ज्याक मा
ज्याक मा | |
---|---|
马云 | |
जन्म | हांगजो, झेजियांग, चीन | १० सेप्टेम्बर १९६४
वासस्थान | हांगजो 杭州 |
राष्ट्रियता | चिनियाँ |
पेशा | संस्थापक तथा अक्ष्यक्ष अलिबाबा समूह |
जम्मा सम्पति | युएसडि २७.९ विलियन (सेप्टेम्बर २०१६)[१] |
जीवनसाथी | 张瑛 / क्याथी झांग यिंग |
सन्तान | २ |
मा यूं (चिनियाँ: 马云, [mayn][mɑ̀y̌n]; जन्म सेप्टेम्बर १०, १९६४),[२] व्यावसायिक रूपमा ज्याक मा को नामबाट प्रसिद्ध, एक चिनियाँ व्यावसायी तथा अलिबाबा समूहको संथापक तथा कार्यकारी अध्यक्ष हुन् । उनी फोर्ब्स को आवरणमा आउने पहिलो मुख्य भूमिका चिनियाँ उद्यमी हुन् । [३]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]मा को जन्म चीनको झेजियांग प्रान्तको हांग्जो मा भएको थियो । उनले सानै उमेर देखि अंग्रेजी भाषाको अध्ययन शुरू गरेका थिए भने आफ्नो दैनिक जीवनमा उनको घर नजिकैको होटलको अंग्रेजी भाषा वक्तासँग अभ्यास गर्ने गर्दथे । माले आफ्नो अङ्ग्रेजीलाई राम्रो बनाउनको लागि उनीहरूलाई शहरमा निःशुल्क भ्रमण गराउने गर्दथे । [४] उनले यस्तो नौ वर्षसम्म गरेका थिए । उनले एकजना विदेश मित्रसँग कलम मित्रता गासेका थिए । उनका साथीले माको चिनियाँ नाम उच्चारण गर्न धेरै गाह्रो भएकोले उनको उपनाम "ज्याक" राखि दिएका थिए ।
पछि आफ्नो युवा अवस्थामामा, उनी चिनियाँ विश्वविद्यालयको प्रवेश परीक्षामा तीन पटकसम्म असफल भएका थिए । अन्तत माले हांगझोउ शिक्षकको इन्टिच्युटमा भर्ना भए र उनी सन् १९८८ मा अंग्रेजी विषयमा स्नातक उत्तीर्ण गरेका थिए ।
क्यारियर
[सम्पादन गर्नुहोस्]स्नातक शिक्षा पश्चात उनले ३० वटा विभिन्न रोजगारीमा उनले आवेदन भरे र सबैमा उनीलाई अस्विकृत भएका थिए । सन् १९९४ मा मा ले इन्टरनेटको बारेमा सुनेका थिए, उनी साथीका साथ अमेरिका गए साथीको सहयोगमा उनी इन्टरनेटको बारेमा जानकारी प्राप्त गरे । उनले इन्टरनेटमा पहिलो खोजेको शब्द बियरको बारेमा खोजेका थिए उनले विभिन्न देशहरूको बियरको बारेमा जानकारी पाए, तर उनीले कुनै पनि जानकारी चीनबाट nभएकोमा अच्चम परेका थिए । यस्तै गरी उनले चीनको बारेमा सामान्य जानकारी समेत खोज्दा केही पनि नभेटाउदा उनी अच्चम परेका थिए । उ र उसको साथी मिलेर चीनको बारेमा एउटा बेभपेज तयार गरेका थिए । [५] बेभसाइट तयार गरेको पाँच घण्टा भित्र उनले कुनै चिनियाँ व्यक्तिबाट उनको बारेमा जान्ने इच्छा सहितको इमेल प्राप्त गरेका थिए । यस बेला उनले इन्टरनेटमा गर्ने ठूलो स्थान रहेको महशुस गरेका थिए । सन् १९९५ अप्रिलमा मा, उनको श्रीमती तथा एक जना साथीले युएसडि २०,००० जम्मा गरेर एउटा इन्टरनेट कम्पनीको थालनी गरेका थिए । उक्त कम्पनीले कम्पनीकोहरूको बेभसाइट तयार गर्ने काम गर्दथ्यो । उनले उक्त कम्पनीको नाम "चाइना एलो पेजेज" राखेका थिए । तीन वर्ष भित्र उनको कम्पनीले ५,०००,००० चिनियाँ युआन जुन युएसडि ८००,००० बराबरको कमाई गरेको थियो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ http://www.forbes.com/billionaires/#version:static
- ↑ Tausche, Kayla (१० सेप्टेम्बर २०१४), "Alibaba's Jack Ma gets special gift for 50th birthday", अन्तिम पहुँच ५ जनवरी २०१६।
- ↑ http://www.forbes.com/billionaires/#version:static.
- ↑ Fannin, Rebecca (२००८-०१-०१), "How I Did It: Jack Ma, Alibaba.com", Inc. Magazine, अन्तिम पहुँच २०१०-०४-१२।
- ↑ "秒拍视频", Miaopai.com, अन्तिम पहुँच २०१६-०३-०५।