क्रिकेट
A bowler bowling to a batsman. The paler strip is the cricket pitch. The two sets of three wooden stumps on the pitch are the wickets. The two white lines are the creases. |
|
| अन्तराष्ट्रिय संस्था | International Cricket Council |
|---|---|
| पहिलो खेल | 18th century (modern) |
| अन्य विवरण | |
| खेलाडी संख्या | 11 players per side substitute fielders (only) are permitted in cases of injury or illness |
| लैङ्गिक विभाजन | Single |
| श्रेणीकरण | Team, Bat-and-ball |
| खेल सामाग्री | Cricket ball, cricket bat, wicket: stumps, bails |
| आयोजना स्थल | Cricket field |
| ओलम्पिक | 1900 Summer Olympics only |
क्रिकेट ब्याट र बलले खेल्ने सामुहिक खेल हो। यो हाल संसारकै सबैभन्दा रुचाइएको खेल हो। यस खेलका मुख्यत तीन प्रकार हुन्छन्: पाँच दिवसीय (टेस्ट) , एक दिवसीय (वान डे) , र २०-२०।यसको मुख्य संस्था अन्तरा्ष्ट्रिय क्रिकेट काउन्सिल International Cricket Council (ICC) हो। यो खेल खुला मैदानम रहेको पिचमा खेलिन्छ। क्रिकेट एंग्लो स्याक्सन काल मानिने पाँचौं शताब्दीदेखि नै बेलायतबाट सुरु भएको मानिन्छ। सडकमा केटाकेटीले भकुन्डोलाई लौराले हानेर खेल्ने खेलबाट सुरु भएको क्रिकेटले सत्रौँ सताब्दीमा आएर मात्र प्रौढहरूको ध्यान खिचेको हो। इतिहासअनुसार भेडा चराउने क्षेत्रमा भेडाको ऊनको भकुन्डो फाल्ने र अर्कोले समात्ने खेलबाट सुरु भएको क्रिकेटमा पछि विकेटको प्रवेश भयो र त्यसपछि स्टम्पमा बलले लाग्नबाट जोगाउन ब्याट्सम्यानले लट्ठीले छेक्ने प्रयाससँगै क्रिकेटले अहिलेको स्वरूप पाएको हो।
विषयसूची |
[सम्पादन गर्ने] कसरी विकसित भयो क्रिकेट शब्द ?
क्रिकेट शब्द डच शव्द क्रिकबाट आएको विश्वास गरिन्छ, जसको अर्थ लट्ठी हुन्छ। क्रिकेट खेलमा ब्याट र विकेटको रूपमा लट्ठीका रूपमै प्रयोग गरिने भएकाले यसको नाम जुरेको हुनसक्छ।
[सम्पादन गर्ने] औपचारिक खेलको सुरुवात
क्रिकेटको सुरुवात पाँचौं शताब्दीतिर भएको मानिए पनि औपचारिक रूपमा सन् १६४६मा पहिलो क्रिकेट खेल भएको प्रमाण पाइन्छ, जुन बेलायतको केन्टमा भएको थियो। सत्रौँ शताब्दीको अन्त्यतिर केही पादरीले चर्चमा नगएर क्रिकेट खेलेकाले जरिवाना तिरेको इतिहास छ। सन् १७०६मा बेलायतका विलियम गोल्डवेनले क्रिकेट खेलको नियमका बारेमा पुस्तक प्रकाशन गरे। त्यतिबेला विकेटमा दुईवटा लट्ठी हुन्थे भने ४ बलको एक ओभर हुन्थ्यो। सन् १७४४मा प्रकाशित क्रिकेटको दोस्रो नियमले दुई जना अम्पाएर हुने व्यवस्था गर्यो।
सन् १७६०मा इंग्ल्याण्डमा स्थापना भएको ह्याम्ब्लेडन क्लब पहिलो क्रिकेट क्लब हो। त्यसपछि सन् १७८७मा अर्को क्लब म्यारिलेबन स्थापना भयो।
सुरुमा बलरले बललाई जमीनबाट गुडाएर विकेटतिर फ्याक्नुपथ्र्यो तर सन् १७७०को दशकपछि बललाई हावामा फ्याँक्ने चलन सुरु भयो जसबाट आधुनिक क्रिकेटको सुरुवात भयो। सन् १७७४मा एलबीडब्लुको नियम आयो र दुई विकेटको सट्टा तेस्रो विकेट पनि राख्न थालियो। सन् १७८०मा तिन दिवसीय खेलको सुरुवात भयो र पहिलो पटक ६ बलको एक ओभर बनाइयो। सन् १८७०मा क्रिकेटमा चौका र छक्काको व्यवस्था भयो।
टेस्ट क्रिकेटको सुरुवात सन् १८७७मा भयो, जुन इंग्ल्याण्ड र अस्ट्रेलियाबीच भएको थियो, जसमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ४५ रनले हराएको थियो। सन् २००७मा पहिलो ट्वान्टी-२० विश्वकप क्रिकेट प्रतियोगिता सम्पन्न भयो, जसमा भारतले विश्वकपको उपाधि जित्यो।
[सम्पादन गर्ने] क्रिकेट मैदान
[सम्पादन गर्ने] केही रोचक तथ्य
