इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इङ्ल्यान्ड
टेस्ट मान्यता१८७७
पहिलो टेस्ट म्याचमेलबोर्न, अस्ट्रेलिया, १५-१९ मार्च १८७७ मा अस्ट्रेलिया बिरुद्ध
कप्तानएलेस्टर कुक (टेस्ट तथा एकदिवसीय), स्टुअर्ट ब्रड (टि-ट्वान्टी)
कोचपाउल फारब्रेक
आधिकारिक आइसीसी टेस्ट, ओडिआईट्वान्टी ट्वान्टी क्रमचौथौ (टेस्ट)
पाँचौ (ओडिआई)
आठौ (टि-ट्वान्टी)
टेस्ट म्याच
– यस बर्ष खेलेको टेस्ट म्याच
९४५
गत टेस्ट म्याचबिरुद्ध भारत
टेस्ट म्याचमा जित/हार
– यस बर्ष जित/हार
३३६/२७३ [१]
०/१
मिती २५ मार्च,२०१४ सम्मको

इङ्ल्यान्ड क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ल्यान्डवेल्सको (सन् १९९२ पूर्व स्कटल्यान्ड) प्रतिनिधित्व गर्ने क्रिकेट टोली हो। सन् १९९७ जनवरी १ पछि यो टोलीलाई इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (इसिबी)द्वारा प्रबन्धन गर्ने गरिएको छ भने सो भन्दा पहिले यसलाई सन् १९०३ देखि सन् १९९६ को अन्त्यसम्म मेरिलबोन क्रिकेट क्लब (एमसिसी) द्वारा प्रबन्धन गरिएको थियो। सन् १८७७ को १५-१९ मार्चमा आयोजित इङ्ल्यान्ड तथा अस्ट्रेलियाबीच भएको क्रिकेट खेललाई नै पहिलो आधिकारिक टेस्टको रूपमा मानिन्छ। सन् १९०९ जुन १५ मा यी दुई राष्ट्रसँगै दक्षिण अफ्रिका मिलेर इम्पेरियल क्रिकेट कन्फ्रेन्स (अन्तर्राष्ट्रिय क्रिकेट परिषदको अवधारणा) गठन गरेका थिए। इङ्ल्यान्ड र अस्ट्रेलियाबीच सन् १९७१ जनवरी ५ मा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको थियो। इङ्ल्यान्डले आफ्नो पहिलो अन्तर्राष्ट्रिय टि-ट्वान्टी म्याच अस्ट्रेलिया विरुद्ध सन् २००५ जुन १३ मा खेलेको थियो। हाल सम्म इङ्ल्यान्डले ९४५ टेस्ट म्याचमा ३३६ जितसँगै २७३ हार र ३३६ ड्रको नतिजा निकालेको छ। यसै प्रकार इङ्ल्यान्डले एकदिवसीय क्रिकेट विश्वकपमा तीन पटक उप-विजेता बनेको छ (सन् १९७९, १९८७ तथा १९९२), यसै गरि सन् २००४ तथा २०१३ मा आइसिसी च्याम्पियन्स ट्रफीमा विजेताको रूपमा रहेको छ भने सन् २०१० को आइसिसी वर्ल्ड ट्वान्टी ट्वान्टीको विजेता पनि रहेको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]