"ब्लग" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.1) (रोबोट ले थप्दै: km:ប្លូក
सा r2.7.1) (रोबोट ले परिवर्तन गर्दै: fa:وب‌نوشت
पङ्क्ति ८०: पङ्क्ति ८०:
[[et:Ajaveeb]]
[[et:Ajaveeb]]
[[eu:Blog]]
[[eu:Blog]]
[[fa:وبلاگ]]
[[fa:وب‌نوشت]]
[[fi:Blogi]]
[[fi:Blogi]]
[[fo:Blog]]
[[fo:Blog]]

२३:५२, १८ मे २०१२ जस्तै गरी पुनरावलोकन

ब्लग
English
नेपाली ब्लग
क्षेत्र सञ्‍चार
अनलाइन पत्रकारिता

ब्लगलाई अनलाइन डायरीको रूपमा लिइन्छ। आफुलाई लागेको कुरा लेखेर सूचनाको सञ्जालमा संग्रहगर्नको लागि ब्लग अहिले विश्वमा नै प्रयोग गरिदै आइएको छ।

के हो ब्लग

ब्लग भनेको यही हो भन्ने परिभाषा छैन। कारण यसको चरम स्वच्छन्दता। ब्लग यस्तै प्रकारको हुनुपर्छ भन्ने कुनै सुत्र छैन। जसका कारण ब्लगलाई कसैले एउटा प्रकृतिको आधारमा परिभाषित गर्न सम्भव छैन। तैपनि ब्लगलाई प्राय सबैले अनलाइन डायरीको रूपमा परिभाषित गर्ने गरेका छन। त्यसैले भन्न सकिन्छ–

  • ब्लग यस्तो अनलाइन जर्नल हो जहाँ तपाईले आफ्नो अनुभव र अनुभुतिलाई क्रमबद्ध रूपमा राख्न सक्नुहुन्छ।
  • ब्लग यस्तो अनलाइन डायरी हो जसलाई एकल ब्यक्तिले दैनिक व्यवस्थापन गरी सामाग्रि प्रकाशन गर्छन।

ब्लग शब्दको प्रारम्भ वेबलगवाट शुरु भएको हो। वेभ लग वाट नै ब्लग शब्द निर्माण भएको मानिन्छ। कसैले यसलाई वि ब्लग पनि भन्छन्। छोटकरी रूपमा ब्लग शब्द नै प्रचलनमा छ। ब्लग गर्ने ब्यक्तिलाई ब्लगर भनिन्छ भने ब्लग गर्ने प्रक्रियालाई ब्लगगिङ्ग भनिन्छ।

ब्लगको इतिहास

इन्टरनेटको प्रारम्भमा प्रत्येक नयाँ पन्नाहरू खुल्दा उमंग र उत्साहको माहौल बन्थ्यो। इन्टरनेटको संजालमा जो जो छिर्नसक्थे उनीहरूमा गर्व हुन्थ्यो एक छुट्टै संसारमा पुग्न सकेकोमा। सन् १९९२को दशकमा आएर टाम बर्नरर्स लिले प्रारम्भमा क्यानयाँ पन्ना नामक पेज निर्माण गरे। त्यसपछि अर्का हस्ती र्माक एन्डरसर्नले उस्तै अर्को पन्नाको निर्माण गरे। दुबैले आफ्ना रचनाहरू इन्टरनेटको दुनियमा लिंक गरिदिए। जव इन्टरनेटका प्रयोगकर्ताहरूको प्रयोग बढ्दै गयो, र वल्डवाइड वेभको प्रयोग बढ्दै गयो अन्य कार्यक्रम निर्माताहरूले कोडेड पन्नाहरूको निर्माण गरी इन्टरनेटका प्रयोगकर्ताहरूमाझ फालिदिए जस्टीन हलले सन् १९९४मा फिल्टर लगको प्रारम्भ गरे। उनले त्यो बेला ष्लिप।लभत वाट ब्लगको शुरुवात गरेका थिए। सन् १९९८मा जर्न र्बारगरले पहिलो पटक वेभलग भन्ने शब्दको प्रारम्भ गरे। त्यसपछि यसलाई वेभलगर भनेर उच्चारण गर्न थालियो। र यो अहिलेको ब्लग शब्दमा रूपान्तरित भयो। सन् १९९९मा ब्लगर www.blogger.com र [पिटास][www.pitas.com Pitas]ले सहज रूपमा ब्लग पेजहरू खोल्ने सुविधानको प्रारम्भ गरे। यि दुबै साइट प्रदायहरूले सहज रूपमा जसलाई पनि वेभब्लग खोल्ने सुविधा उपलब्ध गराए।
दुबैका सहजै साइनअप गरेर आफुलाई मन लागेको कुरा लेखेर प्रकाशित गर्न सक्ने भए। यि दुबैले एचटिएमएल कोड विहिन सेवा शुरु गरेकाले यो ज्ञान नभएकाका लागि पनि सहज बन्दै गयो। त्यसपछि करौडौ ब्लगहरू इन्टरनेटको दुनियामा तैरिन थाले।

