तेजाब आक्रमण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(एसिड फ्याक्नुबाट अनुप्रेषित)
कम्बोडियामा एसिड आक्रमणकी पिडित ।

तेजाब आक्रमण कुनै मानिसलाई मार्ने, कुरूप बनाउने वा अङ्गभङ्ग गर्ने उद्देश्यले उसको शरीरमा अम्ल फालेर गर्ने एक प्रकारको हिंसा वा अपराध हो। अम्ल फ्याँक्दा विशेषत मानिसको अनुहारमा फ्याल्ने गरेका घटना बढी पाइन्छ। यो घटनाबाट महिलाहरू बढी पीडित भएको कुरा महिला अधिकारकर्मीहरू बताउँछन्। अम्ल आक्रमणले पीडितको छालाको तन्तु सखाप पार्न सक्छ भने हाड-जोर्नीमा समेत गहिरो प्रभाव पार्दछ। अम्ल फ्याँक्ने निर्मम अपराध गर्न मानिसहरू सल्फ्युरिक वा नाइट्रिक अम्लको सहारा लिन्छन्। सल्फ्युरिक अम्ललाई त अझ रसायनहरूको राजा नै भन्ने गरिन्छ। हाइड्रोक्लोरिक अम्ल कम असरदार भएकाले अपराधीहरूले नाइट्रिक वा सल्फ्युरिक अम्ललाई बढी प्राथमिकता दिने गरेको पाइन्छ। अम्लको आक्रमणबाट हुने दिर्घकालिन समस्यामा अन्धोपन, शरिर र छालामा कहिले नमेटिने दाग बस्ने जस्ता शारिरिक समस्या देखिन्छन् भने समाजमा पनि पीडितहरूलाई घृणाको नजरले हेर्ने गरिन्छ। अहिले अम्लको आक्रमण विश्वका धेरै ठाउँको समस्या हो। सन् १९९० यता बङ्गलादेशमा महिला विरूद्ध यो अपराध आकासिदो स्थितिमा रहेको कुरा विभिन्न सर्वेक्षणहरूले देखाएका छन्। सन् १९९९ र सन् २०१३ को बीचमा ३,५१२ बङ्गलादेशी नागरिकहरू यो अपराधको चपेटामा परेको पाइयो।[स्रोत नखुलेको] यद्यपि युरोपसहित अम्ल आक्रमण विश्वभरी जहाँ पनि घट्ने घटना हो तर यसको प्रभाव दक्षिण एसियामा विशेष रहेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]