आर्यभट
नेपाली विकिपीडियाबाट
आर्यभट (४७६-५५०) प्राचीन भारतका एक महान ज्योतिषविद् र गणितज्ञ थिए। उनले आर्यभटीय ग्रंथको रचना गरे जसमा ज्योतिषशास्त्रका अनेक सिद्धांतहरु प्रतिपादन गरिएकाछन्। यस ग्रंथमा उनले आफ्नो जन्मस्थान कुसुमपुर र जन्मेको साल शक संवत् 398 लेखेकाछन्। बिहारमा वर्तमान पटनाको प्राचीन नाम कुसुमपुर थियो तर आर्यभटको कुसुमपुर भनें दक्षिणमा थियो।
( एउटा अर्को मान्यतानुसार उनको जन्म महाराष्ट्रको अश्मक देशमा भएकोथियो। उनको वैज्ञानिक कार्यहरुको समादर राजधानीमा नैं हुनसक्थ्यो। यसकारण उनले लामो यात्रा गरी आधुनिक पटनाको छेउको कुसुमपुरमा बसेर आफ्ना रचनाहरु पूरा गरेकाथिए।