नेपालमा ब्लग

नेपालको परिप्रेक्षमा ब्लगको शुरुवात कहिलेवाट भयो भन्ने एकिन इतिहास छैन। तर २०६१ माघ १९मा तत्कालिन राजा ज्ञानेन्द्र शाहले राजनैतिक कु गरी शासनसत्ता आफ्नो हातमा लिएपछि नेपालमा बैकल्पीक साचारमाध्ययमको रूपमा ब्लग देखिएको हो। राजाले शासनसत्ता आफ्नो हातमा लिएपछि सम्पूर्ण साचार माध्ययमलाई नियन्त्रणमा राख्ने प्रयास भयो। यसको सांकेतिक विरोध गर्दै मुलधारको पत्रकारीतामा संलग्न रहेका युवाहरू पत्रकारहरूले नेपालामा ब्लगिङ्गलाई प्रवेश गराएका हुन्। हुन पनि क्रुर र तानाशाही सरकारको कारण राजाको सक्रियतामा ब्लग निक्कै चर्चामा आएको थियो। मुलधारको पत्रिकाको तुलनामा ब्लग सबैको समाचारको माध्यम बन्न सफल भएको थियो।

नेपालमा ब्लगको प्रवेश

राजाको सञ्चार र स्वतन्त्रताप्रति अनुदार नैतिका साथ शुरु भएको प्रत्यक्ष शासनसंगै नेपालमा ब्लग शब्द भित्रिएको मानिन्छ। २०६१को शाही कु संगै स्वतन्त्र रूपमा पत्रकारीतालाई आफ्नो पेशाका रूपमा अङ्गाल्दै आएका युवा पत्रकारहरूले सूचना प्रति अनुदार सरकारको प्रत्यक्ष अनुभव गर्नपुगे।। राजाको प्रत्यक्ष शासन अगाडि केही अपवादलाई छोडेर हेर्ने हो भने उनीहरू निर्धक्कताका साथ दे देख्थे त्यो लेख्थे। उनीहरूमा मैले लेखेको समाचार कतै सेन्सर हुने होकि भन्ने पूर्व भय थिएन।

ज्ञानेन्द्रको प्रत्यक्ष शासनसंगै हतियारसहित समाचार कक्षमा प्रवेश गरेको सेनाले धमाधम बन्दुको भरमा कलमले लेखीएका समाचारहरू सम्पादन हुन थाले। उनीहरू कालोलाई सेतो अनी सेतोलाई कालो बनाउन थाले। केही सञ्चार गृहहरूले सरकार जे चाहन्छ त्यो लेख्न आफ्ना पत्रकारहरूलाई दवाव दिन थाले। तर, आफुले देख्दादेख्दा कालो सेतो र सेतो कालो भएको युवा सञ्चारकर्मीले सहज रूपमा स्विकार गर्न सकेनन्। तर, गर्ने के ? राज्यलाई चुनौतिदिँदै आफै सञ्चार गृह चलाउन सम्भव भएन। समस्याको जालोमा बेरिइरहेको अवस्थामा उनीहरूको सामु बरदान बनेर आयो ब्लग। स्वतन्त्रताका भोका युवा पत्रकारहरूले आफ्नो सही सूचना जनसमक्ष ल्याउन यसरी ब्लगको दुनियामा प्रवेश गरे।

बैशाख ११, २०६३को राजनैतिक परिर्वतनमा नेपाली ब्लगरहरूको समेत उल्लेख्य सहभागिता रहेको देखिन्छ। २०६१ माघ १९ राजनैतिक रूपमा नेपालको इतिहासमा काला अक्षरले अंिकत दिनका रूपमा रहेतापनि नेपालमा ब्लग जस्तो शसक्त बैकल्पिक जनताको सञ्चार माध्ययमको जन्म गराउनमा योगदान दिएकाले यसको सम्झना हुने छ।

