मिडियाविकी
मूल सम्पादक(हरू) | |
---|---|
निर्माणकर्ता (हरू) | विकिमिडिया फाउन्डेसन |
मौलिक संस्करण | जनवरी २५, २००२ |
स्थिर संस्करण | |
भण्डारण | |
प्रोग्रामिङ भाषा | PHP[१] |
सञ्चालन प्रणाली | विन्डोज, म्याक ओएस, लिनक्स, फ्रीबीएसडी, OpenBSD, सोलारिस |
आकार | 79.05 MiB (compressed) |
उपलब्ध भाषाहरू | ४५९[२] भाषाहरू |
प्रकार | विकी सफ्टवेयर] |
अनुमति पत्र | GPLv2+[३] |
वेबसाइट | mediawiki |
मिडियाविकी एक स्वतन्त्र सफ्टवेयर र खुला स्रोत विकी अनुप्रयोग हो जुन विकी वेबसाइट चलाउने काम आउँछ, जस्तै विकिपिडिया, विकिस्नरी तथा विकिमीडिया कमन्स । यसलाई मुख्य रूपमा विकिमिडिया फाउन्डेसनद्वारा विकिसित गरिएको हो । यो कयौं अरु हजारौं वेबसाइटलाई चलाउने काममा लिइन्छ ।[४] यो पीएचपी प्रोग्रामिंग भाषामा लेखिएको छ र एक बैकएंड डेटाबेसको उपयोग गर्दछ ।
विकास
[सम्पादन गर्नुहोस्]मीडियाविकिलाई धेरै सक्रिय योगदानकर्ता मिलेर यसको विकास तथा रखरखावको कार्य गर्दछन् । उतै प्रयोगकर्ताहरू यसमा धेरै उपयोगी योगदान पनि गर्दछन् । यसमा पेचको लागि गिट/गेरिटको उपयोग गरिन्छ । यसका अतिरिक्त मिडियाविकिका केही साना समूहलाई विकिमीडिया संस्थान पैसा दिएर यसलाई काम गराउछन् । नवम्बर २०१२ मा करिब २०० जना विकासकर्ताहरूले यसको विकास गरेका थिए ।
इतिहास
[सम्पादन गर्नुहोस्]जनवरी २००१ मा जब पहिलो पटक विकिपिडिया आउँदा विकिको लागि यूसमोडविकि नामक सफ्टवेयरको उपयोग गरिन्थ्यो । यो पर्लमा आधारित थियो, यसले प्रत्यक पृष्ठहरूलाई साधारण शब्दहरूमा फाइलको रूपमा राख्दथ्यो । तर यस सफ्टवेयरमा कमजोरीहरू पत्ता लागे जसले विकिपिडियाका कार्यहरूलाई प्रभावित गर्न थाल्यो । सन २००१ को बीचमा मेगनस मंस्क नामका एक जना कोलोग विश्वविद्यालयका छात्र तथा विकिपिडियाका सम्पादकले एक सफ्टवेयर बनाए । जसले गर्दा विकिपिडियाका सफ्टवेयरलाई बदलियो । यो नयाँ सफ्टवेयर पीएचपीमा लेखिएको थियो जो जानकारी को माइएसक्यूएलमा जानकारीलाई एकिकृत गरेर राख्दथ्यो । यो पहिलो पटक जनवरी २००२ मा अंग्रेजी विकिपिडियामा उपयोग भएको थियो । त्यसपछि यो अन्य भाषाहरूका विकिपिडियामा पनि उपलब्ध भयो । यस सफ्टवेयरको नाम पीएचपी स्क्रिप्ट को रूपमा बताइयो ।
छिटै नै यसको उपयोग बढ्यो फेरी पनि यसमा झंजट शुरू भयो । त्यसपछि यसको सफ्टवेयरलाई अर्को पटक लेख्नु पर्ने आवश्यकता पर्यो । यो कार्य ली डेनियल क्रोकर नामक व्याक्तिले गरे । यो यस सफ्टवेयरको तेस्रो भागका रूपमा पनि चिनिन्छ । यो पनि पीएचपी र माइएसक्यूएलमा नै आधारित थियो । यो विकिपिडियामा जुलाई २००२ मा आयो ।
विकिपिडिया संस्थानको घोषणा २० जून २००३ मा गरियो । विकिपिडियामा योगदान गर्ने डेनियल मेयर नामक व्याक्तिले यसको नाम "मीडियाविकि" राख्ने सुझाव दिएका थिए । जसबाट "विकिमीडिया" नामक सफ्टवेयर चल्दछ ।[५] यस नामको उपयोग अगस्त २००३ को आरम्भबाट हुन थाल्यो । तर यसको नामबाट भ्रम पनि हुन लाग्यो किनकी विकिमीडिया र विकिपिडिया एक जस्तै लाग्दछ ।[६]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ Reed, Sam (डिसेम्बर १९, २०१९), Announcing MediaWiki 1.34.0, मूलबाट डिसेम्बर १९, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १९, २०१९।
- ↑ "Names.php • mediawiki", github.com, अप्रिल ८, २०२१, मूलबाट जुलाई १५, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १९, २०२१।
- ↑ "Copyright", mediawiki.org, मूलबाट सेप्टेम्बर १९, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर ७, २०१५।
- ↑ Barrett, Daniel J. (अक्टोबर २००८), MediaWiki, O'Reilly Media, आइएसबिएन 978-0-596-51979-7।
- ↑ Mayer, Daniel, "Phase IV, Wikibooks.org/.com and WikimediaFoundation.org/.com (was Wikis and uniformity)", Wikipedia-L mailing list archives।
- ↑ "Wikipmediawiki", MediaWiki, मे २५, २०१०, अन्तिम पहुँच २०१०-०५-३०।