केन्द्रीय बैङ्क
केन्द्रीय बैङ्क कुनैपनि मुलुकको सर्वोच्च बैङ्क हो, जसले मुलुकको मौद्रिक तथा आर्थिक विकासमा उल्लेखनीय भूमिका निर्वाह गर्दछ। मुलुकको मुद्रा तथा मौद्रिक नीति तर्जुमा गर्ने, विदेशी विनिमय नीति तर्जुमा गर्ने, अन्य बैङ्क तथा वित्तीय संस्थाको नियमन, निरीक्षण तथा सुपरिवेक्षण गर्ने एक मात्र सर्वोच्च बैङ्क केन्द्रीय बैङ्क हो। जुन सरकारद्वारा स्थापित भई स्वायक्त, स्वशासित र संगठित रूपमा सञ्चालित हुन्छ।
इतिहास
[सम्पादन गर्नुहोस्]२०औँ शताब्दीको सुरुवात हुनुपुर्ब सम्म विश्वमा केन्द्रीय बैङ्कका कार्यहरू स्पष्ट रूपमा परिभाषित भइसकेका थिएनन्। वास्तवमा केन्द्रीय बैङ्कको भूमिका योजनाबद्द र सुविचारित ढङ्गले परिभाषित र विकास भएको पनि होइन। आबश्यकता र अनुभवको आधारमा केन्द्रीय बैङ्कको अवधारणाले क्रमिक रूपमा आकार ग्रहण गर्दै गएको देखिन्छ। नोट निस्कासन गर्ने र सरकारी कारोबार गर्ने एकलौटी अधिकार पाएका वाणिज्य बैङ्कहरू नै पछि गएर केन्द्रीय बैङ्कको रूपमा रुपान्तरित हुन पुगेको देखिन्छ। त्यस बखत त्यस्ता बैङ्कहरू लाई केन्द्रीय बैङ्क नभनि नोट जारी गर्दा जमानत राख्नुपर्ने र माग भएका बखत त्यस्ता नोटहरूको भुक्तानी सुन चाँदी या दुबैको रूपमा दिने सरकारले जारी गरेका निर्देशनहरू पालना गर्ने कार्य ती बैङ्कहरूले गर्ने गर्दथे। सरकारले ती बैङ्कहरूलाई आवश्यकता बमोजिम अरु यस्तै प्रकृतिका जिम्मेवारीहरू थप्दै गए। अन्ततागत्वा त्यस्ता बैङ्कहरू केन्द्रीय बैङ्कको रूपमा स्थापित हुँदै गए र केन्द्रीय बैङ्कले गर्ने कार्यहरू पनि स्तरीकरण हुँदै गयो।
स्विडेनको बैङ्क अफ स्विडेन विश्वमा सबैभन्दा पहिले स्थापित केन्द्रीय बैङ्क भएता पनि बेलायतको बैङ्क अफ इङ्ल्यान्डलाई नै विश्वको सबैभन्दा पहिलो केन्द्रीय बैङ्कको रूपमा लिईन्छ। बैङ्क अफ इङ्ल्यान्ड सर्बसाधारण जनतालाई शेयर बिक्री गरी सन् १६९५ मा स्थापना गरिएको थियो। सरकारलाई आवश्यकता पर्दा रीण दिनुपर्ने सर्तमा सरकारले त्यस बैङ्कलाई नोट जारी गर्ने अधिकार दिएको थियो। सन् १८३३ मा पारीत ऐनले उक्त बैङ्कले जारी गरेको नोटलाई मात्र मान्यता दिने ब्यबस्था गरेपछि बेलायतको केन्द्रीय बैङ्क हुन पुग्यो।
स्विडेनको रिस्क बैङ्क अफ स्विडेन सन् १६५६ मा स्थापना गरिएको भएतापनि नोट छाप्ने अधिकार भने यो बैङ्कले सन् १८९७ मा मात्र पाएको थियो। त्यसै गरी बैङ्क अफ फ्रान्स सन् १८०० मा स्थापित भएको थियो पछि गएर नेपोलियन बोनापार्ट ले यो बैङ्कलाई केन्द्रीय बैङ्कको रूपमा पूर्णता दिएका थिए।
विभिन्न मुलुकका सरकारहरूले कि त कार्यरत वाणिज्य बैङ्कहरू मध्ये कुनै एकलाई नोट छाप्ने सरकारका विशेष अधिकार र जिम्मेवारी दिएर केन्द्रीय बैङ्कको रूपमा रुपान्तरण गरे, नत्र यस्ता विशेष कार्य गर्ने गरी विशेष सुबिधा र अधिकारहरू दिएर छुट्टै नयाँ बैङ्क स्थापना गरे।
केन्द्रीय बैङ्कका कार्यहरू
[सम्पादन गर्नुहोस्]- नोट निष्कासन
- सरकारको बैङ्क वा प्रमुख सल्लाहकार
- बैङ्कहरूको बैङ्क
- बिदेशी बिनिमय नियन्त्रण
- बैङ्किङ प्रथाको विकास
- पुँजीको परिचालन र राष्ट्र ऋणको ब्यबस्था
- साख सृजना र नियन्त्रण
- अन्तिम ऋणदाता
- सरकारी कोषको संरक्षक
केन्द्रीय बैङ्कले गर्न नहुने कार्यहरू:-
- कुनै कर्जा प्रदान गर्ने,कुनै पनि किसिमको निक्षेप राख्ने वा कुनै किसिमको आर्थिक उपहार दिने,
- कुनै वाणिज्य बैङ्क, वित्तीय संस्था,सार्वजनिक संस्थान वा कम्पनीको शेयर खरिद गर्ने वा अन्य कुनै पनि किसिमले कुनै वित्तीय, व्यापारिक,कृषि,औधोगिक वा अन्य संस्थामा स्वामित्व सम्बन्धी अधिकार प्राप्त गर्ने,
- कुनै किसिमको व्यापार गर्ने,
- खरिद गरेर,भाडामा लिएर वा कुनै तरिकाबाट चल अचल सम्पत्ति माथि अधिकार प्राप्त गर्ने।
तर आफ्नो कारोबार र व्यवस्था सन्चालन गर्न वा आफ्नो उद्देश्य पुरा गर्न आवश्यक पर्ने सम्पत्ति भने बैङ्कले प्राप्त गर्न सक्नेछ।
माथि जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्कले देहायका काम गर्न सक्नेछ :-
(क) बैङ्कको आफ्नो काम कारबाही वा दायित्व पुरा गर्न सहयोग हुने काम कामकारबाही गर्ने संस्थालाई सो संस्थाको कुल पूँजीको दस प्रतिशत ननाघ्ने गरी ऋण प्रदान गर्ने वा त्यस्ता संस्थाको शेयरमा स्वामित्व प्राप्त गर्ने।
(ख) बैङ्कले आफ्ना कर्मचारीलाइ कर्जा प्रदान गर्ने।