राजाको निरंकुश सत्ता सञ्चालनको अवधिका करिव २ वर्षभित्र नै ब्लगले आफ्नो प्रभाव क्षेत्र बढाएको हो। यस विचमा नेपाली ब्लगरहरूले उल्लेखनिय कार्य गरेका थिए। प्रारम्भमा देखिएको ब्लगको चर्चा गर्ने हो भने कान्तिपुर पब्लिकेशन ब्लगरहरू अहिले क्रियशिल छन। नेपाली ब्लगरहरू अहिले आफ्नो पहिचान स्थापित गर्नका लागि संघर्षरत रहेका छन्। उनीहरू बैकल्पिक मिडिया अथवा जनताको सञ्चार माध्ययमको रूपप्रालिमा कार्यरत पत्रकारद्धय उज्जवल आचार्य र दिनेश वाग्लेको Blog.com.np नाम सबैभन्दा अगाडि आउँछ। यो नै नेपालको पहिलो ब्लग हो भनेर पुष्टी गर्ने कुनै आधार नभएपनि नेपालमा ब्लगलाई चर्चामा ल्याउने पहिलो ब्लग भनेको यही नै हो। योसंगै उदाएको रेडियो फ्रि नेपालले पनि नेपालमा ब्लगीङ्ग कल्चर फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो नै। तर हाल यो बन्द भइसकेको छ। मनोरञ्जन र प्रविधिलाई केन्द्रविन्दु बनाएर शुरु भएको Mysansar चर्चाका हिसावले तेस्रो ब्लग थियो त्यो बेलामा। मेरो संसारसंगै उदाय अर्का ब्लगर केपी ढुंगाना लिङ्क शीर्षक लिएर। Science Disdained Nepal, Nepal Plus,Dautari, Aakar Post, Katuwal.com, Basanta Gautam, paniphoto (पानीफोटो)dacharya.blogspot.com,जीबन शर्मा, जोतारे धाइबा,Palpali Milan लगायतका सयौं संख्याका नेपाली ब्लग र मा ब्लग संस्कृतिको विकासका लागि लागि परेका छन्।

नेपालमा चर्चामा रहेको ब्लगमा युडब्लु वि अगाडि रहेको छ। यो अङ्ग्रेजी भाषामा रहेको छ। नेपाली भाषाको ब्लगहरू हेर्ने हो भने माइसंसार डटकम, Aakar Post,paniphoto (पानीफोटो)हाम्रोब्लग डटकम अगाडि देखिएका छन्। अहिले लोकतान्त्रिक शासन पद्धतिका लागि अभ्यास भइरहेको बेलामा पनि ब्लग सेलाएको छैन। सबैले आ-आफ्नो तर्फवाट ब्लग मार्फत नेयां नेपालको निर्माणमा योगदान पुर्याइरहेका छन्। ब्लगको संख्या हेर्ने हो भने पनि अहिले ह्वात्तै बढेर गएको छ। अहिले करिव एक सयको हाराहारीमा नेपाली ब्लगहरू सञ्चालनमा रहेका पाइन्छ।

आज भोलि पत्रकार मात्रै नभइकन ठूला ठूला राजनीतिज्ञ समेत ब्‍लगिग गर्न थालेको पाइएको छ। आफ्‍नो कम्‍पनिको उत्‍पादन बारे लेख्‍ने कम्‍पनिहरू पनि नेपालमा थुप्रै छन्। त्‍यस्‍तै कलेज विद्यार्थी देखि लिएर स्‍कुले बालबालिकाहरू समेत आफूले भ्‍याएसम्‍म ब्‍लग लेख्‍ने गरेको पाइएको छ। बाल ब्‍लगिग भने नेपालमा ब्‍लगर लोचन आचार्यले रियालिटी ब्‍लग मार्फत सुरु गरेका हुन। र, आज यो सयौ बालबालिका माझ लोकप्रिय भएको पाइएको छ। अहिले आएर technology सम्बन्धी ब्लगहरूको संख्या पनि बढ्दो छ। Techsansar.com, techgaun.com जस्ता technology लाई अगाडि बढाउन सहयोग गर्ने नेपाली ब्लगहरू पनि बढ्दैछन्।

रिफरेन्सहरू