कम्प्युटर
नेपाली विकिपीडियाबाट
कम्प्युटर एउटा अति नै उपयोगी विद्यूतीय उपकरण हो जसले छिटोछरितो रूपले दिइएको तथ्यांङ्क प्रशोधन गरी चाहिए जसरी प्रस्तुत गर्दछ। सानोदेखि ठूलोसम्म हरहिसाब छिनमै गर्ने, ठूलठूला रेकर्डहरू राख्ने र चाहिएका बेला हेर्न, झिक्न सकिने भएकाले दिनदिनै यसको लोकप्रियता बढीरहेको छ। टाइप गर्न होस् वा घरबसीबसी विश्वभर सुचना आदान प्रदान गर्न होस्, सिनेमा हेर्न होस् वा खेल खेल्न आधुनिक युगमा कम्प्युटर हरेक घरको अनिवार्य आवश्यकता हुन थालेको छ। त्यसैले यसबारे सामान्य जानकारी हासिल गर्न सबैका लागि आवश्यक छ।
विषयसूची |
[परिवर्तन्] कम्प्युटर लोकप्रिय हुनाका कारणहरूः
- Comp
मेरो नाम् अ
==
[परिवर्तन्] शिर्षक अक्षर
atible (हरेक क्षेत्रमा प्रयोग हुनसक्ने)- यसले आवश्यकता अनुसार विभिन्न क्षेत्रको काम गर्नसक्ने बनाउन र विभिन्न क्षेत्रमा काम लगाउन सकिन्छ। सिंगो कम्प्युटर एक्लै चलाउन सकिन्छ भने विभिन्न अन्य उपकरणहरूलाई संचालन र नियन्त्रण गर्नमा पनि यसको उपयोग हुन्छ।
- Efficient (प्रभावकारी)- यसले सानासाना देखि लिएर ठूला ठूला जटील र झन्झटिला कामहरू नथाकिकन निरन्तर गरिरहन सक्छ।
- Reliablity (विश्वसनीय)- यसले कठीन र जटील कामहरू सही ढंगले गर्दछ। मानिसले गर्ने काममा अन्जानमै गल्तीहरू हुने सम्भावनाहरू धेरै हुन्छन् तर कम्प्युटरलाई सही तथ्याङ्क र सही निर्देशन दिएमा यसले गर्ने काममा गल्ती (Error) हुँदैन।
- Storage & Quick Processing (भण्डारण र तीब्र तथ्याङ्क प्रशोधन)- यसले धेरै तथ्यांङ्क भण्डार गर्ने र चाहिएको बेलामा आवश्यकता अनुसार छानेर झट्टै उपलब्ध गराउन सक्छ।
आधुनिक जमानामा सूचना प्रणाली (Information Technology) को विकास भै विश्वब्यापी रूपमा यसले बजार मात्र लिन सकेको होइन कि ब्यापक लोकप्रियता पनि हासिल गर्नसक्यो। इन्टरनेटको आविस्कारबाट इ-कमर्स (विद्यूतिय ब्यापार) सम्भव भयो। अब मानिसले घर बसी-बसी विश्वको कुनैपनि ठाउँबाट चाहिएको बस्तु हेर्न, मोलतोल गर्न र किन्न पनि सक्ने भयो। इन्टरनेट र इमेलको प्रयोगबाट छोटो समयमा, सस्तो मोलमा विश्वका कुना-कुनामा चिठीपत्र-समाचार आदान प्रदान गर्न मात्र होइन अहिले त इन्टरनेट फोन मार्फत लोकल फोन सरह अमेरिका, अष्ट्रेलिया आदि टाढाटाढाका देशहरुमा फोन गर्न सकिने भएको छ। त्यसैले आधुनिक युगका नरनारी सूचना प्रणाली तर्फआकर्षित हुन थाले र विश्व बजारका ब्यापारीहरु पनि यसै क्षेत्रमा लगानी गर्न हात धोएर लाग्न थाले। यी सबैको पछाडी एउटै कुरा थियो कम्प्यूटर। भू उपग्रहभित्र र पृथ्वीमा रहने भू उपग्रह केन्द्रको कन्ट्रोल रुममा रहने कम्प्यूटरले एक सेकेण्डको सयौं भागमा सूचना आदान प्रदान गर्ने भएकोले अत्याधुनिक सूचना प्रविधिहरुको विकास गर्न सम्भव भयो।
