आचार्य रजनीश

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ओशो
आचार्य रजनीश (सन् १९८२ मा)
जन्म ११ डेसेम्बर १९३१
Kuchwada, भोपाल राज्य, ब्रिटिस भारत (आधुनिक भारत मध्य प्रदेश, भारत)
मृत्यू १९ जनवरी १९९० (५८ वर्ष)
पुना, महाराष्ट्र, भारत
राष्ट्रियता भारतीय
विधा अध्यात्मवाद
अभियान Jivan Jagruti Andolan; Neo-sannyas
प्रमुखकार्य Over 600 books, several thousand audio and video discourses

रजनीश चन्द्र मोहन (११ डिसेम्बर १९३१ - १९ जनवरी १९९०) ओशोको नाम बाट प्रख्यात छन जो आफ्नो विवादास्पद नयाँ धार्मिक (आध्यात्मिक) आन्दोलनको लागि चर्चित बने।उनी भारत तथा संयुक्त राज्य अमेरिका पनि बसेका थिए। रजनीशले प्रचलित धर्महरूको व्याख्या गरे तथा प्रेम, ध्यान अनि खुशी हरूलाइ जीवनका प्रमुख मूल्य माने।

बाल्यकाल तथा युवा अवस्था -(१९३१-१९५०)[सम्पादन गर्ने]

ओशो रजनीश (११ डिसेम्बर, १९३१ - १९ जनवरी १९९०)को जन्म भारतको मध्य प्रदेश राज्यको जबलपुर शहरमा कपडा ब्यापारीका छोराका रूपमा भएको थियो। उनका बाबुको नाम बाबुलाल जैन हो भने आमाको नाम सरस्वती जैन हो। उनका बुबा आमाका एधार जना सन्तान मध्ये ओशो जेठो सन्तान थिए।ओशो सात वर्षको उमेर सम्म आफ्नो मावली घरमा हुजुरबुवा तथा हजुरआमाको साथमा रहेका थिए।मावली बसाइले आशोको जीवनमा ठुलो प्रभाव छोड्यो। उनकी हजुरआमाले उनलाइ स्वतन्त्र,छाडा छोडिदइन पढाइ तथा अन्यकुरा हरूको बोझ कहिल्यै दिइनन्।जब उनी सात वर्षका थिए उनका हजुरबुवाको मृत्यु भए पश्यात उनि गदारवारागए आफ्नो माता पितासँग बस्नको लागी।ओशोलाइ आफ्नो हजुरबुवाको देहवसानले र पछि पन्ध्र वर्षको उमेरमा आफ्नी बाल प्रेमीका शशीको टाइफाइडका कारणले मृत्यु भएपछि निकैनै मर्माहत थिए र प्रताडित भएका थिए।जसका कारणले गर्दा उनको मानसपटलमा मृत्युको बारेमा बाल्यकाल र युवा अवस्था भरि गहिरो सोच रहयो।स्कुल पढदा रजनीस बिद्रोही प्रकारका बिध्यार्थी भएता पनि निकै तेज र प्रखर बक्ता थिए।वादविवादमा निपूर्ण बक्ता थिए।ओशो नास्तिक बने अनि सम्मोहन तर्फ पनि रूचि राख्न थाले भने सामाजवादी संस्थाहरू सँग संबन्ध पनि राख्न थाले:भारतीय राष्ट्रिय आर्मी तथा राष्ट्रिय स्वयमसेवक संघ.तर ति संस्थाहरूमा ओशोको सदश्यता निकै छोटो हुन पुग्यो किनकी उनि कुनै पनि बाहिरि दर्शन,आदर्शबाट प्रभावित हुन सकेनन्।

विश्वबिध्यालयका वर्षहरू तथा सामाजीक बक्ता -(१९५१-१९७०)[सम्पादन गर्ने]

