एसिया सेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एसिया सेल
व्यवसाय प्रकार
निजी
आइएसआइएनIQ000A1J4EL6 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगदूरसञ्चार
स्थापित१९९९
केन्द्रीय कार्यालयसुलेमानिया, इराक
मुख्य व्यक्ति
फरूक मुस्ताफा रसूल (प्रमुख कार्यकारी अधिकृत)
उत्पादनहरूदूरसञ्चार
राजश्व1,361,329,000,000[१] (2020) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
243,618,000,000 (2020) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
कर्मचारी सङ्ख्या
2,936 (2020) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
मूल सङ्गठनओरिदु विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
वेबसाइटhttp://www.asiacell.com

एसिया सेल (अरबी: آسياسيل) कुर्दी: ئاسیاسێڵ) इराक को दूरसञ्चार कम्पनी हो जुन मुख्य रूपमा इराकमा मोबाइल फोन सेवा र मोबाइल इन्टरनेट सेवाहरू प्रदान गर्दछ । [२] एसिया सेल राज्यको एक अत्याधुनिक ग्राहक सेवा सुविधा प्रदान गरेको छ एक दिन यो चौबिसै घन्टा काम गर्दछ, हप्ता ७ दिन ग्राहकहरुको लागि समर्पित टिमहरूसँग निगमको सेवा गर्नको लागि समर्थन गर्दछ । यसको मुख्य कार्यलय ईराकको प्रमुख व्यापारीक केन्द्र सुलेमानिया शहरमा अवस्थित छ।

इतिहास[सम्पादन गर्नुहोस्]

एसिया सेल, इराकमा पहिलो मोबाइल दूरसञ्चार कम्पनी हो जुन सुलेमानमिया सहर मा स्थापित भएको थियो ।

एसिया सेलले सन् २००० मा आफ्नो पहिलो व्यवसायिक सेवा सुरु गरेको थियोे ।

अक्टोबर २००३ मा, एसिया सेलले इराकका छ वटा उत्तरी प्रान्तका लागि दुई वर्षको विश्वव्यापी मोबाइल सञ्चालन प्रणाली इजाजत पत्र प्रदान गरिएको थियो । इजाजत पत्र गणतन्त्र इराकको सम्पूर्ण क्षेत्रमा सेवा पुर्‍याउन २००५ मा विस्तार गरिएको थियो । आज यो देशब्यापी रूपमा सेवा उपलब्ध गराउने एकमात्र सञ्जाल हो ।

अगस्ट २००७ मा, एसिया सेलले बोली प्रक्रियामा र १५-वर्षको राष्ट्रिय इजाजत पत्र प्राप्त गरेको थियोे र जीएसएम दूरसञ्चार परिचालकको रूपमा देशमा सबैभन्दा लामो दीर्घकालिक नेटवर्क बन्न सफल भएको थियोे । नयाँ व्यापार सञ्चालन गर्न, एसिया सेलले बगदाद, मोसुल र इराकका अन्य प्रमुख शहरहरूमा पनि नयाँ कार्यकारी कार्यालयहरू स्थापना गरेको थियो । हाल यसका देशभरी ९.१ मिलियन प्रयोगकर्ताहरू रहेका छन् ।

अप्रिल २०१५ मा इराकका प्रसिद्ध गायक काधिम अल-सहेर ब्रान्डको प्रतिनिधि भएका थिए ।[३]

एसिया सेलले यसको ३.९ जी डाटा सेवाको साथ सर्वोत्तम इन्टरनेट प्रदायक बनेको छ । जुन जनवरी २०१५ देखि इराकको एक सबैभन्दा राम्रो नेटवर्क पनि बनेको छ ।

सन् २०११ मा, इराक सञ्चार मन्त्रालयले एसिया सेललाई उत्कृष्ट जीएसएम परिचालकको रूपमा मान्यता दिएको थियोे । एसिया सेल जेइन इराकको प्रमुख प्रतिद्वन्द्वी हो।

सेवा र उत्पादनहरू[सम्पादन गर्नुहोस्]

एसिया सेल, कुर्दिश्तान र इराकमा पहिलो मोबाइल दूरसञ्चार कम्पनी हो । यो सन् १९९७ मा सुलेमानमिया शहरमा कुर्द व्यापारी फारूक रहोद्वारा स्थापित गरिएको थियो ।

एसिया सेलले सन् २००० मा आफ्नो पहिलो व्यवसायिक सेवा सुरु गरेको थियोे ।

फेब्रुअरी २०१७ मा, कम्पनीले आफ्ना ग्राहकहरूको लागि विकिपिडिया नि: शुल्क प्रदान गरेको थियो ।[४]

हाल यसका देशब्यापी रूपमा १३ मिलियन प्रयोगकर्ताहरू रहेका छन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. http://www.isx-iq.net/isxportal/files/%D8%A7%D8%B3%D9%8A%D8%A7%202020121_5_4_8_52_40.pdf.
  2. टेलिकम - कुर्दिशतान क्षेत्र
  3. "काधिम अल-सहेर एसिया सेलको प्रतिनिधिमा नियुक्त भएका छन्", आरपिएन लेब्नान, ९ अप्रिल २०१५, अन्तिम पहुँच २८ फेब्रुअरी २०१७ 
  4. "इराकमा एसिया सेलले नि:शुल्क विकिपिडिया प्रदान गरेको छ", डेल्ली मेल, २८ फेब्रुअरी २०१७, अन्तिम पहुँच २८ फेब्रुअरी २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]