[परिवर्तन्] कम्प्युटरमा के के हुन्छ -
कम्प्युटरमा मुख्यतः ३ अंग हुने गर्छन्।
- इनपुट (Input) -तथ्यांक हाल्ने माध्यम।
- प्रोसेसर (Processor)- कार्य सम्पादन कक्ष।
- आउटपुट (Output) -निस्कने माध्यम।
इनपुट डिभाइस मा किबोर्ड, माउस, स्क्यानर, माइक्रोफोन, जोएस्टीक पर्दछन्। यी डिभाइसहरूबाट कम्प्युटरलाई काम अह्राउने र तथ्यांक हाल्ने गरिन्छ।
प्रोसेसिङ (सम्पादन कक्ष) मा सिपियू बाकस पर्दछ। प्रोसेसरले अह्राए अनुसार तथ्यांकलाई प्रशोधन गर्ने गर्दछ।
आउटपुट डिभाइस (निस्कने माध्यम) का माध्यमबाट कम्प्युटरले प्रशोधन गरेका तथ्यांकहरू हेर्न वा झिक्न सकिन्छ। मोनिटर प्रिण्टर, साउण्ड बक्स आदिलाई आउटपुट डिभाइस का रूपमा लिन सकिन्छ।
[परिवर्तन्] मोनिटर (मोनिटर)
यो कम्प्युटरको स्क्रीन हो। कम्प्युटरमा के काम भैरहेको छ, के काम गर्न के निर्देशन (Command) दिनु पर्छ भन्ने हेर्न मोनिटर प्रयोग हुन्छ। मोनिटर सिपियू बाकसको VGA (Display कार्ड) मा डाटा केबुल (VGA केबुल) का माध्यमबाट जोडिएको हुन्छ। मोनिटरको लागि छुट्टै बिजुली चाहिने भएकाले यसमा एउटा पावर केबुल पनि जोडिएको हुन्छ। कुनै मोनिटरमा सिपियूको पावर सप्लाई यूनिट बाटै पावर केबुल जोड्न मिल्छ भने कुनै मोनिटर सीधै बिजुलीको प्लगमा जोडिन्छ। साधारण मोनिटर टेलिभिजन सेट जस्तै क्याथड्रे ट्युब प्रयोग गरी बनाइएको हुन्छ। आजकल एल.सी.डी. डिस्प्ले भएका फ्ल्याट र प्लाज्मा मोनिटरको प्रयोग पनि बढ्दै गैरहेको छ। कुनैकुनै मोनिटरबाट नै कम्प्युटरमा निर्देशन (Command) दिन मिल्छ जसलाइ टचस्क्रीन भनिन्छ। मोनिटरलाई भि.डि.यू. (Visual Display Unit) पनि भनिन्छ।
[परिवर्तन्] सि पि यू बाकस (CPU Box) वा क्याविनेट
क्याविनेट वा केसिङ सबैतिर बन्द गरिएको बाकस आकारको हुन्छ। साधारण बोलचालको भाषामा कम्प्युटरको मुख्य बाकसलाई सि पि यू बाकस भन्ने गरिन्छ। कम्प्युटरका इनपुट र आउटपुट का सबै यन्त्रहरू यसमा आवद्ध हुन्छन्। त्यसैले कम्प्युटरको सबैभन्दा महत्वपूर्ण भाग पनि यही नै हो। कम्प्युटरको दिमाग नै सि पि यू अर्थात् केन्द्रीय सम्पादन इकाइ हो। छोटकरीमा यसलाई प्रोसेसर मात्र पनि भनिन्छ। यो सिपियू बाकसभित्र रहेको मदरबोर्ड मा जोडिएको हुन्छ। यसैको गति (C
[[zu:Ikhompyutha]