सामग्रीमा जानुहोस्

कार्की

पृष्ठ अर्द्ध-सुरक्षित
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कार्की
जम्मा जनसङ्ख्या
३,७०,६६० विश्वव्यापी[१]
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल
भाषाहरू
नेपाली भाषा, डोटेली भाषा,बैतडेली भाषा,कुमाउनी भाषा,
धर्महरू
हिन्दु धर्म
सम्बन्धित जातीय समूह
खड्का, थापा, बस्नेत

कार्की पुरातन वर्गीकरण अनुसार क्षेत्री पहाडी राजपुत जातिमा पर्ने थर हो।[२][३] प्राचीन खस राज्यमा कार्की थरको नामाङ्कन 'कर अधिकृत' भइ कर उठाउने व्यक्तिलाई कार्की भनिएको हो।[४]

कुमाऊँको इतिहास अनुसार कार्की कोङ्कण राज्यका राजा थिए। बाह्रौँ शताब्दीतिर कार्कीहरू नेपाल प्रवेश गरेको हो। भारतको कुमाऊँमा कार्कीहरूको आदि पुरुषको रूपमा विर सङ्ग्राम सिंह कार्कीलाई चिनिन्छ।[५] सन् २०१४ मा कार्की नेपालको छैठौँ ठूलो थर थियो।[६][७] यस थरका व्यक्तिहरू नेपालभर बसोबास भएको हुनाले यिनीहरू एक सत्तारुढ जाति हुन्। कार्की थर भित्र पनि विभिन्न उपसमूहहरू रहेको पाइन्छ। 'रिखले कार्की', 'लामा कार्की', 'सुतार कार्की', 'मुडुला कार्की', 'खुलाल कार्की', 'खपतरी कार्की', रुमे कार्की, 'सिंजापति कार्की', 'गोदार कार्की', आदि कार्कीहरूको कुलघरान हुन्।[८]

मुडुला कार्की

मुडुला कार्कीहरू मौदगल्य गोत्रका हुन्।[९]

लामा कार्की

लामा कार्कीहरू पराशर गोत्रका हुन्।[९] उनीहरू लुकुवा देवाली मनाउँछन्। उनीहरूको प्राचिन कथन अनुसार एकजना वृद्धा मोहीको ठेकीभित्र परी मृत्यु भएकोले उनीहरू लुकुवा देवाली मनाउँछन्।

सुतार कार्की

सुतार कार्कीहरू घृतकौशिक गोत्रका हुन्।[९]

रिख्ले कार्की

'रिख्ले कार्की'हरू कश्यप गोत्रका हुन्।[९]ऋखखाल (धेरै ऋषिहरू भएको स्थान)पछि अपभ्रंश हुँदै रिखाली नाम रहन गएको हो। यहाँ बसोवास गर्ने कार्कीहरूलाई रिखले कार्की भनिन थाल्यो।रिख्ले कार्कीको बर्मो(बंशबृतान्त सुनाईने गीत जुन औझीले कुल पुजाको दिन गाउँने गर्छन) अनुसार रिखाली गाउँ बडाबाग र उनका कान्छाभाइ गडदेउ बसालेका थिए।[स्रोत नखुलेको] पछि कान्छा भाइ गड्देउले न्वाली गएर बसेका थिए।रिख्ले कार्कीले 'दोगडाभौनेली'(भुमिराज) मसानेलाई आफ्नो कुल देवताको रुपमा मान्दै आएका छन।हाल रिख्ले कार्की बैतडी(सेरा,न्वाली) लगायत कंचनपुर,पिथोरागड,खटिमा(कुमाउ)मा बसाइँसराइ गरेर बसोबास गरिआएका छन।

उल्लेखनीय कार्कीहरू

सन्दर्भ साम्रगी

  1. "Karki Surname", forebears (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०८-१७ 
  2. "खस क्षेत्री र बाहुनबीच किन कुटुम्बेरी चल्दैन ?", जनबोली (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-१७ 
  3. "खशहरूमा रहेको भ्रम र यथार्तता", इन्डिजेनस भ्वाइस (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-१७ 
  4. "नेपालका खस जाति : एक सामान्य परिचय", नेपाली डिजिटल (नेपालीमा), २०१२-१०-०३, अन्तिम पहुँच २०२०-०८-१७ 
  5. "इतिहास बनता जा रहा 'संग्राम' का नौला", दैनिक जागरण (हिन्दीमा), अन्तिम पहुँच २०२०-०८-१७ 
  6. "Why we need to talk about caste", द काठमाडौँ पोस्ट (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०८-१७ 
  7. "बाहुनको जनसंख्या घट्यो, देशभरिका बाहुन काठमाडौँमा थुप्रिए", आनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-१७ 
  8. http://www.karma99.com/2013/01/chettri-surnames.html?m=1
  9. ९.० ९.१ ९.२ ९.३ "List of Gotras with Thar (surname, Lastname)", विजय कुइकेल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०८-१७ 

यो पनि हेर्नुहोस्