सन १९५१,ओशोले उन्नाइस वर्षको उमेरमा जवलपुरको हितकर्नी कलेजबाट आफ्नो पढाइ आरम्भ गरे।तर शिक्षकसँगको ठाकठुकसँगै उनलाइ कलेज छोडन लगाइयो र पछि फेरि जवलपुरकै डि.एन जैन कलेजमा भर्ना भए।तर निकै आक्रमक स्वभाव तथा बिद्रोही प्रवृतीका कारणले उनलाइ परीक्षाको समयमा बेगर कलेज जान अनिवार्यता थिएन।आफ्नो फुर्सदको समयलाइ ओशोले स्थानिय पत्रिकामा सायक संपादक बनेर उपयोग गरे।उनले जवलपुरमा आयोजना भएको सर्व धर्म भेलामा सहभागि बनेर आफ्नो सामाजीक बक्ताको छबि सुरुवात गरेका थिए।घर परिवारबाट बिवाहको निम्तीम अत्यधिक दबाब आए पनि उनले त्यसलाइ सहेर बसे।सन १९५३ मार्च २१का दिन ,२१ वर्षको उमेरमा जवलपुरमा ओशोले आफुलाइ अध्यात्मिकरूपले दिब्यज्ञान प्राप्त भएको घोषडा गरेका थिए।

सन १९५५मा डी.एन जैन कलेजबाट दर्शनमा बी.ए सकेपछि उनि सागर विश्वविद्यालयमा भर्ना भए जहाँबाट सन १९५७ एम.एको डिग्री बिसिष्ट श्रेणीमा हासिल गरेका थिए।तत्कालै उनले रायपुर संस्कृत कलेजमा शिक्षकको जागीर पाएका थिए तर ओशो आफ्ना बिद्यार्थीहरूको नैतिकता,धर्म र आचरण लागी खतर्नाक हुन सक्ने ठानि उपकुलपतिले उनलाइ तुरुन्तै स्थानन्तरण गर्न लगाएका थिए।१९५८बाट उनले जवलपुर विश्वविद्यालयमा लेक्चररकोरूपमा पढाउन सुरु गरेका थिए पछि १९६०मा प्रध्यापकमा बडुवा भए।

१९६०को दशकमा उनि 'आचार्य रजनीश'को नामले वा 'ओशो भगवान श्री रजनीश' नामले चिनिन थाले। उनि एक आध्यात्मिक नेता थिए जो भारत र विदेशहरूमा प्रवचन दिदै हिडे।

ओशो भन्छन -

"धार्मिक व्यक्तिहरूको पुरानो धारणा यो छकि धर्म जीवन विरोधी हो। उनिहरू यस जीवनको निंदा र आलोचना गर्दछन , यो साधारण जीवनलाइ - उनिहरू क्षुद्र, तुच्छ, मोह भन्दछन। उनिहरू यसको तिरस्कार गर्दछन। म यहा छु यि तमाम कुराहरू प्रति तिम्रो संवेदनालाइ जगाउनको निम्ति।"

कार्य[सम्पादन गर्ने]

ओशोले सयौ पुस्तकहरू लेखेकाछन, हजारौ प्रवचन दिएका छन। उनका प्रवचन पुस्तकका, अडियो क्यासेट तथा भिडियो क्यासेटका रूपमा उपलब्ध छन। आफ्नो क्रान्तिकारी विचार बाट उनले लाखौ अनुयायी तथा शिष्य बनाये। अत्यधिक कुशल वक्ता भएका उनमा प्रवचनहरूका करीब ६०० पुस्तकहरू छन। संभोग से समाधि की ओर उनको सबैभन्दा चर्चित तथा विवादास्पद पुस्तक हो। उनको नामबाट आश्रमहरू पनि चलिरहेका छन।

ओशोले हरेक पाखण्डहरू माथी प्रहार गरेका छन।। सन्यासको अवधारणा लाई उनले भारत तथा विश्वको अनुपम देन भएको बताउदै सन्यासको नाममा भगवाको कपडा पहिन्नने पाखन्डिहरूको धरै आलोचना गरेका छन। ओशोले सम्यक सन्यासिको पुनरुज्जीवित गरे। ओशोले पुनः बुद्ध का ध्यान, कृष्ण का बासुरी, मीराको घुंघरू तथा कबीरको मस्ती संन्यासिहरू लाई दिए। सन्यासि पहिले कहिल्यै यति धेरै समृद्ध थिएन जति आज ओशोको संस्पर्शले छ। त्यसैले उनि नव-सन्यासि हुन। उनको नजरमा सन्यासी त्यो हो जो आफ्नो घर-संसार, पत्नी तथा बच्चाको साथ रहेर पारिवारिक, सामाजिक जिम्मेवारिहरूको निर्वाह गर्दै ध्यान तथा सत्सँगको जीवन जिउदछ।