कुलमणि देवकोटा
स्वरूप
परिचय
[सम्पादन गर्नुहोस्]नेपाली विषयमा स्नातकोत्तर गरेका कुलमणि देवकोटा (१९८५) मूलतः कविका रूपमा परिचित छन् । उनका आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । उनी पाल्पा तानसेनका पुसिद्ध साहित्यकार माधवप्रसाद देवकोटाका सुपुत्र हुन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत प्रध्यापन कार्यमा संलग्न देवकोटा नाम चलेका कवि हुन् । [१]
साहित्य यात्रा
[सम्पादन गर्नुहोस्]नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानद्वार आयोजित कविता उत्सवमा प्रथम भएपछि देवकोटाको कवित्वको गति अझ तीव्र भएको पाइन्छ । एेतिहासिक नेपाली संस्कृत आन्दोलनमा सरिक भएर होस् अथवा ज्ञानको त्यो भोक क्रान्ति कविता लेखेर होस् उनी आफ्ना समयमा प्रसिद्धि प्राप्त गर्दै आएका कवि हुन् । उनी संस्कत, नेपाली तथा हिन्दी भाषामा उत्तिकै दक्ष देखिन्छन् ।
प्रकाशित कृतिहरू
[सम्पादन गर्नुहोस्]- राष्ट्रिय लोकगीत (२०१०),
- छरिएका फूल (कविता २०१५)
- साक्षरताको प्रसार (कविता २०२४)
- पुतलीको फूल (२०२५),
- गाईजात्रा (कविता २०२९)
- सञ्चयनी (कविताहरू (२०३८),
- बुद्धलोक (कविता २०५०)
- २०५१ का कविता (२०५२)
- श्रमजीवीको स्मृतिका १३ कविता (२०४६)
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, काठमाडौँ : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान