मार्भल कमिक्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मार्भल कमिक्स
सहायक कम्पनीमार्भल मनोरन्जन, एल.एल.सी
(द वाल्ट डिस्नि कम्पनि)
स्थितिActive
स्थापना१९३९; ८५ वर्ष अघि (१९३९) (as टाइमलि कमिक्स)
संस्थापकMartin Goodman
मूल राष्ट्रसयुक्त राज्य अमेरिका
मुख्यालय स्थान135 W. 50th Street, New York City
Key people
प्रकाशन प्रकारComics/See List of Marvel Comics publications
विधाअपराध, हरर, रहस्य, रोमान्स, विज्ञान कथा, यूद्ध, पश्चिमी
Imprintsimprint list
आधिकारिक वेबसाइटआधिकारिक वेबसाइट Edit this at Wikidata

मार्भल कमिक्स एक साधारण नाम साथै मार्भल वर्ल्डवाइड (बिश्वब्यापी) इन्क को एक भात्री संस्था हो जुन साबिक रूपमा मार्भल प्रकाशन इन्क साथै मार्भल कमिक्स समूह को रूपमा चिनिन्थ्यो। यो एक कमिक पुस्तक तथा सम्बन्धित सामग्री प्रकाशन गर्ने अमेरिकी प्रकासक हो। सन् २००९ मा , द वाल्ट डिस्नि कम्पनिले मार्भल कमिक्स को मात्री संस्था मार्भल वर्ल्डवाइड (बिश्वब्यापी) इन्क किनेको थियो।

मार्भल सन् १९३९ मा टाइमलि प्रकाशन को रुप मा सुरु भएको थियो र सुरुवाती १९५० साल तिर एट्लास कमिक्सको रूपमा चिनिएको थियो। मार्भलको आधुनिक रुप सन् १९६१ मा द फ्यानट्यास्टिक फोर (सानदार चार) साथै अन्य शिर्षकक सुपर हिरो प्रकाशन गरेपछि सुरु भयो। आधुनिक रुप सुरु गर्ने बेलामा मार्भलमा स्ट्यान लि, ज्याक कर्वि, स्टिभ डिक्टो र अन्य धेरैको संग्लग्नता थियो।   

मार्भललाइ मुख्य रूपमा यसका प्रचलित पात्रहरु जस्तै आइरन म्यान, क्याप्टेन अमेरिका, हल्क, थोर, स्पाइडर-म्यान, वुल्भरिन र एन्ट म्यान साथै द एभेन्जर्स, द गार्डिएन्स अफ द ग्यालेक्सि (अन्तरिक्षको संरक्षक), द फ्यानट्यास्टिक फोर (सानदार चार), याक्स मेन साथै इनह्युमन (अमानव), साथै यसका खलनायकहरु जस्तै डाक्टर डुम, रेड स्कल (रातो खोपडी), ग्रीन गोब्लिन (हरियो गोब्लिन), अल्ट्रोन, डाक्टर अक्टोपस, थ्यानोस, म्यागनिटो र लोकी ले गरेर निकै प्रचलित छ। धेरै जस्तो मार्भलको काल्पनिक पात्रहरु एकै यथार्थतामा सिमित छन् जसलाई  मार्भल ब्रह्माण्डको नामले पनि छिन्न सकिन्छ र त्यहाँका धेरै स्थानहरु वास्तविक ठाउँहरुनै हुन्छन। केहि पात्रहरु जस्तै स्पाइडर-म्यान, द फ्यानट्यास्टिक फोर (सानदार चार), द एभेन्जर्स, डेयरडेभिल र डाक्टर स्ट्रेन्ज न्यु योर्क सहरमा आधारित छन् भने याक्स मेन एतिहासिक न्यु योर्क सहर मा आधारित छ र हल्क को कथाहरू अमेरिकाको उत्तर-पश्चिमी भेगमा घटेको देखीएको छ।    

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट