इस्लामी राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(आइएसआइएलबाट अनुप्रेषित)
इस्लामिक राज्य को झण्डा
  ईराक र लेभांटको इस्लामिक स्टेटको नियन्त्रण
  अल-नुस्रको नियन्त्रण
  सीरियाली विद्रोहीको नियन्त्रण
  सीरियाली सरकारको नियन्त्रण
  ईराकी सरकारको नियन्त्रण
  ईराकी कुर्डीस्तानको नियन्त्रण
  लेबनानी सरकारको नियन्त्रण
  हेज्बोलाको नियन्त्रण

इस्लामिक स्टेट (अरबी : ﺍﻟﺪﻭﻟﺔ ﺍﻹﺳﻼﻣﻴﺔ al-Dawlah al-Islāmīyah) जून २०१४ मा बनेको एक अमान्य राज्य तथा इराकसीरियामा सक्रिय जिहादी सुन्नी सैनिक समूह हो। अरबी भाषामा यस सङ्गठनको नाम 'अल दौलतुल इस्लामिया फिल इराक वल शाम' हो। यसको नेपाली अर्थ - 'इराक र शामको इस्लामी राज्य' हो। शाम सीरिया को प्राचीन नाम हो।यस सङ्गठनको धेरै पूर्व नाम छन जस्तै आईएसआईएस अर्थात् 'इस्लामिक स्टेट अफ इराक एंड लेवांट', आईएसआईएल्, दाइश आदि। आईएसआईएस नामबाट यस सङ्गठनको गठन अप्रिल २०१३ मा भयो। अबु बक्र अल-बगदादी यसको नाईके हो। शुरूमा अल कायदाले यसको समर्थन गरेपनि पछि अल कायदा यो सङ्गठनबाट छुट्टियो। अब यो अल कायदा भन्दा बढि मजबूत र क्रूर सङ्गठन मानिन्छ ।यो दुनियाको सबैभन्दा धनी आतंकी सङ्गठन हो जसको बजेट २ अरब डॉलर छ।आईएसआईएसको सदस्य संख्या करीब १०,००० छ।विश्वको अधिकांश मुस्लिम जन्सङ्ख्या भएको क्षेत्रलाई आफ्नो राजनीतिक नियंत्रणमा लिनु यसको घोषित लक्ष्य हो। यो उद्देश्य प्राप्तिका लागि यसले सबभन्दा पहिला लिवेन्ट क्षेत्रलाई आफ्नो अधिकारमा लिने अभियान चलाएको छ जसको अन्तर्गत जोर्डन, इजरायल, प्यालेस्टाइन, लेबनान, कुवेत, साइप्रस तथा दक्षिणीटर्कीको केही भाग आउँछ।