजी मार्न सफल भयो। आवाजविहीन चलचित्र उत्कृष्ठ घोषणा भएको यो दोस्रो पटक हो। यसअघि सन् १९२९मा भएको पहिलो एकेडेमी अवार्डमा आवाजविहीन चलचित्र 'विंग्स' उत्कृष्ट बन्न सफल भएको थियो।विदेशी भाषाको चलचित्रका लागि बेल्जियम, पोल्यान्ड, इजरायल , क्यानाडा र ईरान का चलचित्र बीच प्रतिस्पर्धा भएकोको थियो। यसमा इरानको चलचित्र "अ सेपरेसन" लाई उपाधि प्रदान गरियो।

निर्देशक : मिसेल हाजानाभिक्सिअस -दि आर्टिस्ट
अभिनेता : जिन दुजर्दिन -दि आर्टिस्ट
अभिनेत्री : मेरिल स्ट्रीप -द आइरन लेडी
सह अभिनेता : क्रिस्टोफर प्लम्बर -बिगनर्स
सह अभिनेत्री : अक्टाभिया स्पेन्सर -दि हेल्प
विदेशी भाषाको चलचित्र : अ सेपरेसन -इरान- असगर फरादी
ब्रेट मेकेञी, गीतकार

ओस्कार विजेताहरू

[सम्पादन गर्नुहोस्]

चलचित्र : दि आर्टिस्ट

निर्देशक : मिसेल हाजानाभिक्सिअस -दि आर्टिस्ट

अभिनेता : जिन दुजर्दिन -दि आर्टिस्ट

अभिनेत्री : मेरिल स्ट्रीप -द आइरन लेडी

सह अभिनेता : क्रिस्टोफर प्लम्बर -बिगनर्स

सह अभिनेत्री : अक्टाभिया स्पेन्सर -दि हेल्प

विदेशी भाषाको चलचित्र : अ सेपरेसन -इरान- असगर फरादी

ओरजिनल स्त्रिmन प्ले : मिडनाइट इन पेरिस -उडी एलन

एडप्टेड स्त्रिmन प्ले : दि डिसेन्डेन्टस् -अलेक्जेन्डर पायने, नेट ˆयासोन र जिम रेस

एनिमेटेड फिचर : रंगो -गोर भरविन्सकी

डकुमेन्ट्री फिचर : अनडिफिटेड-टिजे मार्टिन, डन लिन्डसे र रिचार्ड मिडलमास

डकुमेन्ट्री (छोटो बृतचित्र) :सेभिङ फेस -सर्मिन ओवेड चिनोय र डेनियल जंग्ज

लाईभ एक्सन (छोटो चलचित्र) :दि सोर -टेरी जर्ज र ओरलाग जर्ज

एनिमेटेड (छोटो विषयतर्फ) : दि फेन्टास्टिक ˆलाईङ बुक्स अफ मिसेज मोरिस लेसमोर -विलियम जोयसी ब्रान्डन ओल्डनवर्ग

ओरजिनल स्कोर : दि आर्टिस्ट -लुडोभिक वर्स

ओरजिनल गीत : म्यान अर मपेट -चलचित्र 'दि मपेस्ट बि्रट म्याकेन्जी'

ध्वनि सम्पादन : हृयुगो -फिलिप स्टकटन र इयुजेन गि्रटी

ध्वनि सम्पादन -मिक्सिङ : हृयूगो -टम ˆलाक्सिचम्यान र जोन मिडग्ले

कला निर्देशन : हृयुगो -दाते फेरिट्टि र फ्रान्सेसा लो सिहियो

छायाङ्कन : ह्युगो -रोर्वट रिचाडर्सन

शृङ्गार : दि आइरन लेडी -मार्क कोलियर र जेरोहेलेन्ड

पहिरन : दि आर्टिस्ट -मार्क बिज्रेज

सम्पादन : दि गर्ल विद दि ड्रेगन टाटु -एंगस वाल र र्किक बाक्सटर

भिजुअल इफेक्ट्स :हृयुगो -रव लेगाटो, जोस विलियम्स, वेन ग्रसम्यान र एलेक्स हेनिन

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]