तृतीय (कम्युनिष्ट) इन्टरनेसनल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तृतीय (कम्युनिष्ट) इन्टरनेसनल एउटा अन्तर्राष्ट्रिय क्रान्तिकारी संग्ठन थियो। २-६ मार्च १९१९मा मास्कोमा बसेको कम्युनिष्ट इन्टरनेसनल (कमिन्टरन)को पहिलो महाधिवेशनमा स्थापित। कमिन्टरनले आफ्नो आधारभूत सिद्धान्तहरू यस प्रकारले निर्धारित गरेको थियो - साम्यवादी व्यवस्थाको अनिवार्थ रूपमा पुँजीवादी सामाजिक व्यवस्थाको स्थान लिने छ, बुर्जुवा सरकारहरू हटाउनको लागि सर्वहारावर्गको क्रान्तिकारी संघर्ष अनिवार्य छ, बुर्जुवा राज्यको निर्मूलन र नयाँ किसिमको राज्य, सर्वहारा राज्यको सिर्जना हुनुपर्छ, यस्तो राज्य सोभियत किसिमको हुनेछ र यसले साम्यवादी समाजमा संक्रमणको लागि तयारी गर्नेछ। [१]

तृतीय कम्युनिष्ट इन्टरनेसनलको मजदुर आन्दोलनमा अवसरवादको झण्डाफोर गर्ने, विभिन्न राष्ट्रहरूका श्रमिक जनताबीचको सम्बन्ध पुनर्स्थापना गर्ने र विश्वका कम्युनिष्ट पार्टीहरूको सिर्जना एवं सुदृढीकरण गर्ने काममा निकै ठूलो भूमिका खेलेको थियो। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ३३५