सामग्रीमा जानुहोस्

इराक्ली गेओर्गिएभिच चेरेतेली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इराक्ली गेओर्गिएभिच चेरेतेली

इराक्ली गेओर्गिएभिच चेरेतेली (सन् १८८२-१९५९) - एक जना मेन्सेविक नेता । प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८) का वर्षहरूमा केन्द्रवाद (मजदुर आन्दोलनमा एक अवसरवादी धारा) का पक्षसमर्थक । सन् १९१७को फरवरी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्तिपश्चात् पेत्रोग्राद सोभियतको कार्यकारिणी समितिका सदस्य एवं सोभियतहरूको प्रथम समायोजनअन्तर्गत केन्द्रीय कार्यकारिणी समितिका सदस्य । सन् १९१७को मई महिनामा हुलाक एवं टेलिग्राफ मन्त्रिको हैसियतले पुँजीजीवी अस्थायी सरकारमा सोमल भए, अनि जुलाई घट्नापश्चात् चाहिँ गृहमन्त्री बने । बोल्सेभिकहरूलाई योजनाबद्ध ढङ्गले सखाप पार्ने षड्यन्त्रका उनी एक जना सङ्गठनकर्ता रहेका थिए । अक्टोबर समाजवादी क्रान्तिपश्चात् चरेतेली जर्जियामा प्रतिक्रान्तिकारी मेन्सेविक सरकारका एक जना नेता बने । []

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८६-४८७