- सन् १९४६मा इङ्ल्याण्डमा बार्बाडोज र ब्रिटिस गुएना बीच भएको खेलमा चौध बलको ओभर खेलिएको थियो। उक्त ओभरमा कुनै नो बल वा वाइड फालिएको थिएन। ८ बलको ओभर राखिएको खेलमा बाँकी ६ बल अम्पाएरको गिन्तीको कमजोरीका कारण थपिएको थियो।
- आधुनिक क्रिकेटमा तीनवटा विकेट हुन्छन्, तर सन् १९६३मा इङ्ल्याण्डको लर्ड्समा खेलिएको खेलमा भने ४ वटा विकेट राखिएको थियो। परिक्षणका रूपमा ४ वटा विकेट ठड्याएर खेलिएको खेलमा विकेटको चौडाइ ९ इन्चबाट ११ इन्च बनाइएको थियो।
- बलरले बल नफाल्दै नन स्ट्राइकिङमा रहेको ब्याट्सम्यान आफ्नो क्रिजबाट दौडिए आउट हुन्छ, जसलाई माँकड भनिन्छ। भारतका विनोद माँकड विवादास्पद रहेको टेस्ट खेलमा त्यसैगरी आउट भएका हुनाले त्यसपछि त्यस्तो प्रकारको आउटलाई माँकड भनिन्छ।
- सन् १९४६मा इङ्ल्याण्डमा भएको खेलमा आश्चर्यजनक घटना भयो। दुई ओभरको खेल भैसकेपछि फिल्डिङ गरिरहेका लेन हटनले खेल रोकेर पिचको लम्बाइ नाप्न आग्रह गरे। त्यसपछि खेल रोकेर पिच नाप्दा पीच २ यार्ड लामो देखियो। पिचको लम्बाइ २२ यार्ड हुनुपर्नेमा २४ यार्डको पाइएपछि खेल पुनः सुरुदेखि खेलाइएको थियो।
- टेलिभिजनमा रिप्ले हेरेर थर्ड अम्पाएरद्वारा रन आउट घोषणा गरिएका पहिलो खेलाडि भारतका सचिन तेन्दुलकर हुन्। दक्षिण अफ्रिकाविरुद्ध सन् १९९२मा भएको खेलमा उनलाई दक्षिण अफ्रिकी खेलाडि जोन्टी रोड्सले आउट गरेका थिए। अर्को दिन तिनै जोन्टी रोड्सलाई तेन्दुलकरको अपीलमा थर्ड अम्पाएरले रन आउट घोषित गरे।
- सन् १९८६मा बेलायतमा भएको क्रिकेटमा अर्को रोचक घटना भयो। खेलमा ब्याट्सम्यानले बल हानेपछि रनका लागि दौडँदा ब्याट् भुइँमा खसाले, त्यतिबेलासम्म ब्याट्सम्यानले ३ रन जोडिसकेका थिए। जब फिल्डरले बल पक्रेर विकेटतर्फ फाले, बलरले त्यो बललाई ब्याट् टिपेर हिर्काउँदै फाले। जसबापत फिल्डिङ गर्ने टिमलाई ५ रनको जरिवाना दिइयो र ब्याट्सम्यानले जम्माजम्मी ८ रन जोडे।
- एकदिवसीय क्रिकेटको इतिहासमा सबैभन्दा पहिलो बलिङ गर्ने बलर जिओफ बोएकट हुन् र पहिलो बल सामना गर्ने ब्याट्सम्यान ग्राहम म्याक केन्जी।
- सन् १९७५को विश्व कप क्रिकेटमा भारतका सुनिल गाबस्करले पूरा खेलमा ब्याटिङ गर्दै ३६ रन बनाएका थिए। उक्त खेलमा भारत इंगल्याण्डसँग २ सय ३ रनले पराजित भएको थियो।
- टेष्ट क्रिकेटको इतिहासमा सबैभन्दा लामो समयसम्म खेलिएको म्याच सन् १९३९मा दक्षिण अफ्रिकाको डर्बानमा भएको इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको खेल हो, जुन लगातार ९ दिनसम्म हुँदा पनि अनिणिर्त रह्यो। मार्च ३मा प्रारम्भ भएको खेल मार्च १४ सम्म चलेको थियो। त्यसबीचमा ४, ६, ७, ८, ९, १० र १४ तारिखमा खेल भयो। ११ तारिखका दिन वर्षाका कारण खेल हुन सकेन। १४ तारिखको बेलुकीसम्ममा इंग्ल्याण्डले दोस्रो पालिमा ५ विकेट गुमाएर ६ सय ५४ रन बनाएको थियो र जित्नका लागि जम्मा ४२ रनको आवश्यकता थियो। १५ तारिखमा खेल भएको भए इंग्ल्याण्डले जित्न सक्थ्यो तर १५ तारिखका दिन इंग्ल्याण्डको टोली डुंगाबाट घर फर्कनुपर्ने थियो। त्यसैले खेल पूरा हुन पाएन र बराबरीको घोषणा गरियो। टेष्ट क्रिकेटको इतिहासमा यो नै सबैभन्दा लामो समयसम्म चलेको म्याच हो।
[सम्पादन गर्ने] क्रिकेट शव्दावली
- चौका
- छक्का
- इनिङ
- विकेट
- बल
- नो बल
- वाइड
- ओभर
- क्रिज आउट
- अम्पाएर
- रन आउट
- ब्याट
- टेष्ट क्रिकेट
- स्पिन
- फास्ट बलर
- पेभेलिएन
- आईसिसि
[सम्पादन गर्ने] सन्दर्भ सामग्री
[सम्पादन गर्ने] बाह्य सूत्र
| विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्: क्रिकेट |