इराक्ली गेओर्गिएभिच चेरेतेली
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
इराक्ली गेओर्गिएभिच चेरेतेली (सन् १८८२-१९५९) - एक जना मेन्सेविक नेता । प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८) का वर्षहरूमा केन्द्रवाद (मजदुर आन्दोलनमा एक अवसरवादी धारा) का पक्षसमर्थक । सन् १९१७को फरवरी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्तिपश्चात् पेत्रोग्राद सोभियतको कार्यकारिणी समितिका सदस्य एवं सोभियतहरूको प्रथम समायोजनअन्तर्गत केन्द्रीय कार्यकारिणी समितिका सदस्य । सन् १९१७को मई महिनामा हुलाक एवं टेलिग्राफ मन्त्रिको हैसियतले पुँजीजीवी अस्थायी सरकारमा सोमल भए, अनि जुलाई घट्नापश्चात् चाहिँ गृहमन्त्री बने । बोल्सेभिकहरूलाई योजनाबद्ध ढङ्गले सखाप पार्ने षड्यन्त्रका उनी एक जना संगठनकर्ता रहेका थिए । अक्टोबर समाजवादी क्रान्तिपश्चात् चरेतेली जर्जियामा प्रतिक्रान्तिकारी मेन्सेविक सरकारका एक जना नेता बने । [१]
स्रोतहरू [सम्पादन गर्ने]
- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४८६-४८७