गाना डटकम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गाना डटकम
विकासकर्ताटाइम्स इन्टरनेट
सुरुवात मितिअप्रिल २०१०; १४ वर्ष अघि (२०१०-०४)
मञ्च
सदस्यवृद्धि १० करोड[१]
उपलब्धताविश्वव्यापी
वेबसाइटgaana.com

गाना डटकम १२३ मिलियन भन्दा बढी मासिक सक्रिय प्रयोगकर्ताहरूको साथ सबैभन्दा ठूलो भारतीय व्यावसायिक सङ्गीत प्रवाह सेवा हो। यसलाई अप्रिल २०१० मा भारतको सबैभन्दा ठूलो मिडिया बहु उद्योग कम्पनी द टाइम्स ग्रूपको सहायक टाइम्स इण्टरनेटद्वारा सुरू गरिएको थियो। यसले दुबै भारतीय र अन्तर्राष्ट्रिय सङ्गीत सामग्रीहरूको प्रदान गर्दछ। सम्पूर्ण भारतीय सङ्गीत सूची विश्व भरका प्रयोगकर्ताहको लागि उपलब्ध छ। गाना डटकममा २१ वटा भाषाहरूका सङ्गीतहरू समावेश छन् जसमा असमिया, हिन्दी, उर्दू अङ्ग्रेजी, बाङ्ला, ओडिया, गुजराती, कन्नड, मराठी, पञ्जाबी, तमिल, तेलुगु, मलयालम र अन्य प्रमुख भारतीय क्षेत्रीय भाषाहरू पर्दछन्। यसका सामग्रीहरू वेब ब्राउजर, विन्डोज, एन्ड्रोइड, म्याकओएस र आइओएसका मञ्चहरूमा उपलब्ध छन्। यो विश्वव्यापी रूपमा उपलब्ध छ।

गाना डटकमले प्रयोगकर्ताहरूलाई उनीहरूको प्रवाह सूचीहरू सार्वजनिक गर्न अनुमति दिन्छ जसले गर्दा उनीहरूले सार्वजनिक गरेका सामग्रीहरूलाई अन्य प्रयोगकर्ताहरूले अवलोकन गर्न सक्छन्।[२] प्रयोगकर्ताहरूले मनपर्ने प्रवाह सूचीको पनि अवलोकन गर्न सक्छन्। यसको आधिकारिक मोबाइल अनुप्रयोग लगभग सबै सञ्चालन प्रणालीहरूको समर्थन गर्दछ।[३]

इतिहास[सम्पादन गर्नुहोस्]

गाना डटकमको डोमेन नाम सुरुमा २१ जून २००५ मा दर्ता गरिएको थियो भने यसलाई सुरुवात अप्रिल २०१० मा गरिएको थियो।

गाना डटकमले फेब्रुअरी २०१३ मा दक्षिण भारतीय सङ्गीत कम्पनीहरू सँग एक साझेदारी गरेको थियो र यसले विभिन्न ७९ रेकर्ड लेबलहरूबाट सङ्गीत अधिकार पनि प्राप्त गरेको थियो।

फलस्वरूप, गाना डटकमले ४५० करोड गीतहरूमा पहुँच गरेको थियो। गाना डटकमले टाइम्स इन्टरनेटको लागि ५० लाख अमेरिकी डलरको राजस्व उत्पन्न गरेको थियो।

बहुराष्ट्रिय भारतीय इलेक्ट्रोनिक उत्पादक कम्पनी माइक्रोम्याक्सले अक्टुबर २०१५ मा गाना डटकममा शेयर खरीद गरेको थियो।[४] फेब्रुअरी २०१८ मा, बहुराष्ट्रिय चिनियाँ निगम थङ्सिनले पनि  ११५ मिलियन अमेरिकी डलरको लगानीका साथ कम्पनीलाई समर्थन गरेको थियो।[५]

सन् २०१८ को मेमा, गाना डटकमले उनीहरूको सङ्गीत प्रवाह अनुप्रयोगमा नव खेल प्रवर्द्धनको सुरू गरेको थियो। [६] यस सङ्गीत अनुप्रयोग आवाज सहायता सुविधाको पनि प्रस्तुत गरेको थियो।[७]

लोकप्रियता[सम्पादन गर्नुहोस्]

सिमिलर वेब[सम्पादन गर्नुहोस्]

नोभेम्बर २०१९ सम्म, सिमिलर वेबको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा ८८औँ स्थानमा रहेको छ भने भारत यसको क्रम  र जसमा यसको उछाल दर ४९.८७% रहेको छ।[८]

अलेक्सा इन्टरनेट[सम्पादन गर्नुहोस्]

नोभेम्बर २०१९ सम्म, अलेक्सा इन्टरनेटको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा ७५५औँ स्थानमा रहेको छ भने भारत यसको क्रम ८९औँ रहेको छ।[९]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Gaana claims 100 million MAUs, launches video and artists focused products", इनट्र्याक डटकम, २०१९-०४-२४। 
  2. "Gaana.com records 1.4 million unique visitors in launch month", द इकोनोमिक टाइम्स, २०११-०८-१०, अन्तिम पहुँच २०१३-०३-१३ 
  3. "Gaana on song, new initiative 'Originals' clocks 20 mn streaming in five weeks", द इकोनोमिक टाइम्स, २०१७-१०-०९, अन्तिम पहुँच २०१८-०१-१६ 
  4. "Micromax buys stake in Gaana, to integrate app with its smartphones", द इण्डिएन एक्सप्रेस, अन्तिम पहुँच १५ अक्टोबर २०१५ 
  5. "Tencent leads in Gaana’s $115 million funding round", द इकोनोमिक टाइम्स, २०१८-०२-२८, अन्तिम पहुँच २०१८-१२-१३ 
  6. "Gaana launches gaming innovation in music streaming app", द इकोनोमिक टाइम्स, २०१८-०५-२५, अन्तिम पहुँच २०१८-०७-१८ 
  7. "Music app Gaana introduces voice assistant feature - Times of India", द टाइम्स अफ इण्डिया, अन्तिम पहुँच २०१८-०७-१८ 
  8. सिमिलर वेब, "गाना डटकमको विश्लेषण तथा विवरणहरू", अन्तिम पहुँच २९ कात्तिक २०७६ 
  9. अलेक्सा इन्टरनेट, "गाना डटकमको विवरण, प्रतिस्पर्धी तथा विश्लेषण", अन्तिम पहुँच २९ कात्तिक २०७६  वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-०८ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]