कोलिन स्मिथ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोलिन फिलिप स्मिथ
जन्म1936 (age अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "२"।अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "२"।)
London, England
मृत्युढाँचा:Death date and given age
Pokhara, Nepal
राष्ट्रियताBritish
नागरिकतानेपाल
वैज्ञानिक करियर
क्षेत्रLepidopterist
Natural history
शिक्षाAnnapurna Natural History Museum

कोलिन फिलिप स्मिथ एक बेलायती नेपाली पुतली विशेषज्ञ हुन्। उनलाई नेपालमा "पुतली बाजे" भनेर चिनिन्छ। [१] [२] उनले नेपालमा पुतलीकोबारे अध्ययन र लेखनमा ५० वर्षभन्दा बढी समय बिताएका छन्। [३] उनले नेपालका पुतलीका धेरै पुस्तकका लेखेका छन्। [४] [५] [६] उनले सन् १९६६ मा युनाइटेड मिशन टु नेपाल कार्यक्रमअन्तर्गत शिक्षकका रूपमा नेपाल आएका थिए । स्मिथले आफ्नो करियरको सुरुवातमा बाबुराम भट्टराईउपेन्द्र देवकोटा जस्ता लोकप्रिय नेपाली व्यक्तित्वहरूलाई पढाएका थिए। [७] [८]

स्मिथको काका Uncle Bob (Arnold Turner) पुतली संग्रह गर्दै हिड्थे । स्मिथ सानै हुदा उनको काकाको पुतलीको संग्रह भएको दराज देखेका थिए । रङ्गि बिरङ्गी पुतली देखेर उनि निकै खुशी भएका थिए । १३ वर्षको हुदा स्काउटबाट जंगल घुम्न जादा जंगलमा धेरै पुतली देखे पछि उनको पुतलीसंग प्रेम बस्यो र पहिलो पटक काकालाई भनेर पुतली जम्मा गरे । यस पछि पढाइले गर्दा उहाको आफ्नो सौख पुरा गर्न पाएनन् । पोखरामा रहदा उनको भेट पिस कर भोलेन्टियर डोरोथी मिरोसंग भएको थियो । डोरोथी म्यूजियम बनाउने धुनमा थिए, दुइ जनाको कुरा मिल्यो, स्मिथले डोरोथीको म्यूजियममा पुतली संग्रह गरि राखिदिने । यसरी उनले पोखरामा भेटिएका केही पुतली संग्रह गर्न थाले । यसपछि कलिन सर गोरखा पुगे, फेरी काठमाडौ स्वयम्भूमा रहेको आनन्दकुटीमा पुगे । यहा रहदा स्मिथको सौखको चर्चा शायद त्रिभुवन विश्वबिद्यालयमा पुगेको थियो होला । त्यसैले जूलोजीका प्रोफेसर डि. अार. उप्रेतीले एक दिन आफ्नो अफिस किर्तिपुरमा बोलाएर निकट भविष्यमा बन्न लागेको प्राकृतिक बिज्ञान संग्रहालय (Natural History Museum) को लागी किट बिज्ञान संग्रहालय बनाउन अाग्रह गरे । यसपछि त उनि पढाउन छोडेर त्रिभुवन बिश्व बिद्यालयसंग ६ वर्षे सम्झौता गरि नेपालको गाँउ गाँउ घुम्दै पुतली जम्मा गर्न थाले । यो एउटा चुनौतीपूर्ण काम थियो तर वहाको रहर पनि थियो । नभन्दै वहाले ४० जिल्लाको भ्रमण पछि करिव २५००० पुतली संग्रह गरे । यसलाई छुट्ट्याए, हरेकलाइ नामाकरण गरे । नेपालमा पाइने ६६० प्रजातीका पुतली मध्य वहाले करिव ५५० प्रजाती भेट्टाए । यसरी उहाले अाफुले पाएको ६ वर्षको समयमा पुतली संकलनका साथ त्यसलाई सुरक्षित गराइ प्राकृतिक बिज्ञान संग्रहालयलाई हस्तान्तरण गरे ।

उनको उपलब्धि र अन्तर्राष्ट्रिय ख्यातिको लागि २०१९ मा नेपाल सरकारले उनलाई नेपालको मानार्थ नागरिकता प्रदान गरेको थियो। [४] [५] [८] [९] उनी नेपालको मानार्थ नागरिकता पाउने सर एडमन्ड हिलारीटोनी हेगनपछि तेस्रो व्यक्ति हुन् । [९] [१०]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "The delicate beauty of Nepal’s butterflies", OnlineKhabar, अन्तिम पहुँच ८ अगस्ट २०२१ 
  2. "‘पुतली बाजे’ अब सम्मानार्थ नेपाली", DeshSanchar, अन्तिम पहुँच ८ अगस्ट २०२१ 
  3. "Birds and Butterfly Research", Namaste Nepal, अन्तिम पहुँच १० सेप्टेम्बर २०२१  वेब्याक मेसिन अभिलेखिकरण १० सेप्टेम्बर २०२१ मिति
  4. ४.० ४.१ "Putali Baje obliged with Nepali citizenship", The Himalayan Times, अन्तिम पहुँच ६ अगस्ट २०२१ 
  5. ५.० ५.१ "पुतली बाजे and the metaphor of metamorphosis", NepaliTimes, अन्तिम पहुँच ८ अगस्ट २०२१ 
  6. "Butterflies in Nepal", Inside Himalayas, अन्तिम पहुँच १० सेप्टेम्बर २०२१ 
  7. "पुतली बाजे: 'पुतली खोज्दै आएँ, नेपाली नागरिक भएर मर्न मन छ'", BBCNews, अन्तिम पहुँच ८ अगस्ट २०२१ 
  8. ८.० ८.१ "British national ‘Putalibaje’ receives citizenship of Nepal", South Asia Time, अन्तिम पहुँच १० सेप्टेम्बर २०२१ 
  9. ९.० ९.१ "British national Putalibaje to receive honorary citizenship", The Himalayan Times, अन्तिम पहुँच १० सेप्टेम्बर २०२१ 
  10. "Korean philanthropist Um Hong Gil gets honorary citizenship", South Asia Time, अन्तिम पहुँच १० सेप्टेम्बर २०२१